विश्वकपमा जितको खुसी १२ घन्टे सेक्सको साथमा
ब्राजिलमा विश्वकप फुटबलको नशा चढेको छ । देशका फुटबल प्रेमीहरु विरोध प्रदर्शनमा उत्रिएको सानो समूहप्रति असन्तुष्ट बन्दै गएका छन् ।
एक सुन्दर युवती ब्लाक ब्लकका कार्यकर्तालाई भगाउने प्रयास गरिरहेकी थिइन् । यी ‘अराजक’ कार्यकर्ता केही सहरमा अव्यवस्था पैदा गर्ने प्रयासमा छन् । ब्राजिलियन टिमको हरियो र पहेँलो रंगको टिशर्ट लगाएकी युवती उक्त समूहलाई लखेट्दै भनिरहेकी थिइन्-’यहाँबाट जाओ । हामीलाई फुटबल हेर्न देऊ ।’
ब्लाक ब्लकका कार्यकर्ताहरु सडकमा आगो बाल्ने, पसलहरुको सटर तोड्ने जस्ता अराजक गतिविधिका लागि कुख्यात छन् । साओ पाउलोको अर्को चोकमा प्रहरीको टोली पुग्नासाथ मानिसहरु झ्यालबाट ब्लाक ब्लकका उपद्रो कार्यकर्तालाई गिरफ्तार गर्न आग्रह गरिरहेका थिए । जब प्रहरीले प्रदर्शनकारीलाई लखेट्न थाल्यो, उनीहरु प्रहरीलाई हौसाइरहेका थिए ।
चिलीका पार्नस्टार मार्लेन डलले घोषणा गरेकी थिइन् कि विश्वकपमा चिलीले आफ्नो पहिलो खेलमा अष्ट्रेलियालाई हराए आफ्नोे ट्वीटर प्रशंसकलाई विशेष सेक्सी तस्वीर र भिडियो अपलोड गर्छु । चिलीले आफ्नो पहिलो खेलमा अष्ट्रेलियालाई ३-१ ले हरायो ।
जितसँगै डलले प्रतिवद्धता अनुुसार सामाजिक सञ्जालमा आफ्नो तस्वीर, भिडियो र स्टारी पोष्ट गरिन् । आफ्ना प्रशंसकप्रति खुसी साट्दै उनले भनेकी छन्-’हामीले जित्यौं । चिलीको जितको खुसी हामी १२ घन्टा सेक्सका साथमा मनाउँछौं ।’
चिली र अष्ट्रेलियाबीचको खेल शनिबार विहान थियो । मार्लेनले केही ढिलो गरी आफ्नो प्रतिवद्धता पूरा गरिन् । उनका प्रशंसकहरु निकै खुसी भएका छन् र ट्वीटरमा धन्यवाद दिएका छन् ।
‘पोप’को पार्टी
रियो दि जेनेरियोमा कोपाकाबाना समुन्द्री तटको एवेनिडा अटलान्टिकको बाटोमा अर्जेन्टिनाका एक हजार समर्थक जम्मा भएका थिए । बोस्नियाविरुद्ध आफ्नो टिमले माराकाना स्टेडियममा खेल्ने विश्वकपको पहिलो खेलको एक दिनअघि पार्टी आयोजना गरिएको थियो ।
पार्टीमा पोप फ्रान्सिस जस्तै देखिने एक व्यक्ति पनि रमाइरहेका थिए । पोप फ्रान्सिस मूलतः अर्जेन्टिनाका हुन् । पार्टीमा संलग्न ‘पोप’ले आफ्नो हातमा विश्वकपको नक्कली ट्रफी लिएका तिए र ‘ब्राजिलियन, ब्राजिलियन, यू आर बिटर बोलको गीत गाइरहेका थिए । यो शहरमा ३५ हजार बढी अर्जेन्टिनाका मानिस बस्ने अनुमान छ ।
यदि सोमबार विहान हुने खेलमा लिओनल मेस्सी नेतृत्वको टोलीले बास्नियाविरुद्ध जित हात पारे रियोको सडकमै पार्टी हुने अपेक्षा गरिएको छ ।