अमेरिकि अन्तरिक्ष यान विष्फोट !

काठमाडौं, कार्तिक १५ । क्यालिफोर्नियाको एक मरुभूमिमा परीक्षण उडानका क्रममा रहेको भर्जिन गेलेक्टिक अन्तरिक्ष यान विष्फोट भएको छ । दुर्घटनामा एक पायलटको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रत्यक्षदर्शीले हावामा ठूलो आवाजका साथ विष्फोट भएको बताएका छन् । यानका टुक्राहरु माहाबी मरुभूमिमा यत्रतत्र छरिएको छ । पर्यटकलाई अन्तरिक्षमा उडान भर्नका लागि भर्जिन गेलेक्टिक विमान तयार गरिरहेको थियो ।







 







, ,