तर अविस्वास गर्नुपर्ने कारण छैन । जर्मनीमा अहिले एउटा परेवा हराएपछि त्यसले हंगामा मच्चाएको छ, प्रहरीको निद्रा खल्बलिएको छ । परेवा खोज्न प्रहरी परिचालन भएको छ र भेट्टाउनेलाई १० हजार युरो पुरस्कार दिने घोषणा गरिएको छ ।
त्यो सुन्दर परेवालाई चराका पारखीले नै चोरेको अनुमान गरिएको छ । परेवाधनीले आफ्नो परेवा भेट्टाएर फिर्ता दिनेलाई १० हजार युरो पुरस्कार दिने घोषणा गरेका छन् ।
उत्तर–पूर्वी नाइजेरियाको पोटिस्कम शहरमा रहेको छात्रहरु अध्ययन गर्ने सरकारी विद्यालयमा विस्फोट भएको बिबिसीले जनाएको छ । स्कुल ड्रेसमा रहेको आक्रमणकारीले विद्यार्थीहरु सभाहलमा जम्मा भएका बेला आफैलाई विस्फोट गराएको हो । विस्फोट चरमपन्थी संगठन बोको हरामले गराएको आशंका गरिएको छ ।
काठमाडौं, कार्तिक १७ । भारत–पाकिस्तानको बाघा सीमामा गराइएको आत्मघाती विष्फोटमा ५० जनाभन्दा बढी व्यक्ति मारिएका छन् । पाकिस्तान सरहदभित्र गराइएको उक्त विष्फोटको जिम्मेवारी तालिवानसँग सम्बन्धित अतिवादी संगठन जुनदुल्लाहले लिएको हो ।
लाहौरनजिकको उक्त सीमाको विष्फोटमा मारिनेमा पाकिस्तानी रेञ्जर, सरकारी अधिकारीका साथै महिला र बालबालिकाहरु छन् । दैनिक हुने साँझको परेड सकिएलगत्तै विष्फोट गराइएको थियो ।
अल्लाहको अपमा गरेको भन्दै आतंकवादीहरुले यस्तो सजाय दिएका हुन् । सो संगठनले त्यसरी टाउको काटेको तस्वीर पनि सार्वजनिक गरेको छ ।
आतंकसम्बन्धी तालिम दिनका लागि सिरियामा ‘ओसामा बिन लादेन स्कुल’ खोलेको आईएसआईएसले जारी गरेकोसो तस्वीरमा बीच सडकमा टाउको काट्न लागेको देख्न सकिन्छ । जहाँ आसपास थुप्रै मानिसहरुको घुँइचो समेत देखिन्छ ।
सबै पीडितको आँखामा पट्टी बाँधिएको र हात बाँधिएको छ भने लाउडस्पिकरमा उनहरुको अपराध भनेर समेत सुनाइएको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरुले जनाएका छन् ।
काठमाडौं, कार्तिक १५ । क्यालिफोर्नियाको एक मरुभूमिमा परीक्षण उडानका क्रममा रहेको भर्जिन गेलेक्टिक अन्तरिक्ष यान विष्फोट भएको छ । दुर्घटनामा एक पायलटको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रत्यक्षदर्शीले हावामा ठूलो आवाजका साथ विष्फोट भएको बताएका छन् । यानका टुक्राहरु माहाबी मरुभूमिमा यत्रतत्र छरिएको छ । पर्यटकलाई अन्तरिक्षमा उडान भर्नका लागि भर्जिन गेलेक्टिक विमान तयार गरिरहेको थियो ।
४२ वर्षे ती नर्सको नाम हो डानियला पोगियाली । इटालीको लुगो अस्पतालकी नर्सले विरामीका परिवार दिक्क लाग्दा ठानेपनि विरामीको हत्या गर्दिरहेछिन् । प्छिल्लोपटक एक ७८ वर्षीया महिलालाई सुइमार्फत पोटासियमको उच्च डोज दिएर मारेको आशंकामा उनी पक्राउ परेपछि उनको यस्तो कुकर्मको पोल खुलेको हो ।
