काठमाडौं, पौष २५ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दल सम्वद्ध दलका सभासद्हरुले माघ आठमै संविधान जारी गर्नका लागि हस्ताक्षर अभियान शुरु गरेका छन् ।
संविधानसभा भवनमा भएको ती दलहरु सम्वद्ध सभासद्हरुको भेलाले माघ आठमा संविधान ल्याउन जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको भन्दै दबाब अभियान शुरु गरेका हुन् ।
भेलामा सत्तारुढ दलहरुसहित परिवार दल, दलित जनजाति पार्टी तथा स्वतन्त्र सभासद्हरु समेत सहभागी थिए ।
उनीहरुले पुस २८ गतेभित्र सहमति नभए २९ गतेदेखि प्रक्रियामा गएर संविधान निर्माणलाई टुंगोमा पुर्याउन सभाध्यक्ष सुबास नेम्वाङलाई हस्ताक्षर बुझाउने भएका छन् ।
भेलामा सहभागी कांग्रेस, एमाले, राप्रपा, माले, जनमोर्चा लगायत दल सम्वद्ध जनजाति तथा मधेशी सभासद्हरुले जातीय आधारको संघीयता स्वीकार्य नहुने र मधेशलाई पहाडबाट छुट्याउने संघीयता पनि स्वीकार्य नहुने स्पष्ट पारेका थिए ।
संविधानका विवादित विषयलाई टुंग्याउने जिम्मा अन्तिम पटकका लागि संवाद समितिमा आएको र सहमति नभए पुस २९ गतेपछि सभामा प्रक्रिया शुरु हुने बताइएको बेला बहुमत सभासद्हरुको यो अभियानले संविधान जारी गर्नका लागि सकारात्मक दबाब दिने विश्वास गरिएको छ ।
-इमेज खबर बाट

जादुगर-ज्योतिष एलेक्स सुबेदी
त्यसैगरी उनी भन्छन् 'मंगल, चन्द्र र शुक्र ग्रह सँगै बसेको दिन पर्छ। सूर्य र बुध पनि मकर (शत्रु राशि) मा पर्ने भएकाले संविधान जारी हुने मिति सर्छ। संविधान बने पनि लागू हुँदैन। जबरजस्ती लागू गरिहालेमा संविधान लेखिरहेका र नेतृत्व गर्ने नेता हठ वा जिद्दी खालको भएमात्र जारी हुने देखिन्छ या छिमेकी देशले दबाब दिएमात्र सम्भव हुने देखिन्छ।'
उनका अनुसार देशमा संविधान जारी भए जेठ-असारमा रक्तपात हुने सम्भावना रहेको र सबै कुराहरुलाई मध्यनजर गर्दा नेपालमा राजा जसरी पनि फर्किनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एशियामा लोकप्रिय प्रधानमन्त्री को नाम कमाइरहेका छन् । उनले अघिल्लो महिना नेपाल भ्रमणका क्रममा पनि नेपाली जनताका सामु पनि लोकप्रिय बने ।
यसैबीच भारतीय सञ्चारमाध्यमहरुमा एउटा अनौठो कुरा चर्चामा आएको छ । एक भारतीय अनलाइनका अनुसार आज भन्दा करिब ५०० वर्ष पहिले नै मोदी प्रधानमन्त्री बन्ने थाहा भएको थियो । यो कुरा अरु केहि नभइ ज्यातिष शास्त्रले गरेको बताइएको छ । ५०० वर्ष पहिलेका एक ज्योतिषबिज्ञले गरेको भविष्यवाणी नरेन्द्र मोदीसंग हुबहु मिलेको बताइएको छ ।
२१ डिसेम्बर सन १५०३ सालमा फ्रान्समा जन्मेका मिशेल डी नोस्त्रेदमले ज्योतिषी बिद्यामा प्रशिद्धी कमाएका थिए । नेस्त्रेदमको सन १५५५ मा लेस प्रोफेटिजका नामक पुस्तक आएको थियो । त्यो पुस्तकमा उनले गरेको भबिष्यावाणी अधिकांश सहि साबित भएको छ । उनले गरेका भबिस्यवाणीमा नरेन्द्र मोदीको बारेमा गरिएको अनुमान गरिएको छ ।
त्यो भबिष्यवाणीमा करिब ५०० वर्ष पहिला गरिएको सो भबिष्यवाणीमा भनिएको छ “एक शाशकको जन्म युरोपमा नभएर भारतमा हुनेछ ।” उनले भविष्यवाणी यसरी गरेका थिएकी जुन नरेन्द्र मोदीसँग पुरै मिलेको छ । भविष्यवाणीमा त्यो व्यक्ति एशियामा राज गर्नेछ भनिएको थियो साथै नेस्त्रेदमको पुस्तकमा “त्यो मान्छेको जन्म त्यहा हुनेछ जुन देशमा ३ समुन्द्र मिलेको हुनेछ (जुन हिन्द महासागर ३ देशको समुन्द्रसँग मिलेको छ)” भनिएको छ ।
यसका साथै उक्त पुस्तकमा “त्यो मानिस हिन्दु धर्म को पबित्र दिन बिहिबार जन्म लिनेछ” उनले पुस्तकमा लेखेका छन कि यो हिन्दु ब्यक्ति भारतको शाशक हुनेछ र पुरा एशियामै आफ्नो शाशन जमाउनेछ ।”
स्रोतः भारतीय सञ्चार माध्यम | नेपाली हेडलाइन्स
