भारत–पाकिस्तान सीमामा विस्फोट, ५० को मृत्यु

काठमाडौं, कार्तिक १७ । भारत–पाकिस्तानको बाघा सीमामा गराइएको आत्मघाती विष्फोटमा ५० जनाभन्दा बढी व्यक्ति मारिएका छन् । पाकिस्तान सरहदभित्र गराइएको उक्त विष्फोटको जिम्मेवारी तालिवानसँग सम्बन्धित अतिवादी संगठन जुनदुल्लाहले लिएको हो ।







लाहौरनजिकको उक्त सीमाको विष्फोटमा मारिनेमा पाकिस्तानी रेञ्जर, सरकारी अधिकारीका साथै महिला र बालबालिकाहरु छन् । दैनिक हुने साँझको परेड सकिएलगत्तै विष्फोट गराइएको थियो ।







,