http:// www.onlinekhabar.com /2014/10/201780/
विज्ञहरुको अनुसार जापानमा विगत २० हजार वर्ष यतादेखि लगातर भइरहेको ज्वालामुखी विस्फोटनको अनुपात,त्यसको प्रभाव लगायतको अध्धयनले अबको एक सयभित्र नै जापानको अस्तित्व मेटिने गरि महाप्रलायकारी ज्वालामुखी विस्फोट हुने खतरा बढेको उक्त अध्ययनको निचोड छ । यस्तै विगत ३० वर्ष यता आइरहेको भूकम्पको क्षमता,त्यसले पारेको असर र क्षतिलाई पनि अध्धयनको आधार बनाइउको छ
(भिडियो सहित)
सौर्य आँधीका कारण तीनसम्म पूर्ण अन्धकार हुन्छ भने अन्य तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत उज्यालो छेकिने हुँदा अध्यारो नै हुने नासाको भनाई छ ।
नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो । यो करिव २ सय १६ घण्टासम्म रहने छ ।
यस्तो अवस्थामा कसरी रहनुहुन्छ भनेर केही संवाददाताहरूले नागरिकलाई सोध्दा उनीहरूले आफुहरूले कृतिम उज्यालोको सहारामा काम गर्नबे यसले केही फरक नपर्ने बताएका छन् । यो समाचार अङ्रेगिमा पढ्न यहाँ क्लिक गर्नुहोस्: http://huzlers.com/nasa-confirms-earth-will-experience-6-days-total-darkness-december-2014>
कम्पनीले आफ्ना ६ हजार कर्मचारीमध्ये छानिएका एकहजार २ सय ६८ जनालाई यस्तो बोसन वितरण गरेको हो । कर्मचारीले गरेको काम र कम्पनीप्रतिको जिम्मेवारीको आधारमा यस्तो बोनस दिइएको हो । प्रत्येक कर्मचारीलाई चार लाख भारु बराबरको बोनस दिइएको कम्पनीले जनाएको छ ।
'हामीले इमान्दार कर्मचारी पुरस्कार गर्ने अभियान चलाइरहेका छौं, एक बर्षको कामको मूल्यांकनको आधारमा दीवाली बोनसको लागि उनीहरु छानिएका हुन्', कम्पनीका अध्यक्ष तथा महाप्रबन्धक साभाजी ढोलाकियाले भने,'यस्तो पुरस्कारले उनीहरुको मनोबढल बढाउनेछ ।'
प्रत्येक कर्मचारीलाई कार, फ्ल्याट र गहनामध्ये एक विकल्प छान्न लगाइएको थियो । ४९१ कर्मचारीले कार, २०७ ले फ्ल्याट र ५७० जनाले गहना रोजेको बताइएको छ ।
कार छान्नेले पुन्टो इभो कार खरिदको लागि चार लाख भारु पाउनेछन् भने फ्ल्याट र गहना रोज्नेले पनि खरिदका लागि त्यति नै रकम पाउनेछन् ।
कम्पनीले गत बर्ष ६ हजार करोडको कारोबार गरेको थियो ।
मानिसको जिब्रोको औषत लम्बाइ कति होला ? जिब्रोको फेँददेखि टुप्पोसम्म नाप्ने हो भने १० सेन्टिमिटर औषतमा । तर मुख बाहिर निकाल्ने हो भने बाहिर निस्किने भागको लम्बाइ ३-४ सेन्टिमिटर मात्र हुन्छ । तर अमेरिकाका एक युवकले आफ्नो मुख बाहिर जिब्रो निकाल्दा बाहिर निस्किने भागको लम्बाइ नै १० सेन्टिमिटर भन्दा बढि छ ।
२४ वर्षका निक स्टोयबर्ल नामका ती युवक क्यालिफोर्नियाका बासिन्दा हुन् । विश्वको सबैभन्दा लामो जिब्रो भएका मानिसको रुपमा उनको नाम गिनिज बुकमा लेखिइसकेको छ ।कलाकार तथा व्यंगकार समेत रहेका निक भन्छन्, ‘मैले केवल मेरो नाक मात्र होइन कुहिनो समेत चाट्न सक्छु ।’