काठमाडौं - पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका छोरा सुरेशको आज बिहान निधन भएको छ। हर्ट अट्याकले बिहान ९:३० बजे मुखबाट रगत निस्कन थालेपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो।
बिहान मर्निङ वाक सकेर जोरपाटी नयाँ वस्तीमा रहेको डेरामा फर्केपछि उनलाई हर्ट अट्याक भएको थियो।
उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो। उनको शव अन्त्यस्टीका लागि पशुपति लगिएको छ। पशुपति आर्यघाटमा उनको अन्त्यस्टीका लागि सुजाता कोइराला, लीला कोइराला, सशांक कोइरालालगायतको उपस्थिति छ।
राजनीतिबाट टाढै रहेका उनी समान्य जीवन विताउँदै थिए। ६९ वर्षका सुरेश छापाखाना चलाएर बसेका थिए। उनका दुई छोराहरु छन्।
प्रचण्ड पत्नी सीतालाई मातृशोक
एमाओवादी अध्यक्ष प्रचण्डका सासुको निधन भएको छ । प्रचण्ड पत्नी सीताकी ८४ वर्षीया आमा हरिकला पौडेलको शनिबार चितवनमा निधन भएको हो ।
सासुको निधन भएपछि एमाओवादी अध्यक्ष प्रचण्ड श्रद्धान्जली दिन चितवन देवघाट पुगेका छन् ।

प्रधानमन्त्री कोइराला र तीन दिने नेपाल भ्रमणमा रहेकी स्वराजबीच शनिबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटमा विदेशमन्त्री स्वराजले आफ्नो व्यक्तिगत, भारत सरकार र भारतीय जनताको तर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी थिइन्।
उनले विगत १७ वर्षमा भारतका प्रधानमन्त्रीको औपचारिक भ्रमण नभएको र २३ वर्षसम्म नेपाल–भारत संयुक्त आयोगको बैठक बस्न नसकिरहेका अवस्थामा आफू त्यसको ब्याजसमेत चुक्ता गर्ने ढंगले नेपाल भ्रमणमा आएको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जनाए।
भेटमा प्रधानमन्त्री कोइरालाले आफ्नो सरकारले दिगो शान्ति, राजनीतिक स्थायित्व, लोकतान्त्रिक संविधान निर्माण र विकासलाई प्राथमिकता दिएको बताएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेको सरकारले छिमेकीहरूप्रति लिएको उदार र नरम नीतिको प्रशंसासमेत उनले गरेका थिए। भारतमा जस्तै नेपाली जनताले पनि विकासमा अति रुचि राखेको उनको भनाइ थियो। प्रधानमन्त्री कोइरालाले एक वर्षभित्र संविधान बनाउन सकिनेमा आफू विश्वस्त भएको बताउदै संविधान बनेपछि नेपालको विकासले फड्को हान्ने उल्लेख गरेको प्रेस संयोजक अधिकारीले जनाए।
भेटमा भारतीय विदेशमन्त्री स्वराजले संयुक्त आयोगलाई पुनर्जीवन दिनुका अतिरिक्त भारतको नयाँ सरकार नेपालप्रति असाध्यै सद्भाव राख्छ भन्ने सन्देश दिन पनि आफू आएको बताएकी थिइन्। सरकार बनेको २ महिनामै नेपाल भ्रमण गर्न पाएकोमा सन्तोष व्यक्त उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउन महिनाको सोमबार नै पारेर नेपाल भ्रमणको मिति तय गर्न निर्देशन दिएकाले भारतीय प्रधानमन्त्रीको नेपालप्रतिको भावनात्मक सम्बन्ध उजागर भएको पनि प्रष्ट पारेकी थिइन्।
उनले भारतको नयाँ सरकारका शिक्षामैत्री कार्यक्रम, विकासमुखी कार्यक्रम र भावनात्मक सम्बन्धबाट फाइदा लिन पनि आग्रह गरेकी थिइन्। देश र जनताको हितमा हुने विकासलाई प्राथमिकता दिन उनको सुझाव थियो। ऊर्जामा लगानी भएमा उत्पादित ऊर्जा पहिले नेपालले नै उपयोग गरी बचेको विद्युत बिक्री गरेमा यसले नेपालको व्यापार घाटा कम गर्न सघाउने उनको दाबी थियो। नेपाल सार्वभौम राष्ट्र भएकाले कुनै कुरामा पनि दखल नदिने तर सहयोग मागेको क्षेत्रमा सघाउन भारत सदा तत्पर रहेको उनको भनाइ थियो।
१० साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतम र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीचको भेट अन्तिम समयमा आएर हुन सकेन ।
नेपालको तीन दिने भ्रमणमा रहेकी स्वराजले गौतमलाई एमाले कार्यवाहक अध्यक्षको हैसियतमा अपराहृन ३ बजे भेट्ने कार्यक्रम तय भएको थियो । गौतमको निजी सचिवालयले फोटो सेसनका पत्रकारहरुलाई समेत बोलाएको थियो ।
