सिन्धुपाल्चोक, साउन १७ - (अपडेट) सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो जाँदा भोटेकोशी नदी थुनिएको छ ।
बिहान साढे तीन बजे पहिरो गएपछि बाह्रबिसे नजिकै भोटेकोशी नदी थुनिएको हो ।
सिन्धुपाल्चोकको बाह्रविसेभन्दा केही तलको जूरे भन्ने ठाउँमा राम्चेको ढिस्को खसेर नदी थुनिएको स्थानीय प्रतक्ष्यदर्शीले जानकारी दिएका छन् । नदी थुनिएर ठूलो ताल बनेको छ ।
पहिरोले घुस्कुन गाविसका केही घर पनि बगाएको छ ।
पानी थुनिएकालेसुनकोशी नदी आसपासका बासिन्दामा त्रास बढेको छ । नदी किनारका हजारौं बासिन्दा अहिले सुरक्षित स्थानतर्फ सारिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक भरतबहादुर बोहरा बोहराले बताउनुभयो ।
उहाँले भोटेकोशी नदी आसपासका बासिन्दालाई डाँडा र उच्च ठाउँमा सुरक्षित रहन आग्रह गर्नुभयो । नदी थुनिएपछि हजारौं घरपरिवार जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ ।
९० प्रतिशत पानी थुनिएको र १० प्रतिशत पानी मात्रै बगेको गृह मन्त्रालयो आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
नदी थुनिदा सिन्धुपाल्चोकको लामोसाँघु, खाडीचौर, बलेफी, सुकटे, काभ्रेको दोलालघाट, सर्स्यौखर्क, विर्ता देउरालीलगायतका सुनकोशी नदी किनाराका वस्ती जोखिममा परेका छन् । ती वस्तीका मानिसलाई नदी किनारभन्दा माथि जान प्रशासनले आग्रह गरेको छ ।
-उज्यालो बाट
यसरी थुनियो सुनकोशी + भोटेकोशी नदी