लामो जिब्रो हुनुको बेफाइदा भनेको बिहानभरी जिब्रोको ब्रस गर्नुपर्ने रहेछ उनलाई ।
सन् २००९ मा बेलायतका स्टेफोन टेलरले ९.८ सेमीको जिब्रोका कारण विश्व रेकर्ड कायम गरेका थिए । स्टेफेनको रेकर्ड निकले तोडेका छन् ।
हेर्नुस् भिडियो
यो कुरा पुरुषहरुको प्रोफेसनल जिवनमा पनी देखा पर्ने गरेको तथ्य अनुशन्धान बाट पत्ता लागेको छ। यदी अफिसमा कुनै सुन्दर महिला भए आफ्नो काममा भन्दा बढी ति महिला सँग जिस्कनमा समय दिने गर्दछन र त्यो बेला कुनै जरुरी काम छ भन्ने समेत हेक्का राख्दैनन। तर यो कुराले महिलाहरुमा भने त्यती फरक पार्दैन। उनीहरु आकर्षक पुरुष सँग पनी त्यतिकै सहजता पूर्वक आफुलाई उपस्थित गराउन सक्दछन। अनुशन्धकर्ताका अनुसार पुरुषहरु सुन्दर महिला तर्फ छिटै आकर्षित हुने गरेकाले यसो भएको हुन सक्छ।
यस्तै भएको छ भारतको राजस्थानको कुंडलका गाउँका एक सात वर्षीया बालकमा । उनी आफ्नो पुनःजन्म भएको बताउँदै अघिल्लो जन्मको बारेमा बताएर सबैलाई चकित पारिरहेका छन् ।
समाचार अनुसार सात वर्षीय रजनीश एकाएक आफूले आफूलाई सवाइमाधोपुरस्थित शेरपुर गाउँका केदार कुम्हार बताउँदै आफ्नी पत्नी र बच्चा समेत सोही गाउँमा रहेको बताएर सबैलाई आश्चर्यचकित पारिदिए् । रजनीशले यो कुरा आफ्ना पिता र स्कूलका शिक्षकलाई बताएका थिए । जब कुरा अघि बढ्दै गयो तब शरपुरमा सम्पर्क गर्दा उनले बताएका सबै कुरा सत्य सावित भयो ।
यति मात्र हैन, रजनीशले आफू पूर्व जन्ममा केदार भएको प्रमाण अरु पनि दिएका छन् । शेरपुरमा उनीसंग दुई गधा थियो, जसलाई माटो ओसार्न प्रयोग गरिन्थ्यो । त्यस्तै पत्नी र सन्तानको नाम, स्थानीय गणेश मन्दिरका बारेमा पनि बताएका छन् । उनले भनेका सबै कुरा सही सावित भएको छ ।
रजनीशले आफ्नो पुनःजन्म भएको र पूर्व जन्ममा आफ्ना परिवार, सम्पत्ति, छरछिमेक र गाउँका बारेमा बताउन थालेपछि रजनीशले भनेको गाउँका मानिसहरु आएपछि रजनीशले दावी गरेकी आफ्नी पत्नी र बच्चालाई चिन्नुका साथै अन्य मानिसहरुलाई पनि चिनेर कुराकानी गरेका थिए ।
अबलर जिल्ला सदरमुकामबाट करीब ३० किलोमिटर टाढा भर्तृहरि नजिक समीप कुंडलका निवासी रामकरण गुर्जरका छोरा रजनीश गुर्जर स्वयं अघिल्लो जन्मको केदार बताउँछन् जो सवाईमाधोपुरको शेरपुर निवासी हुन् । रजनीशका परिवारका सदस्यका अनुसार दुई वर्षको उमेरदेखि नै उनी अघिल्लो जन्मको कुरा गर्नेगर्थे ।
