साहरुखले छायांकन स्थलमै पुगेर अजयलाई अंगालो मारेपछि

चलचित्र ‘जब तक हे जान’ र ‘सन अफ सरदार’को झगडाले नायक साहरुख खान र अजय देवगनको सम्बन्धमा पुर्ण रुपमा विश्राम लागेको थियो । साहरुख र अजय एकआपसमा टकराव लिइरहेका थिए ।

चलचित्र ‘जब तक हे जान’ र ‘सन अफ सरदार’को झगडाले नायक साहरुख खान र अजय देवगनको सम्बन्धमा पुर्ण रुपमा विश्राम लागेको थियो । साहरुख र अजय एकआपसमा टकराव लिइरहेका थिए ।
तर यो सम्बन्ध अब भने सकिएको छनक देखिन्छ । साहरुखले यो दुश्मनीलाई समाप्त गर्न अनौठो कदम चालेका छन् । रोहित सेट्टी यतिबेला चलचित्र ‘सिंघम रिटन्स’को छायांकनमा व्यस्त छन् । साहरुखको घर नजिकैको बान्द्रा स्कुलमा यो सिनेमाको छायांकन भैरहेको थियो । साहरुख मन्नतबाट निस्किएर मुम्बइको मेहबुब स्टूडियोमा जाँदै थिए । यत्तिकैमा उनले रोहितका नजिकका साथी सुवासलाई भेटे । सुवासबाट रोहित सिनेमाको छायांकन गरिरहेको जानकारी पाएपछि साहरुख बान्द्रा स्कुलमा पुगेका थिए ।
उनले छायांकनमा रहेका नायक अजय देवगनलाई भेटेर अंकमाल गरे । साहरुखले अजयसँग देखाएको व्यवहारले सिनेमाको यूनिट छक्क पर्‍यो । त्यो माहोल निक्कै भावानात्मक थियो ।

, ,