तर, व्यस्थताको कारण देखाउँदै स्वराजले गौतमसँगको भेट स्थगित गरेको स्रोतले बताएको छ । गौतमको निजी सचिवालयले भने साँझसम्ममा भेट हुन सक्ने बताएको छ ।

काठमाडौ । छोराको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै अनसन बस्दै आउनु भएका गोर्खाका नन्द प्रसाद अधिकारी र गंगामाया अधिकारीलाई बचाउन नसक्नेअवस्थामा पुगेका छन् ।
२ सय ७३ दिन देखि अनसन बस्दै आएका दम्पतिहरुको उपचारमा संलग्न चिकित्सकहरुले अब बचाउन नसक्ने बताईसकेको वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले जानकारी दिए । उनले भने दुवै जनाका नसाहरु बन्द भइसकेका छन् चिकित्सकहरुले जोड बलले खोल्दा पनि हार खाइसक्नुभएको छ । यसैगरी आमरण अनसनमा बसेका दुवै जनाले उपचारमा कुनैपनि कोपरेट नगरेको बताए ।
औषधी दिदापनि जोर जवरजस्ती गर्नुपर्ने र चौवीसैघन्टा कुनुपर्ने अवस्था रहेको बताए । उपचारकालागि अहिलेसम्म वीर अस्पताले २१ लाख रुपैया खर्च गरिसकेपनि सरकारले सोध भर्ना भने गरेको छैन् । यसैगरी अस्पतालको बेड चार्ज मात्रै ४ लाख पुगिसकेको छ ।
गृहमन्त्रालयले दुवै जनाको उपचार खर्च वीर अस्पताललाई दिने भनेपनि अझै पठाएको छैन् । अहिले गृहबाट स्वास्थ्य मन्त्रालय हुँदै अर्थमन्त्रालयमा फाइल अड्एिको छ । अस्पतालले दुवै जनाको होस रहदाँ सम्म उपचार गर्ने भएपनि औषधीको पैसा तत्काल उपलव्ध गराउनुपर्ने अवस्था छ ।
वीर अस्पतालका निर्देशक डा. सेन्चुरीले भने अहिले सम्म २५ लाख रुपैया खर्च भइसकेपनि बचाउन भने सक्ने अवस्था छैन् तैपनि सरकारलेउपचार नरोक्नु र पैसाको व्यवथा गछौ भनेकाले अहिले पनि हामी लागिरहेकै छौ ।
२ सय ७३ दिन देखि अनसन बस्दै आएका दम्पतिहरुको उपचारमा संलग्न चिकित्सकहरुले अब बचाउन नसक्ने बताईसकेको वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले जानकारी दिए । उनले भने दुवै जनाका नसाहरु बन्द भइसकेका छन् चिकित्सकहरुले जोड बलले खोल्दा पनि हार खाइसक्नुभएको छ । यसैगरी आमरण अनसनमा बसेका दुवै जनाले उपचारमा कुनैपनि कोपरेट नगरेको बताए ।
औषधी दिदापनि जोर जवरजस्ती गर्नुपर्ने र चौवीसैघन्टा कुनुपर्ने अवस्था रहेको बताए । उपचारकालागि अहिलेसम्म वीर अस्पताले २१ लाख रुपैया खर्च गरिसकेपनि सरकारले सोध भर्ना भने गरेको छैन् । यसैगरी अस्पतालको बेड चार्ज मात्रै ४ लाख पुगिसकेको छ ।
गृहमन्त्रालयले दुवै जनाको उपचार खर्च वीर अस्पताललाई दिने भनेपनि अझै पठाएको छैन् । अहिले गृहबाट स्वास्थ्य मन्त्रालय हुँदै अर्थमन्त्रालयमा फाइल अड्एिको छ । अस्पतालले दुवै जनाको होस रहदाँ सम्म उपचार गर्ने भएपनि औषधीको पैसा तत्काल उपलव्ध गराउनुपर्ने अवस्था छ ।
६ साउन, डोटी ।
डोटीमा एक १२ वर्षीय वालिकालाई वलात्कार गरेको अभियोगमा एमाओवादीका स्थानीय नेता पक्राउ परेका छन् । गत आईतबार वालिकालाई वलात्कार गरेको पुष्टी भएपछि एकिकृत नेकपा माओवादी डोटीका जिल्ला कमिटी सदस्य २७ वर्षीया मीन बहादुर खड्का पक्राउ परेका हुन् ।
बालिकाको मेडिकल परिक्षणबाट बलात्कारको पुष्टी भएको प्रहरीले जनाएको छ । वालिकाको जिल्ला अस्पताल डोटीभित्र रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा मेडिकल परिक्षण गरिएको थियो ।
वलात्कारका आरोपित खड्काले घरपरिवारलाई नभन्नु भन्दै बालिकालाई साढे ५ सय नगद रुपैयाँ समेत दिएको खुलासा समेत बालिकाको परिवार श्रोतले गरेको छ ।
घटनामा आफ्नो पार्टीका नेताको नाम जोडिएकाले वास्तविकता बुझ्न जिल्ला कमिटी सह–सचिव देवलाल खड्कालाई जिम्मेवारी दिईएको एकिकृत नेकपा माओवादी डोटीका जिल्ला कमिटी अध्यक्ष त्रिलोचन भट्टले बताए ।
घटना दुःखद् भएकाले जो कोहि दोषीमाथि कडा कार्वाही हुनुपर्ने र आफ्नो पार्टीका नेता दोषी प्रमाणित भएमा पार्टीबाट कारवाही गरिने पनि उनले बताएका छन् ।