पछिल्लो समय रजनीशले जब आफ्नो पूर्व गाउँ जाने जिद्दी गरेपछि परिवारका सदस्यले शेरपुर गाउँबाट जानकारी लिएका थिए । रजनीशले बताएका कुराको सत्य तथ्य पत्ता लगाएपछि उनका पिता र परिवारका सदस्य सदस्यले अघिल्लो महिना, ८ जुलाई २०१४, मा शेरपुर लिएर गए, जहाँ उनले जोगी महल र गणेश मन्दिरलाई चिन्नुका साथै आफ्नो पहिलो जन्मको परिवारका सदस्यहरुलाई पनि चिने ।
यसपछि १२ जुलाइमा शेरपुरबाट केदारकी पत्नी र परिवारका सदस्य आए । रजनीशले सबैलाई चिने र कुराकानी गर्न लागे । यसपछि विदा हुने बेलामा रजनीशले आफ्नी छोरी भनिएकीलाई उपहार दिने जिद्दी समेत गरे । दुई कक्षामा पढ्ने सात वर्षको बालकले कुनै दन्त्य कथा पढेजस्तो आफ्नो पूर्व जन्मको बारेमा बताउँदा सुन्ने सबै चकित हुने गर्दछन् ।
रजनीशको व्यवहार परिपक्व युवाको जस्तो छ । विद्यालयमा आम बालकको तुलनामा उनी कम मात्रै चकचके छन् । उनलाई एकपटक बतादिएको कुरा लामो समयसम्म सम्झिरहन्छन् । विद्यालयमा पनि उनी प्रायःजसो आफ्नो पूर्व जन्मको बारेमा कुरा गर्छन् ।
त्यस्तै रजनीशका पिता पनि आफ्नो छोराको परिपक्व व्यवहार देखेर अचम्भित छन् । आम बालबालिकाको तुलनामा कुनै बदमासी नगर्ने उनी कुनै गल्ती भएमा ठूला मानिसले जस्तै माफी माग्छन् र आफ्नो गल्ती स्वयं नै बताउँछन् ।
भारतको महाराष्ट्रको ठाने शहरको भायन्दरमा एक आफन्तले उधारो नफर्काएका कारण महिलालाई बारम्बार बलात्कार गरेको आरोप छ । महिलाले दुई वर्ष पहिले आफ्नो शल्यक्रियाका लागि आफन्तसँग पैसा उधारो लिएकी थिइन् ।
भायन्दरको नवघर पुलिस चौकीका सहायक पुलिस निरिक्षक प्रियतमा मोटेका अनुसार, आरोपी कमलेस जैन (४०) ले आफ्नी ३७ वर्षीया नातेदारलाई पैसा फिर्ता गर्नका लागि लगातार तनाव दिइरहने र उनलाई यौन उत्पीडन पनि गर्ने बताएकी छिन् । पुलिसका अनुसार, महिलाले कमलेशसँग सन् २०१२ जुनमा शल्यक्रियाका लागि पैसा लिएकी थिइन् ।
महिलाले दर्ता गरेको आरोपमा भनिएको छ कि पैसा फिर्ता दिन असमर्थ भएका कारण कमलेस पछिल्लो अप्रिलमा घरमा कोही पनि नभएको मौका पारेर उनको बलात्कार गरे र त्यसपछि उनलाई गोराइस्थित लजमा लगरे पनि उनलाई बलात्कार गरेका थिए ।
बलात्कारको कुरा कसैलाई बताएको खण्डमा उनको अश्लिल तस्बिर इन्टरनेटमा हालिदिने धम्की कमलेसले दिने गरेको महिलाले बताइन् । यति हुँदा हुँदै पनि उनले पुलिसलाई यो कुराको जानकारी दिइन् । यद्यपी आरोपी कमलेस अहिलेसम्म पनि पक्राउ हुन सकेका छैनन् ।

अल कायदाका प्रमुख आयमन अल जवाहिरीले बुधबार भिडियो सन्देशमार्फत उक्त घोषणा गरेका थिए। उनले भिडियो सन्देशमा दक्षिण एसियालाई लक्ष्य भारतमा 'कायदात अल जिहाद' यस्तो उक्त संगठनको शाखा खोल्न लागेको जानकारी दिएका थिए। केही साताअघि इस्लामिक स्टेट (आईएस) का नेता अबु बकार अल बघदादीले पनि दक्षिण एसियामा शाखा खोल्ने इच्छा प्रकट गरेका थिए।
