अपांगलाई बलात्कार गर्नेलाई १० वर्ष कैद
१ असार, हेटौंडा । मकवानपुर जिल्ला अदालतले अपांग महिलालाई बलात्कार गरेको अभियोगमा जगतबहादुर तामाङलाई १० वर्ष कैद सजाय सुनाएको छ ।
गत वर्ष माघ १० गते एक महिलालाई बलात्कार गरेको अभियोगमा पालुङ गाविस-२ बस्ने ६८ वर्षीय तामाङलाई १० वर्ष कैद सजाय र १५ हजार जरिवाना गर्ने फैसला गरेको छ ।
न्यायाधीश दीपेन्द्रनाथ अधिकारीको एकल इजलासले गरेको फैसलाअनुसार बलात्कारी तामाङले पीडित महिलालाई १५ हजार क्षतिपूर्ति भराउनुपर्ने छ ।
बलात्कारबापत पाँच वर्ष कैदको व्यवस्था भए पनि पीडित अपाङ्ग पनि भएकाले थप पाँच वर्ष थपिएको अदालतका अधिकृत दशरथ पङ्गेनीले जानकारी दिए ।