१६ बर्षीया किशोरिको बिहे तेस्रोलिंगी सँग गरिदिएपछी |
२७ असार, सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा दइजोको लोभमा एक किशोरीको तेस्रो लिंगीसँग विवाह गरिएको रहस्य खुलेको छ ।
दाइजोको लोभमा स्थानीय एक परिवारले आफ्ना तेस्रोलिंगी छोराको विवाह एक १६ वर्षीया किशोरीसँग गरिदिएको हो । आजको नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।
दुई वर्ष पहिले यसरी झुक्याएर गरिएको विवाहको बारेमा ती किशोरीले केही दिन पहिले मात्र थाहा पाइन् । श्रीमानले सधै वेवास्ता गर्दै आएपछि उनले आफ्नो श्रीमानको पुरुषमा हुनु पर्ने गुण र लिंग नै नरहेको थाहा पाएकी थिइन् ।
अहिले युवक २० वर्ष र युवती १८ वर्ष पुगेका छन् । विवाहको समयमा २ लाख नगद र मोटरसाइकलसहित केटी पक्षले विभिन्न दाइजो उपलब्ध गराएको थियो । केटीले आफ्नी आमालाई सबै कुरा भनेपछि केटीका बुबा आफै गएर छोरी फिर्ता ल्याएका थिए । ज्वाइँ तेस्रो लिंंगी भएको थहा भएपछि केटी पक्षले सम्पूर्ण दाइजो त्यागेर छोरीलाई फिर्ता ल्याएको हो ।