सलमान खानले दिए आफ्ना फेसबुक फ्यानलाई जागिर

सलमान खान जुन ब्राण्डसँग जोडिएका थिए, त्यही ब्राण्डमा फेसबुकमा रहेका आफ्ना प्रशंसकलाई जागिर लगाइदिन आग्रह गर्ने गरेका छन् । यसको सुरूवात पनि भइसकेको छ । यसबाट शारीरिक रूपमा अशक्त हजार भन्दा बढी मानिसलाई रोजगार दिइसकिएको छ ।
यसपछि सलमान खानले हरेक बिइङ्ग ह्युमनको एक स्टोरमा कम्तिमा एक अशक्तलाई जागिर लगाइदिने घोषणा गरेका छन् । यो वर्ष सलमान ४० र 'बिइङ्ग ह्युमन' स्टोर खोल्ने तयारी गरिरहेका छन् । यो वर्ष चेनले ३ सय करोड भारतीय रूपैयाँको कारोबार गरेको छ । यसमा फ्रेन्चाइजी मालिकलाई निकै फाइदा भइरहेको छ तर, आफ्नो नाफामा सलमानले कुनै हिस्सा लिएका छैनन् र आफ्नो सबै कमाई बिइङ्ग ह्युमन च्यारिटीलाई दिएका छन् । चाँडै नै यसको ब्राण्डको क्याफे र जिमखाना देशभर खोलिने बताइएको छ ।
सलमान खानले आफूले 'बिइङ्ग ह्युमन आफूले मात्र १ दिनको लागी नल्याएको बताएका छन् । उक्त संस्थाले सधै मानिसलाई सहारा दिन सकोस्, त्यसका लागी संस्थालाई बलियो बनाउँदै लैजाने उनको भनाई छ ।
