नायिका गरिमा पन्तलाई नजिक बाट चिन्नुहोस् !

नायिका गरिमा पन्त यात्रा गर्न खुबै रुचाउँछिन् । उनलाई धेरैजसो घुम्ने अवसर त कामको सिलसिलामै आइपर्छ । यही क्रममा उनी देश–विदेशका विभिन्न ठाउँ पुगिसकेकी छन् । तर उनी नेपालका डाँडापाखा पुग्दा खुसी मिलेको सुनाउँछिन् ।






‘कलाकार भएकाले कार्यक्रमकै सिलसिलामा घुम्ने अवसर आइरहन्छ,’ चितवन पुगेकी पन्तले टेलिफोनमा भनिन्, ‘कहिले सौराहा, कहिले पोखरा त कहिले काठमाडौं । घुमघामको दिनचर्याजस्तो बन्ने गरेको छ ।’
नेपालका ५० वटा जिल्ला घुमिसकेकी उनको नजरमा नेपाल साँच्चिकै सुन्दर देश हो । ‘नाम चलेका पर्यटकीय स्थलमा त धेरैपटक पुगिसकेकी छु,’ आफू पुगेका रमाइला ठाउँबारे भनिन्, ‘पोखरा, धम्पुस, सौराहा, मनकामनाजस्ता ठाउँ सधैं लोभ्याउने खालका छन् ।’
उनलाई तराईको लाइफ स्टाइल, पहाडी झरना र हिमाली शृंखलाको दृश्यले आकर्षित गर्दो रहेछ । ‘हामीलाई प्रकृतिले नै सबै क्षेत्रमा फरक सौन्दर्य दिएको छ,’ उनले भनिन् ।







, ,