पीडित बालिकालाई सुरक्षित अल्पकालीन महिला सेवा केन्द्रमा राखिएको छ भने घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक दीपक कुमार बस्नेतले बताए ।

५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मले हरेक महिनामा एक दिन श्रम गर्नुपर्ने भएको छ ।
पार्टीको स्थानीय समिति बैठकमा कोषाध्यक्ष हरिबोल गजुरेलले २० बुँदे रुपान्तरणको प्रस्ताव पेश गरेका छन्, जसमा नेताहरुको आवास, जीवनशैलीदेखि आर्थिक पारदर्शिताका विषय उल्लेख छ । ‘यसबारे एक चरण छलफल भयो, भोलि गम्भीर छलफल गरेर अन्तिम रुप दिन्छौं’ एक नेताले भने ।
स्रोतका अनुसार प्रस्तावमा पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारी, स्थायी, पोलिटब्यूरो र केन्द्रीय सदस्यले महिनामा एक दिन श्रम गर्नुपर्ने उल्लेख छ । ‘यो निःशुल्क पनि हुनसक्छ, सामाजिक काम पनि हुनसक्छ’ स्रोतले भन्यो-’यसका लागि कुनै निश्चित दिन तोकिने छ ।’ त्यस्तै पार्टी अध्यक्षले जिल्ला अध्यक्षसँग सम्वाद गर्ने, जनतासँग भेट्नेसहितका कार्यक्रमको दिनसमेत तोकिनेछ ।
रुपान्तरणको प्रस्तावमा पार्टी अध्यक्ष प्रचण्डको आवासको विकल्प खोज्नुपर्नेमा जोड दिइएको छ । ‘लाजिम्पाट छाड्ने घोषणा भइसकेकाले कार्यान्वयनमा जानुपर्छ । तत्काल अस्थायी र दीर्घकालीनरुपमा स्थायी विकल्प खोज्नुपर्छ’ एक स्थायी समिति सदस्यले भने-’नेताहरुले बुझाएको सम्पत्तिले कुनै ठाउँमा जग्गा किनेर सबै नेताहरुका लागि घर बनाउने विकल्पबारे समेत छलफल भएको छ ।’
प्रस्तावमा सुरुमा नेताहरुले खर्चलाई पारदर्शी बनाउने र क्रमशः सीमा तोक्ने, गाडीहरु निजी बनाउने तर प्रयोग सामूहिक गर्नेसहितका विषय पनि गजुरेलको प्रस्तावमा समेटिएको छ । नेताहरुको आचरण, पारिवारिक सम्वन्ध सुधारमा जोड दिइएको छ भने अनुशासनमा समेत जोड दिइएको छ ।
महराको नेतृत्वमा सचिवालय गठन
स्थायी समितिको बैठकले महासचिव कृष्णबहादुर महराको नेतृत्वमा सचिवालय बनाएको छ । जसमा सचिवत्रय वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेल, कोषध्यक्ष हरिबोल गजुरेल, कार्यालय मुख्य सचिव हितराज पाण्डे, डोरप्रसाद उपाध्याय र जोगबहादुर महरा रहेका छन् । बैठकले फ्रयाक्सन इञ्चार्ज र जबस मोर्चाका इञ्चार्जहरु समेत तोकेको छ ।

काठमाडौं , श्रावण ३ - कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले माघ ८ गतेदेखि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने दाबी गरेका छन् ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले एमालेमा प्रधानमन्त्रीका लागि ओलीको विकल्प पनि नभएको बताए । 'कमरेड केपी शर्मा ओली एमाले अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ,' पराजुलीले भने, 'एमालेले सरकारको नेतृत्व गर्ने अवस्थामा उहाँ निर्विकल्प प्रधानमन्त्री हुनुहुन्छ ।'
कृषि मन्त्री पराजुलीले माघ ८ गतेसम्म कांग्रेस-एमाले गठबन्धन सरकार कायमै रहने बताए । उनले माघ ८ गते संविधान जारी भएपछि बन्ने नयाँ सरकार नेतृत्व ओलीले गर्ने बताए ।
'बिषादी प्रयोग गर्नेलाई कानुनी कारबाही'
रिपोर्टर्स क्लवमा पराजुलीले बढी मुनाफाको नाममा अधिक बिषादीको प्रयोग गरेर मानव स्वास्थ्यमा कसैलाई पनि खेलवाड गर्न नदिने स्पष्ट पारे । सरकारले आधुनिक प्रविधिको प्रयोगका नाममा मानव विनाश हुने कार्यलाई कडाईसाथ कानुन प्रयोग गर्ने उनले बताए ।
पराजुलीले सरकारले पहिलोपटक किसानमुखी बजेट ल्याएको दाबी गर्दै बजेट कार्यान्वयन भए मुलुकमा कृषि क्रान्ति हुने ठोकुवा गरे ।

१ साउन, काठमाडौं । एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओलीले विहीबार आफ्ना नेता कार्यकर्तालाई भनेका छन्-’कमरेडहरूको जतिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन ।’