भारतका राज्यहरू गुजरात, मध्यप्रदेश, उत्तर प्रदेश र बिहारमा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ। 'यो भिडियोलाई निकै गम्भीरताका साथ लिएका छौं, यस्तो धम्कीलाई कम आँकलन गर्नुहुँदैन,' भारतका एक गुप्तचर अधिकारीले बताए। ती अधिकारीका अनुसार पहिलो चरणमा विशेष गरी चार प्रदेशमा यस्तो सतर्कताको लागि निर्देशन जारी गरिएको छ। आउँदो केही दिनमै यो घेरालाई बढाउन पनि सकिनेछ।
हालै सिरिया, इराक लगायतका केही भागमा सुरु भएको मुस्लिम जिहादीहरूको अतिवादका साथै इस्लामिक स्टेट (आईएस) को प्रभावसँगै अल कायदाको पनि आफ्नो संगठन विस्तारको खबर आएको छ। केही समयअघि मात्र यस्ता अतिवादीहरूलाई अफगानिस्तान र पाकिस्तानको बोर्डरमा तालिम दिइएको थियो।
त्यससँगै आएको यो संगठन विस्तारको अवस्थासँगै दक्षिण एसियामा पनि अल कायदाको प्रभाव बढ्न सक्ने पाइएको छ। अल कायदा प्रमुख जवाहिरीले उक्त शाखाले म्यान्मार, बंगलादेश र भारतमा लड्ने जानकारी पनि दिएका छन्। म्यान्मारमा मुस्लिम बौद्धबीच द्वन्द्व चलिरहेको छ भने बंगलादेश आप्रवासीबाट भारत पीडित छ।
-श्रोत इकान्तिपुर
भदौ १८ - भारतमा एक युवतीलाई अभागी भन्दै भाग्यमानी बनाउने भनेर गाउँलेले कुकुरसँग उनको विवाह गरिदिएका छन् ।
झारखण्डको अति पिछडिएको एक गाउँकी १८ वर्षकी युवती मंगली मुण्डाको भब्य समारोह नै आयोजना गरि कुकुरसँग विवाह भएको हो ।
मानिसबीचको विवाह समारोहमा कुनै सबै प्रक्रिया पुरा गरेर यो विवाह भएको हो । बिबाहका लागि मुण्डाका बाबुले गाउँ नजिकैबाट एउटा कुकुरलाई कारमा राखेर विवाह मण्डपमा ल्याएका थिए । बिबाहपछि कुकुर एउटा पाल्तु जनावरको रुपमा मुण्डाकै घरमा छ । ज्योतिषीले मुण्डाको भाग्य राम्रो नभएको र उनले मानिससँग विवाह गरेमा घर परिवारलाई राम्रो नहुने भविष्यबाणी गरेपछि गाउँका बुढापाकाले भेला नै आयोजना गरेर उनको कुकुरसँग विवाह गरिदिएका हुन् । बेहुलीको भेषमा रहेको मुण्डाले यो विवाहबाट आफू खुसी नभएको बताईन् । तर गाउँका सबैले कर गरेपछि विवाह गर्नु परेको उनले बताईन् । ‘मैंले एक दिन पुरुषसँग विवाह गर्ने छु’ उनले भनिन् ‘हरेक युवतीले एक राजकुमारसँग विवाह गर्ने सपना देखेका हुन्छन्, म मेरो राजकुमारलाई पर्खिरहेको छु ।’ गाउँलेले कुकुरसँगको विवाहले उनको भाग्य राम्रो हुने तर जीवनमा कुनै असर नपर्ने बताएका छन् । कुकुरसँग विवाह गरेपछि अब उनलाई अरु पुरुषसँग विवाह गर्न छुट भएको गाउँलेले बताए । भारतका ग्रामीण क्षेत्रमा अशिक्षाका कारण यस्ता कुरीति र रुढिवादी कुरामा विश्वास गर्ने धेरै छन् । मुण्डा पनि त्यही रुढिवादीको मारमा परेर कुकुरसँग विवाह गर्न बाध्य भएकी हुन् ।
