जानी राख्नुहोस् १०० अनौठा स्वास्थ्य तथ्यहरु

जानी राख्नुहोस् १०० अनौठा स्वास्थ्य तथ्यहरु .....

१. जब तपाईं आफ्नो प्रियलाई हेर्नुहुन्छ, तपाईंको आँखाको नानी फैलन्छ र घृणा गर्ने व्यक्तिलाई हेर्दा आँखाको नानी खुम्चन्छ ।
२. जन्मदा मानिसको टाउको जम्मा उचाईको एक तिहाई हुन्छ । तर, जब मानिस वयस्क हुन्छ, टाउकोको उचाई शरीरको ८ भागको एक भागमात्र हुन्छ ।
३. निलो आँखा भएको मानिसको धेरै कपाल हुन्छ । सामान्य मानिसको १ लाख कपालको जरा हुन्छ, हरेक जरामा मानिसको जीवनभर २० वटा रौं निकाल्ने क्षमता हुन्छ । तर, निलो आँखा भएको मानिसको १ लाख ४६ हजार जरा हुन्छन् । काला कपाल भएका मानिसमा १ लाख १० हजार जरा हुन्छन् । रातो कपाल भएका मानिसको भने कम अर्थात् ८६ हजार मात्र जरा हुन्छन् ।
४. जीवनकालमा मानिसले २ वटा स्वीमिङ पुल भरिन सक्ने र्याल निकाल्छ ।
५. मानिसको रक्त कोषिकालाई बिच्छ्याउने हो भने ६० हजार माइल परसम्म पुग्न सक्छ । ६. मुटले दैनिक २ हजार ग्यालेन रगत पम्प गर्छ ।
७. छातिमा रौं नभएको मानिसलाई कलेजोको सिरोसिस हुने सम्भावना बढी हुन्छ ।
८. मानवको दिमागमा इन्साइक्लोपिडिया ब्रिटानिकाभन्दा ५ गुणा बढी सूचना अटाउन सक्छ ।
९. मानिसको पेटमा भएको एसिडले रेजर ब्लेडसमेत पगाल्न सक्छ ।
१०. मानिसको नाकले ५० हजार फरक गन्ध थाहा पाउन सक्छ ।
११. सामान्यतः पुरुषभन्दा महिला ५ इन्च होचा हुन्छन् ।
१२. एक खुड्किलो चढ्न मानिसको २ सय वटा मांसपेशी प्रयोग हुन्छ ।
१३. मानव शरीरको ठुलो कोष महिलाको अण्ड हो भने सानो पुरूषको वीर्य हो ।
१४. मानिसमा जति बढी आइक्यु क्षमता हुन्छ, उति बढी सपना देख्छन् ।
१५. मानिसको शरीरको प्रतिवर्ग इन्चमा चिम्पाञ्जीको जस्तै थुप्रै रौं हुन्छन्, तर, सबैलाई हामी देख्न सक्दैनौं ।
१६. महिलाको मुटुको ढुकढुकी पुरुषको भन्दा छिटो हुन्छ ।
१७. धुमपान छाडेको तीनवर्षपछि मानिसमा हृदयाघात हुने सम्भावना धुमपान कहिल्यै नगरेको मानिसजत्तिकै हुन्छ ।
१८. हातको साइँलीऔंला लामो भएको पुरुषमा हृदयाघात हुने सम्भावना कम हुन्छ ।
१९. मानिसको देब्रे फोक्सोभन्दा दाहिने फोक्सो ठुलो हुन्छ, मुटुनजिकै रहेका यस्तो भएको हो ।
२०. एक समयमा मानिसको मुटु भावनाले नियन्त्रित हुन्छ भनेर सोचिन्थ्यो ।
२१. अमेरिकामा पुरुषभन्दा महिला दुई गुणा बढी डिप्रेसनबाट पीडित भइरहेका हुन्छन् । २२. मानिसले सासबाट लिएको अक्सिजनमध्ये २० प्रतिशत दिमागमा जान्छ ।
२३. मानिस ३५ वर्ष पुगेपछि दैनिक ७ हजारका दरले दिमागका कोशिका मर्न थाल्छन् र तिनीहरु कहिल्यै पलाउदैनन् पनि ।
२४. मानिस आफूले आफैंलाई काउकुती लगाउन सक्दैन, दिमागको सेरेबेलम भन्ने भागले बाँकी दिमागलाई काउकुती लगाउदैंछ है भनेर सन्देश दिन्छ, दिमागले थाहा पाइसकेपछि तपाईले काउकुतीको अनुभव गर्न सक्नुहुन्न ।
२५. चिन्ता नै अमेरिकामा सबैभन्दा धेरै मानसिक रोग भएको पाइएको छ ।
२६. मानिसको दिमाग ८० प्रतिशत पानीले बनेको हुन्छ ।
