३१ जेठ, एजेन्सी ।
युक्रेनमा विद्रोहरत रुस समर्थक लडाकुहरुले युक्रेनी सेनाको विमान गोली हानेर खसालेका छन् । देशको पूर्वी तटीय क्षेत्रमा विद्रोहीले सेनाको विमान खलालिदिएपछि ४९ जना सेनिक अधिकारीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
युक्रेनको रक्षा मन्त्रालयले आइ एल ७६ विमान लुहान्सको आकाशमा उड्दै गर्दा खसेको पुष्टी गरेको छ । रक्षामन्त्रालयको विज्ञप्तीमा आतंकवादीहरुले षडयन्त्रपूर्वक विमान खसालेको पनि उल्लेख छ ।
विमानमा सैनिक अधिकारी सहित सैन्य उपकरण समेत रहेको जनाइएको छ ।
पूर्वी युक्रेनमा सरकारले विद्रोही विरुद्ध कारवाही थालेपछि सेनाले ब्यहोर्नु परेको यो सबैभन्दा ठूलो क्षति हो ।
गत महिना युक्रेनको स्वाधिन क्षेत्र क्रिमिया जनमत संग्रह गरेर रुसमा विलय भएपछि अन्य स्थानमा पनि रुसमा गाभिनु पर्ने पक्षमा रहेका युक्रेनीहरुले हतियारबन्द विद्रोह गरिरहेका छन् ।
फोटोसहित: युक्रेनी विद्रोहीले सेनाको विमान गोली हानेर खसाले, ४९ जनाको मृत्यु