विहीबार बल्खुमा आयोजित महाधिवेशन समापन समारोहमा निर्धारित समयभन्दा करीव दुईघण्टा ढीलो पुगेका नवनिर्वाचित अध्यक्ष ओलीको अनुहारमा विहीबार कुनै चमक थिएन । उनी आफ्ना सुरक्षाकर्मी र युवा नेता पिताम्बर तिम्सिनाको सहयोगमा भीडको बीचबाट मञ्चसम्म पुगे ।
बीचमा बधाइ भन्दै हात मिलाउन खोज्ने नेता कार्यकर्तालाई हेरेर फिस्स हाँस्ने बाहेक उनले हात दिन सकेनन् । किनकि उनको दाहिने हात छुनै नहुने गरी सुन्निएको थियो र त्यहाँ सेतो पट्टी कसिएको थियो ।
निवर्तमान अध्यक्ष झलनाथ खनाल र आफ्ना प्रतिस्पर्धी माधव नेपालको छेउमा बसेका ओलीले पटक-पटक चस्मा खोल्दै आँखाको आँशु पुछ्न खोज्दा उनको आँखा सुन्निएका प्रष्टै देखिन्थे । अनुहारमात्र सुन्निएको होइन, उनी त्यो भीडमा केही असहज पनि महशुस गरिरहेका थिए ।
Kp oli 650समापन समारोहमा सम्बोधन गर्न उभिएका ओलीमा स्वास्थ्यका कारण अध्यक्ष निर्वाचित भएको उर्जा देखिँदैन थियो । उनले आफ्नो लिखित भाषणसमेत बाचन गर्न नसकेपछि केही मिनेट भासिएको स्वरमा बोलेर मन्तव्य समापन गरे ।
नविनिर्वाचित अध्यक्ष ओलीले आफ्नो स्वास्थ्यबारे त्यहाँ केही बोलेनन् । तर, उनको शारिरिक अवस्थालेनै सबै चीज बताइरहेको थियो । लिखितरुपमा उनले तयार पारेको भाषणको अन्त्यमा भने उनले आफ्नो स्वास्थ्य बारेमा सामान्य उल्लेख गरेका छन् । उनले स्वास्थ्यमा केही समस्या भएकोमा आफू सजग भएको र त्यसबारेका टीकाटिप्पणीहरु पनि सुनेको बताएका छन् ।
‘मेरो स्वास्थ्यमा केही समस्याहरू छन् भन्ने कुराप्रति म सजग छु र यसप्रति यहाँहरूको चासोप्रति म संवेदनशील छु,’ ओलीले आफ्नो स्वास्थ्यको बचाऊ गर्दै पुरानै भनाइ दोहोर्याएका छन्- ‘पार्टी सञ्चालन म्याराथुन प्रतियोगिता होइन र पार्टी नेता म्याराथुन धावक पनि होइन । यो एउटा टिम स्प्रिरिट हो केन्द्रीय कमिटीको यो सक्षम टिम सामूहिक भावनाकासाथ सञ्चालन हुँदा देशैलाई जुरुक्क उचाल्न सामथ्र्यवान् छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’
ओलीले आफू धेरै नबाँच्ने संकेत गर्दै केही भावुक मन्तव्यसमेत राखेका छन् । उनले भनेका छन्-’संभवतः कमरेडहरूको जतिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन भन्ने तथ्यप्रति म सजग छु । त्यसैले, म आफ्नो सम्पूर्ण सामथ्र्य, उर्जा र विवेक पार्टी, जनता, देश र मानवताप्रति समर्पित गर्ने विश्वास पुनः दोहोर्याउन चाहन्छु ।’

३१ असार काठमाडौं । पूर्वयुवराज पारस शाह थाइल्याण्डमा पक्राऊ परेका छन् । पाँच दिनअघि नै पक्राउ परेका शाहका साथबाट दुई पोका गाँजासमेत थाई प्रहरीले बरामद गरेको गोप्य स्रोतले बतायो ।
पूर्वयुवराजको गिरफ्तारी आजभन्दा पाँच दिनअघि १० जुलाइमा भएको हो । उनको गिरफ्तारीबारे त्यहाँ रहेको नेपाली दूतावासले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयलाई सूचना दिइसकेको बुझिएको छ ।
लामो समयदेखि बैंकमा बस्दै आएका शाह यसअघि पनि त्यहाँ पक्राऊ परेर छुटेका थिए । गम्भीर बिरामी भएर पुनर्जीवन पाएका उनी नेपाल आउने चर्चा भए पनि हालसम्म उतै बस्दै आएका छन् ।
- अनलाइन खबर बाट

२० असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको मुख्यमन्त्री हुनुभन्दा पहिलेदेखि नै नेपालीलाई आफ्नो सहयोगी राखेको खुलासा भएको छ ।
अहिले पनि ती नेपाली प्रधानमन्त्री मोदीको सहयोगीकै रुपमा कार्यरत रहेको र उनले मोदीको जीवनमा अर्जुनको भूमिका निभाइरहेको भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले बताएका छन् । यद्यपि उनी को हुन् र के काम गर्दैछन् भन्ने कुरा जोलीले खुलाएनन् ।
