भूत-प्रेतद्वारा तीन दिनसम्म पूरै गाउँ कब्जा

११ चैत, एजेन्सी । भूत प्रेमको आफ्नो संसार हुन्छ । कहिलेकाही उनीहरू आफ्नो संसारबार निस्केर जब मानिसको संसारमा आउँछन्, तब केही समस्या र तनावहरूको अवस्था सिर्जना हुन्छ ।
यस्तै घटना घटेको छ, महाराष्ट्रको एक गाउँमा । यो घटना वर्षेनी हुने गर्दछ । उक्त गाउँलाई भुत प्रेतले तीनसम्म आफ्नो कब्जामा लिने गर्छन् । महाराष्ट्रको मालवान नामको उक्त गाउँमा उक्त तीन दिन घरबाट कोही पनि बाहिर निस्किँदैनन् । यदी गल्तीले पनि घरबाट बाहिर निस्के भने भुत-प्रेतको कुरा सुनेर पुनः घरभित्र नै लुक्न पुग्छन् ।

उक्त गाउँका मानिसहरू उक्त तीन दिन कि पहिले घर छाडेर अन्यत्र जान्छन्, या त घरभित्र रहेर तन्त्र-मन्त्र जपेर घरभित्र नै बस्ने गर्छन् । यदी कुनै मानिसलाई भुत-प्रेतले भेट्यो भने उक्त मानिसलाई आफ्नो कब्जामा लिएर मनोमानी काम गराउने गर्छन् ।
मालवानमा भुतको लडाईको कथा सयौ वर्ष पुरानो हो । भनिन्छ, वर्षौ पहिले यहाँ एक राजा थिए । एक दिन ती राजाले मालवानमा एक युवतीलाई देखे र उनको रूपमा मोहित भए ।

राजाले सिपाहीलाई ती युवतीलाई लिएर आउने आदेश दिए । गाउँलेहरू राजाको यो व्यवहारबाट निराश र रिसाएका थिए । उनीहरूले ती युवतीलाई लैजान दिएनन् । यसपछि राजाका सैनिक र गाउँलेहरूबीच युद्ध नै भयो, जुन तीन दिनसम्म चलेको थियो । यो युद्धमा राजाका कयौ सैनिक र गाउँलेहरुले ज्यान गुमाए । यसपछि हरेक वर्ष ती तीन दिनमा मरेका गाउँलेहरू र सैनिकको आत्माबीच युद्ध हुने गर्छ ।