२७. मानिसको दिमाग दिनमा भन्दा राति बढी सक्रिय हुन्छ ।
२८. क्याण्डी बिस्तारै खाँदा क्याभिटी हुने सम्भावना बढी हुन्छ ।
२९. बाहिरबाट हेर्दा कडा देखिएपनि मानिसको हाड भित्रपट्टि नरम हुन्छ र तिनीहरु ७५ प्रतिशत पानीबाट बनेका हुन्छन् ।
३०. स्वस्थ हड्डी विकास गर्न गार्डेनिङ सबैभन्दा राम्रो उपाय हो ।
३१. मानिसको थाईको हड्डी कंक्रिटभन्दा बलियो हुन्छ ।
३२. एक पिन्ट रगत दानले चार जना मानिस बचाउन सक्छ ।
३३. आदिवासी अमेरिकीहरु रगतलाई पेन्ट गर्न प्रयोग गर्छन् ।
३४. महिलाको शरीरमा ४.५ लिटर रगत हुन्छ, जबकि पुरुषको शरीरमा ५.६ लिटर हुन्छ ।
३५. पुरुषको तुलनामा महिलाले दोब्बर बढी आँखा झिम्क्याउछन् ।
३६. अमेरिकामा वयस्कहरूराई अन्धोपन हुने मुख्य कारण मधुमेह हो ।
३७. मानिसले पत्रिकामा भन्दा कम्प्युटरमा २५ प्रतिशत ढिलो पढ्छन्
। ३८. बच्चा जन्मदा रंग चिन्न सक्ने हुँदैनन् ।
३९. रुँदा नाकबाट समेत सिंगान बग्ने कारण आँखाबाट बगेको आँसु नाकबाट झर्नु हो । ४०. मानिसले हाच्छ्यँु गर्दाको गति १६५ किलोमिटर प्रतिघण्टा हुन्छ ।
४१. आँखा नचिम्लिई हाच्छ्यँु गर्न असम्भवजस्तै हुन्छ ।
४२. रौं र नङ बन्ने तत्व एउटै हुन् ।
४३. मोबाइल प्रयोग गर्ने मानिसलाई दिमागमा क्यान्सर हुने सम्भावना साढे दुई गुणा बढी हुन्छ ।
४४. ९० प्रतिशत रोगहरु तनावका कारण हुन्छ, या जटिल बनाउछ ।
४५. मदिरा सेवनले महिलामा स्तन क्यान्सरको सम्भावना बढाउछ ।
४६. मोटोपनको समस्याबाट अमेरिकामा बर्सेनि ३ लाख मानिसको मृत्यु हुने गरेको छ । ४७. धूमपान नगर्नेभन्दा गर्नेहरु ६ वर्षअघि मर्ने सम्भावना बढी हुन्छ । दैनिक एक प्याकेट चुरोट सेवन गर्ने मानिसका हरेक दश वर्षमा दुईवटा दाँत झर्छन् ।
४८. अनिद्राका कारण शरीरको रोग प्रतिरोधी प्रणालीमा समस्या आउछ ।
४९. ४ करोड अमेरिकीमा श्वास गन्हाउने समस्या छ ।
५०. आगलागीको समयमा निस्कने धुँवामा हुने कार्बनमोनोअक्साइडबाट मानिस १५ मिनेटभित्रै मर्छ ।
५१. हरेक दिन मानिसको पेटले २ लिटर हाइड्रोक्लोरिक एसिड उत्पादन गर्छ
। ५२. हाँस्नु प्रभावकारी पेनकिलर हो ।
५३. पहिलोपटक इशापूर्व २००० तिर इजिप्सियनले गोहीको गोबरलाई गर्भनिरोधक औषधिको रुपमा प्रयोग गरेका थिए ।
५४. गर्भवती महिलाको दाँतको समस्याले गर्भमा रहेको बच्चालाई असर पर्न सक्छ ।
५५. चुम्बनले दाँत सड्नबाट बचाउछ । चुम्बनका क्रममा निस्कने थप ¥यालले मुख सफा राख्ने भएकाले दाँतको सडनबाट बच्न सकिन्छ ।
५६. कालो छाला भएको मानिस गोरो छाला भएको मानिसभन्दा ढिलो चाउरी पर्छ ।
५७. धुमपान नगर्नेभन्दा गर्ने मानिस १० गुणा बढी चाउरिन्छन् ।
५८. अमेरिकाका १० वर्ष उमेर पुगेका ८० प्रतिशत बालिकाहरु डाइट गर्छन् ।
५९. सामान्यतः एक मानिसले एक रातमा ७ पटक सपना देख्छ ।
६०. एक मानिस दिनमा कम्तीमा १५ पटक हाँस्छ ।
६१. महिनामा तीनपटक चकलेट खाने मानिस बढी चकलेट खाने मानिसभन्दा बढी बाँच्ने सम्भावना हुन्छ ।
६२. एउटा मानिससंग सामान्यतः ५ हजार देखि ६ हजार शब्दको भण्डार हुन्छ ।