‘ती नेपालीको नाम मलाई याद छैन, नेपाल भ्रमणमा आएका जोलीले अनलाइनखबरसँग भने- ‘तर अहिले पनि उनी मोदीजीसँगै छन् । उनी नेपालबाट वाल्यकालमै भारतमा गएका हुन् ।’ एमाले महाधिवशेनको निम्तो मान्न आएका जोलीले शुक्रबार बिहान एभरेष्ट होटलमा नेपाली पत्रकारहरुसँग यो रहस्यको खुलासा यसरी गरे- ’म तपाईहरुलाई एउटा कुरा सेयर गर्न चाहन्छु । अढाइ वर्ष पहिले मोदीजी जब गुजरातको मुख्यमन्त्री थिए, उनको नेपाल आउने यात्राको पूरा कार्यक्रम बनेको थियो । ८ सदस्यीय प्रतिनिधि मण्डलमा म पनि आउने तय भएको थियो ।
त्योभन्दा पहिले उनले नेपालका एक प्रमुख उद्योगपतिलाई यो खबर गरे कि म नेपाल आउनुभन्दा पहिले, जो एक नेपाली सहयोगी मेरो साथमा कयौं वर्षदेखि कार्यरत छन्, उनी बचपनमै भारत आएका थिए, उनले आफ्नो परिवारलाई दोहोर्याएर भेटेका छैनन् । म चाहन्छु उनको परिवार पत्ता लगाइयोस् ।
मोदीजीको सफल प्रयास एवं नेपाली प्रमुख उद्योगपतिको ‘इन्टरभेन्सन’बाट मोदीजीको सहयोगी, जो उनको जीवनमा सार्थकरुपबाट एक अर्जुनको भूमिका निर्वाह गर्छन्, उनी आफ्नो नेपाली परिवारका साथ, आमाका साथ, भाइका साथ उनलाई जोड्न सम्भव भयो । मोदीजी नेपाल आउन पाएनन् ।’
नेपाल आउने प्रवल इच्छा
बीजेपी नेता जोलीले मोदीको नेपाल आउने तीव्र इच्छा रहेको बताएका छन् । ‘प्रधानमन्त्री मोदीजीको मनमा नेपाल आउने प्रवल इच्छा छ । मोदी नेपाल केवल राजनीतिक दृष्टिले मात्रै होइन, अपितु सांस्कृतिक दृष्टिले पनि आउन प्रवल इच्छुक छन्’ जोलीले भने-’उनको मनमा काशी पशुपतिनाथ मन्दिरको दर्शन गर्ने अभिलाषा विगत केही वर्षदेखि रहेको छ ।’
तर, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण प्रधानमन्त्री सुशील कोइराला अमेरिकबाट नेपाल फर्केपछि मात्रै हुने जोलीले बताए ।उनले भने- ‘अबको परिस्थितिमा उनको मनको इच्छाअनुसार उनी अवश्य नेपाल आउने छन् । उनको यो पनि इच्छा छ कि प्रधानमन्त्री कोइरालाजी शिघ्र स्वस्थ्य हुन् । उनी स्वदेश फिर्ता आउन्, त्यही समय भारतीय प्रधानमन्त्री अर्को देशको प्रधानमन्त्रीको उपस्थितिमा सहजतापूर्वक आउन सम्भव होस् ।’
६ सय मेघावाटको विजुली, ५ हजारलाई छात्रवृत्ति
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा ६ सय मेघावाटको विद्युत परियोजना तय हुने जोलीलेल बताए । त्यसैगरी मेडिकल, इञ्जिनियरिङ आदिमा भारतले दिँदै आएको ३ हजार छात्रवृत्तिको कोटालाई ५ हजार पारिने जोलीले बताए । नेपालमा औद्योगिक विकास गरेर युवालाई रोजगारीका लागि विदेश जानुनपर्ने वातावरण बनाइनुपर्ने उनले भने ।
-सभार श्रोत: अनलाइन खबर

२० असार, काठमाडौं । सिन्धुलीमा एकीकृत नेकपा माओवादीको डा. बाबुराम भट्टराई पक्षले समानान्तर कमिटी गठन गरेको छ । चुनाव बहिस्कार गरेको भट्टराई पक्षले दिर्घराज श्रेष्ठको अध्यक्षमा २६ सदस्यीय समानान्तर जिल्ला कार्यसमिति गठन गरेको छ ।
यसअघि भट्टराई पक्षले बहिस्कार गरेको चुनावले राजन दाहालको नेतृत्वमा नयाा नेतृत्व चयन गरेको थियो । जेष्ठ सदस्यको हैसियतमा बैठकमा अध्यक्षता गरेका भट्टराई पक्षीय नेता दिर्घराज श्रेष्ठसहितले बैठक स्थगित भन्दै हिाडेका थिए । ‘सहमति गर्ने भनिएपनि प्रक्रियामा जानुपर्छ भन्ने जोड दिइयो । मैले प्रक्रियामा जाँदा एक पक्षीय पाखा लाग्छन् भनेर मैले बैठक स्थगित गरेको थिएा’ श्रेष्ठले भने-तर, हामी हिडेपछि नयाँ टिमको घोषणा भएछ । हामीलाई चित्त बुझेन ।’
प्रचण्ड पक्षले नयाँ कार्यसमिति घोषणा गरेपछि भट्टराई पक्षले बैठक बसेर नयाँ टिम घोषणा छ ।

काठमाडौं : पार्टी एकताका निम्ति वातावरण बनाउन कार्यगत एकता गरिरहेका एमाओवादी र नेकपा-माओवादी संविधानका अन्तरवस्तुमा साझा धारणा बनाउन सक्रिय रहे पनि संविधान जारी गर्ने प्रक्रियामा उनीहरूबीच मतभेद देखिएको छ।
