हङकङ सरकारले गर्यो दुई नेपालीलाई सम्मान !!!
हङकङ, असार १८ - सार्वजनिक र सामुदायिक सेवामा समर्पित भई स्थानीय अल्पसंख्यकका हितमा कार्य गरेबापत हङकङ सरकारले शर्मिला गुरुङलाई 'मेडल अफ अनर' ले सम्मानित गर्ने भएको छ ।
मेडल अफ अनरले सम्मानित गुरुङले स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्नुपर्ने बताएकी छन् । 'पदक पाउँदा आश्चर्यसँगै कामको कदर भएको महसुस गरेकी छु', पोखरा स्थायी घर भएकी गुरुङले भनिन्, 'यसले ममाथि अझबढी जिम्मेवारी थपिदिएको छ ।' यतै जन्मिएकी उनले हङकङ युनिभर्सिटीबाट पब्लिक हेल्थमा स्नाकोत्तर गरेकी छन् । वर्षौदेखि लगातार सामाजिक कार्यमा संलग्न रहेवापत सरकारले मुल्याङ्कन गरेको महासंघका अध्यक्ष प्रदीप थापाले बताए । पछिल्लोसमय नेपाली समुदाय र हङकङ सरकारबीच राम्रो सम्बन्ध विस्तार भएको समेत उनको भनाइ थियो । अध्यक्ष थापा लगायतको मुख्य सकृयतामा केही महिनाअघि २२ नेपाली दुव्र्यसनीहरूको उद्दार गरिएको थियो । पुष्पा गुरुङ, पुष्प राई, कुल प्रसाद गुरुङ, अरुणा गुरुङ, चुरा थापा र अहिलेका दुई समेत गरी 'चिफ एक्ज्युकेटिभ कोमेन्डेसन फर कम्युनिटी सर्भिस' बाट सम्मानित हुने नेपालीको संख्या सात पुगेको छ । त्योभन्दा माथिल्लो स्तरको मेडल अफ अनर पाउने शर्मिला गुरुङ र बुद्धिबहादुर थापा हुन् ।