किन गरे कमल थापाले भट्टराईको प्रसंशा ?

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम माथि संसदमा बोल्दै मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले एनेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईको प्रसंशा गरेका छन्। उनले संसदमा बोल्दै भट्टराईसँग विचार र कार्यक्रम नमिले पनि उनको उच्च प्रसंशक रहेको बताए।


'तपाईको विचार र कार्यक्रमसँग म सहमत छैन तर काठमाडौको बाटो फराकिलो बनाउने सहास गर्नु भो त्यसको म उच्च प्रसंसा गर्छु', उनले भने।

थापाले राजा सहित फरक फरक सरकारमा ६ पटक मन्त्री हुने मौका पाए पनि भट्टराई जस्तो सहासिक मान्छे नभेटेको बताए। उनले काठमाडौंको सडक फराकिलो पार्ने कामको नेतृत्व लिएकोमा भट्टराईलाई धन्यवाद समेत दिए।

संसदमा बोलेर फर्कने क्रममा थापासँग भट्टराईले मुस्कान सहित हात मिलाएका थिए।

,