संविधानसभामा रहेको एमाओवादी संविधानसभाबाट संविधान जारी गर्नुपर्ने पक्षमा छ। संविधानसभा चुनाउ बहिष्कार गरेको नेकपा-माओवादी संविधानसभाबाहिर सर्वपक्षीय राजनीतिक सभा गरी संविधान जारी गर्नुपर्ने पक्षमा छ। 'सर्वपक्षीय राजनीतिक सभामा संविधानका अन्तरवस्तुमा सहमति गराएर संविधानसभाबाट संविधान जारी गर्नुपर्छ', एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले अन्नपूर्णसँग भने, 'संविधान संविधानसभाभन्दा बाहिरबाट जारी गर्नु हुँदैन।' एमाओवादीले संविधानका अन्तरवस्तु अध्ययन र सहमति खोज्न पार्टीभित्र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा कमिटी बनाएको छ। एमाओवादी र नेकपा-माओवादीसहित पाँच माओवादी घटकले पाँच सदस्यीय कार्यदल बनाएर संविधानका अन्तरवस्तुमा सहमति जुटाउने कसरत गरिरहेका छन्।
----------
सर्वपक्षीय सभामा सहमति गराएर संविधानसभाबाट संविधान जारी गर्नुपर्छ : एमाओवादी
संविधानसभाबाहिर सर्वपक्षीय राजनीतिक सभा गरी संविधान जारी गर्नुपर्छ : नेकपा-माओवादी
---------
'संविधान कहाँबाट जारी गर्ने भन्ने विषयमा निर्णय गरेका छैनौं। हामी संविधानसभाबाट जारी हुनु हुँदैन भन्ने मा छौं। एमाओवादी संविधानसभाबाटै जारी गर्नुपर्छ भन्ने पक्षमा छ', नेकपा- माओवादी उपाध्यक्ष सीपी गजुरेलले भने, 'संविधानसभाभित्र वा बाहिर कहाँबाट जारी गर्ने भन्ने विषय टुंगिएको छैन।' आफूहरू पर्ख र हेरको अवस्थामा रहेको पनि उनले बताए। 'त्यो विषय अहिले थाती छ', गजुरेलले भने, 'संविधानसभामा रहेको दलले त्यहींबाट र अरू दलले सडकमा दबाब दिने भन्नेमा मात्रै समझदारी भएको छ।' नेकपा-माओवादीले संविधानसभालाई नस्वीकारेको पनि गजुरेलले प्रस्ट पारे।
दुवै दलको शीर्ष नेतृत्व पार्टी एकता गराउने पक्षमा दृढतापूर्वक उभिएका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादी अध्यक्ष मोहन वैद्यबीच पार्टी एकताका विषयमा निरन्तर छलफल चलिरहेको छ। दुवै नेता चाँडै पार्टी एकता गर्ने पक्षमा छन् भने दुवै पार्टीमा पार्टी एकतामा अवरोध खडा गर्न खोज्नेहरू पनि छन्। एमाओवादीका एक नेताले अन्नपूर्णसँग भने, 'दुवै माओवादीलाई सिध्याउने प्रतिक्रियावादीको रणनीति दुवै पार्टीको शीर्ष नेतृत्वले बुझेको छ। त्यसैले अब जसरी पनि चाँडै पार्टी एकता गर्ने पक्षमा नेताहरू लागिरहनुभएको छ।'
-रेवती सापकोटा /अन्नपूर्णपोस्ट

काठमाडौं, असार १९ – महाधिवेशनमा प्रविधिको व्यापक प्रयोग गर्ने बताएको नेकपा एमालेले रोबोटको कला पनि प्रस्तुत गरेको छ ।
महाधिवेशन उद्घाटन सत्रमा रोबोटको माध्यमबाट पाहुनाको स्वागत गरिएको हो ।
उदघोषण गर्ने क्रममा पोडियम जुरुक्क उठ्यो । उदघोषणको जिम्मा लिएका एमाले महासचिव इश्वर पोख्रेलले अतिथिलाई आशन ग्रहण गराउनुभयो । अध्यक्ष झलनाथ खनाललाई पानशमा दीप प्रज्ज्वलन गर्न आग्रह गरे पनि वरिपरि कतै पानश थिएन । खनाल जुरुक्क उठेर अघि बढ्ने वित्तिकै पोडियम छेवैबाट पानश उठ्यो ।
पार्टी अध्यक्ष खनालले पानसमा बत्ति बालेपछि हेलिकोप्टर जस्तै साना आकारका दुईवटा रोबोट पोडियमको अगाडि दायाबायाबाट हलमाथि घुम्न थाले । यसरी हेलकोप्टरकै जस्तो आवाजमा आकाशमा रोबोट उठेको देख्दा नेता, कार्यकर्ता र उपस्थित पाहुना सबैलाई नयाँ र नौलो लाग्यो । सबैले छक्क परेर रोबोट घुमेको हेरे । धेरैले क्यामरा र मोबाइलबाट फोटो खिच्न थाले ।
हेर्नुस कार्यक्रमको भिडियो ।

वासिङटन। अमेरिकामा गरिएको एक नयाँ अभिमत सर्वेक्षणमा हाल दोस्रो पदावधिमा रहनुभएका राष्ट्रपति बाराक
ओबामा दोस्रो विश्वयुद्ध पछि सबैभन्दा नराम्रो अमेरिकी नेताहरूको सूचीमा सबैभन्दा माथिल्लो स्थानमा पर्नुभएको देखिएको छ ।
किनिपियाक विश्वविद्यालयले गरेको सर्वैक्षणमा भाग लिने व्यक्तिमध्ये ३३ प्रतिशतले राष्ट्रपति ओबामा गत ७० वर्षमा सबैभन्दा खराब राष्ट्रपति भएको बताएका छन् । अट्ठाइस प्रतिशतले उहाँ पूर्वका रिपब्लिकन राष्ट्रपति जर्ज डब्लु बुसलाई यस्तो अवस्थामा हेरेका छन् ।
