सलमानका दुस्मन जो पछि साथी बने (तस्विर सहित)
बलिउडमा सलमानलाई एकमात्र 'हिरो' भन्ने गरिन्छ । कमलो मनका सलमानले सेलिब्रेटी बन्न चाहनेहरुलाई मात्र होइन सामान्य मान्छेलाई पनि सहयोग गर्छन् । उनले कैयौंलाई त बलिउडमा स्थापित समेत गराए । तर उनले बलिउडमा फ्यानमात्र कमाएका छैनन् । उनले धेरैसँग दुश्मनी र दोस्ती सँगसँगै गरेका छन् ।
सलमान यस्ता पात्र हुन् जोसँग उनको दुश्मनी हुन्छ कालान्तरमा दोस्ती पनि उसैसँग गर्छन् । खासमा उनका दुश्मन बन्न खोज्नेहरु उनको दुश्मन बनेर टिक्न सक्दैनन् र पुनः उनीसँग दोस्ती गर्न आउँछन् । यहाँ त्यस्तै सलमानसँग दुश्मनी र दोस्ती दुवै गरेका केहीको बारेमा चर्चा गरिएको छ ।
शाहरुख खानः
शाहरुख र सलमान बलिउडमा सबैभन्दा खतरनाक द्वन्द भएका सेलिब्रेटी मानिन्छन् ।
उनीहरु कुन बेला दोस्ती गर्छन् र कुन बेला दुश्मनी बुझ्न कठिन छ तर उनीहरुको द्वन्द पटक पटक मिडियामा सार्वजनिक हुँदै आएको छ । सन् २००३ मा सलमान चल्ते चल्तेको सुटिङ चलिरहेको समयमा उनकी तत्कालीन प्रेमिका ऐश्वर्यालाई भेट्न मात्र पुगेनन् जवर्जस्ती नै गरेपछि सलमान र शाहरुखको द्वन्द शूरु भएको मानिन्छ ।
त्यसैगरी सलमानकी अर्की पूर्व प्रेमिका क्याट्रिना कैफको जन्मदिनको पार्टीमा पनि उनीहरुबीच भिडन्त नै भएको थियो । गत वर्ष उनीहरुले बाबा सिद्दिकीको पार्टीमा एक अर्कालाई अंकमाल गर्दै भलाकुसारी गरेपछि उनीहरुको द्वन्दबारे चर्चा गर्नेहरु अचम्मित भएका थिए ।
हृतिक रोशनः
सलमानले हृतिक रोशनको चलचित्र गुजारिसलाई नराम्रो भनेर टिप्पणी गरेपछी सलमान र हृतिकबीच दुश्मनी शुरु भएको थियो । सलमानले 'कृश 3' मा हृतिकका सहकर्मी अभिनेत्रीहरुलाई त आफ्नो शोमा फिल्म प्रमोसनका लागि बोलाए तर हृतिक आफैलाई बोलाएनन् । उनीहरुको दुश्मनी पनि गत वर्षको न्यू इयरपार्टीपछि दोस्तीमा बदलियो ।
श्रीमती सुजनसँग विछोडिएपछि हृतिक सलमानको शरणमा पुगेका थिए । अहिले हृतिकले सलमानले आफ्नो जीवनमा धेरै कुरा ल्याइदिएको बताउने गरेका छन् ।
शाहिद कपुरः
खासमा सलमान र शाहिदको दुश्मनी सन् २००६ मा शाहिले सलमानलाई ब्यवसायीक सहयोग गर्ने बताएपछि शुरु भएको थियो । त्यसपछी सलमानले शाहिदलाई विभिन्न चलचित्रबाट हटाउने कोशिस समेत गरे कतिपयमा सफल पनि भए । तर गत वर्ष देखि भने यी २ सेलिब्रेटीको सम्बन्ध सुधार भएको छ । हालै एक अवार्ड समारोहमा शाहिदले सलमानले सन् २०१३ मा कुनै चलचित्र रिलिज नगरेर आफूलाई गुन लगाएको भन्दै धन्यवाद दिएपछि उनीहरुले अंकमाल गरेका थिए । सलमानले शाहिदको फटा पोष्टर निकला हिरोको प्रचार बिगबोसमा पनि गरेका थिए ।
प्रियंका चोपराः
सलमान र प्रियंकाको दुश्मनी नमस्ते लण्डन नामक चलचित्रमा सलमानले प्रिंयकाको ठाउँमा उनकी पूर्वप्रेमिका क्याट्रिनालाई राख्न लगाएपछि शुरु भएको थियो । त्यसपछि उनीहरुबीच तिक्तता बढ्दै गयो र आफ्नो अर्को चलचित्र बोडी गार्डमा प्रियंकका ठाउँमा उनकै मिल्ने साथी करिनालाई छाने सलमानले ।
तर अहिले भने यी २ को तिक्तता अन्त्य भएको छ । केही समय अघि मात्र प्रियंकाले सलमान आफ्नो सबैभन्दा राम्रो सहकर्मी कलाकार भएको अभिब्यक्ति दिएकी थिइन् ।