नायिकाले आफ्नै अश्लिल भिडियो बनाएपछि सनसनी

पाकिस्तानी नायिका मीरा र उनको पति क्याप्टेन नाविद सहजादलाई अश्लिल भिडियो खिचेको अभियोगमा अदालतले पक्राउ आदेश जारी गरेको छ ।
अदालतले सोमबार प्रहरीमार्फत् पक्राउ आदेश दिएको हो । अतिरिक्त जिल्ला न्यायाधीश सफ्दार भाट्टीको इजलासले भिडियो खिचेको घटनालाई ‘पाप कर्म’ भएको निष्कर्ष निकालेको हो । उक्त भिडियोको विषयमा अपि्रल २ मा अदालतमा मुद्धा दायर भएको थियो ।

अदालतले स्थानीय मोजाङ प्रहरी कार्यालयका प्रहरी अधिकृतलाई यो घटनाको बारेमा बेलैमा प्रतिवेदन नदिएको भन्दै कार्वाही आदेश पनि दिएको छ । ‘दम्पत्तिले अश्लिल भिडियो खिचेर समाजमा उच्छृँखला फैलाएको र इस्लामिक मान्यता तोडेका छन्’ रिट निवेदनमा भनिएको छ ‘यस्तो पाप कर्म गर्नेलाई कडा सजाय दिइयोस् ।’

तर सहजादले आफूहरु वैधानिक दम्पत्ति भएकोले यौनजन्य भिडियो खिच्नु अपराध नभएको दावी गरेका छन् । उनीहरुले आफ्नै घरमा यौन क्रियाकलाप गरिरहेको बेला आफैंले भिडियो खिचेको बताएका छन् । जुन केही महिनाअघि इन्टरनेटमार्फत् सार्वजनिक भएको थियो ।

यता, मीरा भने सो भिडियो आफूहरुको नभएको दावी गर्छिन् । ‘हामीलाई बदनाम गराउने प्रपञ्च हो यो’ उनले भनिन् । उनका पति नाविद भने आफूहरु वैधानिक दम्पत्ति भएकोले यो भिडियोको बारेमा प्रोपोगाण्डा मच्चाउनुपर्ने आवश्यकता नभएको तर्क गर्छन् ।

,