सर्वेक्षणमा भाग लिने ३५ प्रतिशतले सन् १९८१ देखि १९८९ सम्म शासन गर्ने रिपब्लिकन पार्टीका राष्ट्रपति रोनाल्ड रेगनलाई सन् १९४५ पछिको सबैभन्दा राम्रो राष्ट्रपतिको रूपमा हेरेका छन् । १८ प्रतिशतले यस्तो अवस्थामा बिल क्लिन्टनलाई छनौट गरेका छन् । १५ प्रतिशतले भने जोन एफ केनेडी सबैभन्दा राम्रो राष्ट्रपति भएको बताएका छन् ।
किनिपियाकको सर्वेक्षणका सहायक निर्देशक टिम मालोयले ६९ वर्षको अमेरिकी इतिहासमा १२ जना राष्ट्रपति भएको र राष्ट्रपति बाराक ओबामा तथा राष्ट्रपति जर्ज डब्लु बुस सबैभन्दा नराम्रो राष्ट्रपतिको रूपमा देखा परेको बताउनुभयो ।
सर्वेक्षणमा भाग लिने ४५ प्रतिशतले सन् २०१२ को निर्वाचनमा मिट रोम्नीले विजय हासिल गरेको भए अमेरिका राम्रो हुन्थ्यो भन्ने धारणा व्यक्त गरे पनि ३८ प्रशितले उहाँले जितेको भए अझै नराम्रो हुन्थ्यो भन्ने बताए । एएफपी

हङकङ, असार १८ - सार्वजनिक र सामुदायिक सेवामा समर्पित भई स्थानीय अल्पसंख्यकका हितमा कार्य गरेबापत हङकङ सरकारले शर्मिला गुरुङलाई 'मेडल अफ अनर' ले सम्मानित गर्ने भएको छ ।
हङकङ स्थापना दिवसको १७ औं वाषिर्कोत्सवका अवसरमा मंगलबार उक्त घोषणा भएको हो ।
बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको दिन जुलाई १ लाई प्रत्येक वर्ष स्थापना दिवसका रुपमा मनाइन्छ । सन् २००९ मा समेत सरकारले गुरुङलाई 'चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस' ले सम्मानित गरिसकेको छ । हङकङ सरकारबाट दोहोर्याएर सम्मान पाउने गुरुङ पहिलो नेपाली समेत बनेकी छन् । दक्षिण एसियाली स्वास्थ्य सहयोग कार्यक्रम अन्र्तगत युनाइटेड क्रिश्चियन नेदरसोल कम्युनिटी हेल्थ सर्भिसमा आवद्ध डाक्टर गुरुङ गृह मामिला विभाग अन्तर्गत जातीय सद्भाव प्रर्वद्धन कमिटिकी गैरसरकारी सदस्य हुन् । सरकारद्वारा संचालित स्वास्थ्य सम्बन्धी विभिन्न परियोजनाहरूमा यिनी सकृय रहदै आएकी छन् । यसअघि १३ औं वाषिर्कोत्सवका अवसरमा बुद्धिबहादुर थापालाई सोही मेडल प्रदान गरिएको थियो । सामुदायिक सेवामा सकृय योगदान गरेबापत अर्का नेपाली प्रदीप (दीप) थापालाई समेत हङकङ सरकारले 'चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस' ले सम्मानित गर्ने भएको छ । हङकङ नेपाली महासंघका अध्यक्ष थापा धरानका हुन् ।
छाता संगठन दाबी गरिएको महासंघमा स्थानीय ३३ संघसंस्था आवद्ध छन् । घोषित सम्मान चीनको राष्ट्रिय दिवसका दिन अक्टुबर १ मा हङकङका कार्यकारी प्रमुख लियोङ चिन युनले प्रदान गर्नेछन् । यसवर्ष हङकङ सरकारले विभिन्न पदक तथा सम्मान पत्रले विभूषित गर्ने २ सय ८३ जनाको नामावली मंगलबार सार्वजनिक राजपत्रमा उल्लेख छ ।
मेडल अफ अनरले सम्मानित गुरुङले स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्नुपर्ने बताएकी छन् । 'पदक पाउँदा आश्चर्यसँगै कामको कदर भएको महसुस गरेकी छु', पोखरा स्थायी घर भएकी गुरुङले भनिन्, 'यसले ममाथि अझबढी जिम्मेवारी थपिदिएको छ ।' यतै जन्मिएकी उनले हङकङ युनिभर्सिटीबाट पब्लिक हेल्थमा स्नाकोत्तर गरेकी छन् । वर्षौदेखि लगातार सामाजिक कार्यमा संलग्न रहेवापत सरकारले मुल्याङ्कन गरेको महासंघका अध्यक्ष प्रदीप थापाले बताए । पछिल्लोसमय नेपाली समुदाय र हङकङ सरकारबीच राम्रो सम्बन्ध विस्तार भएको समेत उनको भनाइ थियो । अध्यक्ष थापा लगायतको मुख्य सकृयतामा केही महिनाअघि २२ नेपाली दुव्र्यसनीहरूको उद्दार गरिएको थियो । पुष्पा गुरुङ, पुष्प राई, कुल प्रसाद गुरुङ, अरुणा गुरुङ, चुरा थापा र अहिलेका दुई समेत गरी 'चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस' बाट सम्मानित हुने नेपालीको संख्या सात पुगेको छ । त्योभन्दा माथिल्लो स्तरको मेडल अफ अनर पाउने शर्मिला गुरुङ र बुद्धिबहादुर थापा हुन् ।