विद्यालयमै मदिरा ‘बेच्ने’ प्रधानाध्यापक पक्राउ !!

सुनसरी, आषाढ २६ । प्रहरीले विद्यालयमै मदिरा राखेर बिक्री, वितरण गर्दै आएको आरोपमा सुनसरीको एक विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ । सुनसरी खनार गाविसको भानु प्राथमिक विद्यालयका प्रधानाध्यापक इन्द्रलाल चौधरीलाई विद्यालयमै मदिरा बिक्री गर्ने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले विद्यालय भवनमै पसल सञ्चालन गरी मदिरा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको उजुरीपछि प्रहरीले छापा मारेर चौधरीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले चौधरीको पसलबाट तीन कार्टुन मदिरा बरामद भएको पनि जनाएको छ ।


,