- वेलायती अनलाइन डेलीमेलमा प्रकाशित समाचारका आधारमा उज्यालो अनलाइन द्वारा अनुबादित्

उपचारका क्रममा उनलाई चिकित्सकहरुले मृत घोषणा गर्छन अनि शव मुर्दा घरमा राख्न भन्छन् । दुई दिन मुर्दाघरमा राखेपछि प्रहरी अनुसन्धान गर्न पुग्छ । उनले सास फेरिरहेको प्रहरीले चाल पाउँछ । अनि तत्काल अस्पताल प्रशासनलाई जानकारी दिन्छ । त्यसपछि ति युवकलाई आइसियुमा राखेर उपचार गरिन्छ ।
२९ अगस्टमा उनलाई अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।अस्पतालले कर्मचारीका लापरवाहीका कारण यस्तो घटना हुन पुगेको स्वीकार गरेको छ । यस घटनामा अस्पतालले छानविन गरेर कर्मचारीलाई कारबाही गर्ने आश्वासन दिएको भारतीय संचारमाध्यम नइ दुनियाले जनाएको छ ।-एजेन्सी
भारतको पिरोजाबाद जिल्लाको थाना सिरसागंजको बिधौली बस्ने एक महिलाले प्रहरीलाई बताए अनुसार उनलाई उनका श्रीमानले १ लाख रुपयामा बेचेका हुन् ।
उनको विवाह ३ वर्ष पहिले भोगांव थाना क्षेत्रको ग्राम महादिया निवासी विश्राम सिंहका छोरा बबलुसँग भएको थियो । करिब ६ महिना पहिले उनका श्रीमानले दिल्ली उनलाई लिएर गएका थिए । बबलु दिल्लीमा आइसक्रिमको बेच्ने गर्थे ।
ती युवतीले लगाएको आरोप अनुसार बबलुले दिल्लीका रामकिशनसंग उनलाई १ लाखमा बेचेर बेपत्ता भएका थिए । बाध्यताबस आफु ३ महिना रामकिशनसंग बसेको उनले बताएकी छिन् । त्यसपछि मौका पाएर भागेको र नोएडामा आफ्ना १ बर्षको बच्चाको पालनपोषणका लागि मजदुरी गरेको उनले प्रहरीलाई बयान दिएकी छिन् । यसबीचमा उनले आफ्नो श्रीमानलाई लिन आउनका लागि धेरै दिन फोन गरेर पनि लिन नआएको उनले बताइन् ।
यद्यपी उनि बुधबार आफै घर जानका लागि गाडी चढेर भोगांव नगर पुगेर चिनजानका मनोजको घर पुगिन् त्यहा पुगेर उनले फेरी आफ्ना श्रीमानलाई फोन गर्दा पनि श्रीमान आएनन् । तर ससुरा आएर मनोजको घरमा हंगामा मचाए । त्यहि सुचना प्रहरीले पाएपछि ती दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार युवती श्रीमानसंगै बस्न चाहन्छिन् र त्यहाबाट घरमा पनि श्रीमानसंग जान चाहन्छिन् ससुरासंग जान चाहन्निन् ।
तर उनका श्रीमानले भने लिन आउन मानेका छैनन् । त्यसैले अहिले उनलाई नारी निकेतन मथुरामा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सबैभन्दा डरलाग्दो रोग इबोलाको औषधि जापान सरकारले तत्कालका लागि परिक्षणमा ल्याएको भएपनि यसको मूल्य अत्याधिक रहेको पाइएको छ ।
जापान सरकारले यसको ठिक मूल्या सार्वजनिक गरेको छैन । समाचार सुत्रहरुले औषधिको मूल्य उत्पादनका सिवावले महंगो नभई यसको खोज अनुसन्धानमा लागेको खर्चका कारण महंगो भएको बताएका छन् ।