६३. एउटा मानिस आफ्नो जीवनकालभर पृथ्वीलाई दुईपटक घुम्ने दुरीजति हिड्छ ।
६४. विश्वका १० प्रतिशत मानिस देब्रे हात प्रयोग गर्छन् ।
६५. मानिसको एउटा रौेंले ३ किलो वजन धान्न सक्छ ।
६६. ३० वर्षपछि मानिस विस्तारै कुप्रिन थाल्छ ।
६७. मानव हड्डी स्टीलभन्दा बलियो हुन्छ । तर, ५० गुणा हलुका हुन्छ ।
६८. मानव शरीरको कुल तौलको १४ प्रतिशत हड्डी हुन्छ ।
६९. मानिसको दिमाग सुपर कम्प्युटरभन्दा तीब्र हुन्छ, जसले एकै सेकेण्डमा अर्बौ संकेतहरु प्रशोधन गर्छ । भारतका विश्वनाथ आनन्दले चेस प्रतियोगितामा कम्प्युटरलाई समेत जितेका थिए ।
७०. खुट्टामा भएको हड्डीले शरीरको हड्डीको २५ प्रतिशत ओगट्छ ।
७१. मानिसको जन्मदेखि नै कहिल्यै नबढ्ने अंग कान हो ।
७२. एक मानिसको टाउकोमा सामान्यतः १ लाखदेखि डेढ लाखसम्म रौं हुन्छन् ।
७३. मानिसको जीवनकालमा मुटुले १० लाख ब्यारेल रगत पम्प गर्छ, जो तीन ट्यांकर भर्न काफी हुन्छ ।
७४. मानव ब्रेनको चौडाई १४० मिलिमिटर हुन्छ ।
७५.वर्षको ३६५ दिनमध्ये मानिस सालाखाला १२२ दिन सुत्छ ।
७६. मानिसको आत्मपहिचान गर्ने मानव ब्रेन दाहिनेपट्टिको हो ।
७७. पुरुषले दाहिनेपट्टिको ब्रेनमार्फत् सुन्छन् भने महिलाले दुवै पट्टिको ब्रेन प्रयोग गर्छन् । ७८. गर्भमा रहँदादेखि नै शिशुमा सुन्ने क्षमताको विकास हुन्छ ।
७९. मानिसको कानमा बन्ने कानेगुजी तेल र पसिनाबाट बनेको हुन्छ ।
८०. महिलाको शरीर आफ्नो जीवनकालमा ३५ बालबालिकालाई जन्मदिन सक्ने क्षमताको हुन्छ ।
८१. मानिसको स्पाइनल कर्डले १० अर्ब स्नायु कोषलाई नियन्त्रण गर्छ, तर, यो दुई फिट लामो मात्र हुन्छ ।
८२. मध्य दिनमा हाम्रो आँखा बढी चम्किलो हुन्छ ।
८३. हाच्छ्युँ आउदा नाकको धुलो सफा हुन्छ ।
८४. भर्खर जन्मेको शिशुमा २६ अर्ब सेल हुन्छ ।
८५. मानव बोली निस्कदा ७२ वटा मांशपेशी प्रयोग हुन्छ ।
८६. मानिसको दिमागले डरको स्मरणलाई भण्डार गरिराख्छ ।
८७. ठुलो स्वरले पढ्दा बालबालिकाको दिमागको विकास हुन्छ ।
८८. मानिसको रौं ०.३ देखि ०.५ मिलिमिटर दैनिक बढ्छ ।
८९. मानिसमा २० देखि ३० लाख पसिना ग्रन्थी हुन्छन्, जसले गर्मीको दिनमा १३ लिटरसम्म पसिना उत्पादन गर्छन् ।
९०. मानिसको टाउकोमा १०००००००००००० स्नायु सेल हुन्छन् ।
९१. मानिसको नङको सेतो भागलाई लुनुला भनिन्छ ।
९२. मानिसको दिमागले २० प्रतिशत रगत र अक्सिजन प्रयोग गर्छ ।
९३. स्वस्थ कलेजोले दैनिक ७२० लिटर रगत प्रशोधन गर्छ ।
९४. ब्रस गरेको ६ घण्टापछि नै दाँतमा मैलो जम्मा हुन सुरु गर्छ ।
९५. मानव शरीरमा रक्त नलीहरुको लम्बाई ५९ हजार ९ सय ५१ माइल हुन्छ ।
९६. मानिसको नर्भस सिस्टमले ब्रेनलाई १८० माइल प्रतिघण्टाको गतिमा सन्चार गर्छ ।
९७. महिलाहरुको सुँघ्ने क्षमता पुरुषमा भन्दा बढी हुन्छ ।
९८. मानिसको आँखाले १० करोड रंग पहिचान गर्न सक्छ ।
९९. मानिसको शरीरमा एउटा किला बनाउन मिल्ने फलाम हुन्छ ।
१००. नवजात शिशुहरु जन्मेको तीन देखि ६ हप्तासम्म आँसु नझारिकन रुन्छन्

,