आयल निगमका प्रबन्धकको शैक्षिक प्रमाणपत्र नक्कली !

३०, जेठ काठमाडौं । नेपाल आयल निगमको प्रबन्धक प्रकाश कुमार श्रीवास्तवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
श्रीवास्तवले सातौ तहमा शुरू नियुक्ति तथा आठौं तहमा बढुवा प्रयोजनको लागि बिहार इन्टरमिडियट शिक्षा परिषद, पटना, भारतबाट सन् १९८५ मा आई एस्सी परिक्षा उतिर्ण गरेको भनि पेश गरेको नक्कली देखिन आएको अख्तियारले जनाएको छ ।
अभियोग मात्रमा अख्तियारले श्रीवास्वतमाथि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६९१० बमोजिम हदैसम्मको दण्ड सजाय माग गरेको छ ।

,