टिभी रियालिटी शोमा दुई सुन्दरीको आपत्तिजनक चर्तिकला !!

सहभागीहरुको यौनजन्य क्रियाकलापका कारण सदाबहार रुपमा विवादित छ च्यानल ५ बाट प्रसारण हुने टिभी रियालिटी शो–सेलिब्रेटी बिग ब्रदर । घरभित्र त छँदैछ, यसपटक घरबाट निस्किसकेकाहरुले पनि उत्श्रृङ्खल हर्कत देखाएर सबैलाई हैरान पारेका छन् ।

बिग ब्रदरका पूर्व हाउसमेट लुइसा जिस्म्यान र जस्मिन बाल्ट्ज शोबाट आउट भइसकेपछि पनि लण्डनमा सँगै समय बिताइरहेका छन् । आपसमा आवश्यकताभन्दा बढी नजिकिइरहेका उनीहरु गत शुक्रबार सञ्चार माध्यमको क्यामेरामा कैद भए । त्यतिबेला दुवैजना पसिनाले निथ्रूक्क भिजेर एउटा नाइट क्लबबाट फर्किँदै थिए । सुरुमा आफूहरुलाई सञ्चार माध्यमले पछ्याइरहेको उनीहरुले चालै पाएनन्। दुवैजना ट्याक्सीको पछाडि ढोकाबाट छिरे । लगत्तै उनीहरुले यस्तो व्यवहार देखाउन थाले, जुन प्रेमीप्रेमिकाबीच मात्र हुन सक्छ । सुरुमा जस्मिन सिटमा बसिन् र लुइसा उनको काखमाथि बसेर उत्तेजक व्यवहार देखाउन थालिन् । लामो समयपछि भेटिएकी प्रेमिकालाई अझेँ उनले जस्मिनलाई अँगालोमा बेरिन्, जथाभावी चुम्बन गरिन् र सिटमै लडाइन् ।

यसबाट लुइसाले पनि खुब मस्ती अनुभव गरेको देखिन्थ्यो । दुवै जनाले दुई बित्ता लामो हिल भएको जुत्ता लगाएका थिए भने एकदमै भड्किलो पहिरनमा थिए । उनीहरुको व्यवहार देख्दा मदिराले धुत भएको अनुमान गर्न कठिन थिएन । उनीहरुको चर्तिकला बाहिर सडकमा पनि देखिएको थियो । तर, उनीहरुले वास्ता गरेनन् । एक चरणमा उनीहरु सेक्समा लिप्त यौनजोडीजस्तो देखिए ।

लुइसाको वक्षस्थलमा उक्लेर जस्मिन मच्चिइरहेकी थिइन् । यसो गर्दा जस्मिनको स्कर्ट पनि निकै माथि पुगेको थियो । क्यामेराले फोटो खिचेको चाल पाएपछि उनीहरुले ट्याक्सी स्टार्ट गर्न लगाएर भागेका थिए । त्यस घटनाअघि सोही दिन यो जोडी नोबु बर्कले रेष्टुरेन्टमा देखिएको थियो । रेष्टुरेन्टमा दुवै जना प्रफुल्ल मुद्रामा थिए भने जस्मिन सिग्रेटको धुवाँ उडाइरहेकी थिइन् । बिग ब्रदरमा तीन साता बिताउने क्रममा ड्यापीलाई आफ्नो टप्सभित्र टाउको छिराउन दिएर चर्चामा आएकी लुइसाले त्यहाँ आफ्नो वक्षस्थलका अधिकांश भाग देखिने पारदर्शी पोसाक लगाएकी थिइन् । लुइसाले सार्वजनिक रुपमै जस्मिनको वक्षस्थलभित्र हात घुसाउने प्रयत्न पनि गरिन् । २६ वर्षीया लुइसा एक सन्तानकी आमा हुन् । एजेन्सी


,