१८ असार, काठमाडौँ । इराकको टिक्रिलटस्थित एक अस्पतालमा शरण लिएर बसेका तीन नेपालीलाई विद्रोहीले मंगलबार करिब ७ घन्टा नियन्त्रणमा लिएर छाडिदिएका छन् ।
टिक्रिटमै फसेका सातमध्ये चार नेपाली भने सुरक्षित ठाँउ कुर्दिस्तान पुगेको छ ।
टिक्रिटबाट मोरङका मोहनकुमार बस्नेतले आफूहरुलाई मंगलबार नियन्त्रणमा लिएर छाडिदिएको जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘हामीलाई बिहान लगृर सात घन्टा राख्यो, अनि छाडिदियो, टिक्रिटबाट बस्नेतले टेलिफोनमा भने,’हामीलाई केही त गरेनन्, तर किन लगेका हुन् भन्ने जानकारी भएन ।’ इराकी विद्रोही सुन्नी समूह आइएसआइएसले गत २७ जेठमा टिक्रिट नियन्त्रणमा लिएपछि उनीहरु अलपत्र परेका थिए । नियँन्त्रणमा परेका बेला आफूहरुसँग दुस्मनी नरहेको विद्रोहीले बताएको पनि बस्नेतको भनाई छ ।
‘हामीलाई बिहान नियन्त्रणमा लिनेमध्ये एकजनासँग कुरा भएको थियो । उनीहरुले तिमीहरुसँग कुनै दुस्मनी होइन । हामी यहाँका जनतालाई मुक्त गर्न आएका हौँ भने, बस्नेतले भने,’उनीहरुलाई युरोपियन देशबाट आएका धेरै छन् ।
स्थानीय विद्रोहीले भेटेको भए मारिसक्थे होला ।’ अस्पतालका १५ जना नर्सलाई पनि विद्रोहीले गरेको उनले जानकारी दिए । बस्नेतले सो क्षेत्रमा बमबारी भइरहेको र आफू घाइते भएको जानकारी दिए ।
सात घन्टाको नियन्त्रणपछि इराकमा नेपाली रिहा !!!