साथै थोरै मात्रामा औषधि उत्पादन भएका कारण पनि यसको मूल्य धेरै आएको जनाइएको छ । केही दिन पहिले दुई अमेरिकी कम्पनिले इबोलाको औषधि पत्ता लगाएका थिए भने एक अमेरिकी डाक्टरलाई बचाउन सफल भएका थिए ।
हाल इबोलाका कारण पश्चिमी अफ्रिकामा करीब १४०० मानिसको ज्यान लिईसकेको छ भने यसको त्रास बिश्वभरी छरिएको छ । जापान सरकारले बिश्वब्यापी रुपमा आतंक फैलाएको इबोला रोगको तुरुन्त उपचार गर्न औषधि दिन सक्ने जानकारी दिएको छ।
बिश्व स्वास्थ संगठनले’ सहयोग माग्यो भने सहयोग गर्न आफुहरु तयार रहेको जापानले जनाएको छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको यो तस्वीर ध्यानपूर्वक हेर्नुस् त । तपाइँले चन्द्रमाको सतहमा मान्छे जस्तै आकारको चिज हिडिरहेको जस्तो देख्नुहुन्छ ।
यो तस्वीर के को हो भन्ने कुराको नासाले अहिलेसम्म पुष्टि गरिसकेको छैन । तर युट्युब प्रयोगकर्ताबीच भने यो तस्वीर सहितको भिडियोले हंगामा मच्चाइरहेको छ ।
इन्टरनेटमा भाइरल बनेको यो भिडियो हेर्नेहरुले यो एलियन र उसको छायाँ भएको ठोकुवा गरिरहेका छन् ।
उफोरिल नामक युजरले यु ट्युबमा राखेको यो भिडियो एक महिना भित्रैमा २० लाख भन्दा बढिले हेरिसकेका छन् ।
गुगलको मून सिरिज अन्तरगत चन्द्र तस्वीर तयार पार्न उक्त तस्वीर प्रयोग गरिएको हो र त्यो नासाबाट लिइएको थियो ।
यस्तो छ भिडियो
सभार श्रोत अनलाइन खबर

काठमाडौँ, ११ साउन । गाँजामा इजरायलले गरेको आक्रमणमा एक गर्भवती महिलाको मृत्यु भएपछि पेटमा भएकी बच्चीलाई शल्यक्रियागरी सकुसल जन्माइएको छ ।
बीबीसीले उल्लेख गरे अनुसार गाजाको एक अस्पतालमा इजरायली आक्रमणबाट मृत्यु भएकी आमाको पेटको अप्रेशसन गरी चिकित्सकले एक बच्चीको जन्म दिएका हुन् । बीबीसी समाचारमा भनिएअनुसार बच्चीको उपचार भइरहेको छ । चिकित्सकले बच्चीको बाँच्ने सम्भावना ५० प्रतिशत सम्म रहेको उक्त समाचारमा चिकित्सकलाई उदृत गर्दै उल्लेख गरिएको छ ।
इजरायलले पछिल्लो समयमा गाँजामाथि गरेको लगातार आक्रमणको क्रममा पछिल्लो पीडादायी घटना भएको हो । गाँजाको संयुक्त राष्ट्रसंघ परिसरमा अन्य केही परिवारका साथ ती महिला बस्दै आएको समाचारमा उल्लेख गरिएको छ । ति महिला बस्ने भवन इजरायली आक्रमणबाट ध्वस्त हुँदा प्रशव पीडाबाट मुक्ति पाउन सात दिन मात्र रहेकी महिलाको मृत्यु भएको हो ।
ती महिला बसेको भवनमा शुक्रबार एकाविहानै इजरायली कारबाहीका क्रममा बम खसालिएपछि भवनको भत्नावशेषले महिलालाई पुरेको आवस्थामा भेटिएको समाचारमा उल्लेख छ ।
जुन बच्चीको जन्म चिकित्सको साहायतामा भयो यस्तो घटना विलरै मात्र हुन्छ जुन बच्चा आमा मरिसकेपछि जन्मिन्छ । इजरायल र गाजा बीचको द्वन्द्वले हजारौँ लाखौँ आमाहरुलाई पीडा दिइरहेका बेला गर्भमै रहेकी बच्चीले समेत गाजा इजरायल समस्याको भागेदार बन्नु परेको छ ।