१३ बर्षिया बालिका जबर्जस्ती बलात्कारपछि गर्भवती ! आरोपित गाउँ छाडेर फरार ...
बालिकाले दिएको जानकारी अनुसार एकदिन साँझ घर फर्कंदै गर्दा बाटोमा मुख थुनेर ओलीले बलत्कार गरेका हुन । डरका कारण आफूले यो कुरा कसैलाई नभनेको ती बालिकाले बताईन् । पेटमा गर्भ रहेको थाहा भएपछि ती बालिका स्कूल जान छाडेकी छिन् ।
घटनाबारे थाहा हुने बित्तिकै भदौ १३ गते प्रहरी चौकी पुर्तिमकाँडामा जानकारी गराएपनि प्रहरीले वास्ता नगरेको पीडित पक्षले बताएका छन् ।
बालिका गर्भवती भएको खुलेपछि आरोपितलाई समातेर सोधखोज गर्दा नीजले स्वीकार गरेको गाउँलेले बताएका छन । एक हप्ताअघि यो कुरा थाहा भएपछि आरोपित ओली गाउँ छाडेर भागेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी गौतमराज कट्टेलले यो घटनाबारे प्रहरीलाई आधिकारीक रुपमा जानकारी नभएको बताउनुभयो । जानकारी आउने बित्तिकै दोषीलाई कार्वाही हुने उहाँले बताउनुभयो ।