मध्य लण्डनमा एका विहानै ठूलो संख्याका अर्धनग्न मानिसहरुको जुलुस देखेर बटुवा तथा स्थानीय बासिन्दा छक्क परे ।
कट्टु मात्र लगाएर प्रदर्शनकारीहरुले नारावाजी गरिरहेका थिए । कतिपय महिलाहरुले ब्रा समेत खोलेर माथिल्ला अंगहरुको सार्वजनिक प्रदर्शनी गरेका थिए । वास्तवमा गएको शुक्रबारको उनीहरुको प्रदर्शन बैंकको शुल्कको विरुद्धमा थियो ।
समाचार अनुसार लिभरपुल स्टि्रट स्टेशन तथा एन्जेल, किंग क्रस लगायतका स्थानमा समेत अर्धनग्न प्रदर्शन भए ।
नथिङ टू हाइड नामक अभियानका अभियानकर्ताहरु यस्तो अर्धनग्न प्रदर्शनमा सहभागी थिए । बेलायतमा विभिन्न बैंकहरुले अपारदर्शी रुपमा निक्षेपकर्ता तथा ऋणीहरुमाथि विभिन्न खाले शुल्क लिने गरेको विरोधमा यस्तो प्रदर्शन गरिएको बताइएको छ ।
अभियान समूहका सहसस्थापक टाभिट हिनरिकसका अनुसार बैंकहरुलाई धक्का दिनु आवश्यक छ र बैंकहरुद्धारा लुकाएर अशुल्ने गरिएका शुल्क विरुद्ध उनीहरुको अभियान सुरु भैसकेको छ । विदेशमा पैसा पठाउँदा तथा स्वदेशकै बैंकमा राख्दा कसरी नाजायज रुपमा बैंकहरुले पैसा अशुल्छन् भन्ने कुराको जानकारी उपभोक्ताहरुमा हुनुपर्ने उनको तर्क छ ।

