डाक्टरले नमानेपछि बिरामीले घरमै बञ्चरोले काटे हात

मोटसाइलक दुर्घटनामा परेर घाइते भएको हातले १६ बर्षदेखि दुःख दिइरहेको थियो बेलायतका ४४ बर्षिय मार्क गोडर्डलाई ।
बायाँ हातमा लागेका घाउ १६ बर्षसम्म निको बनाउन नकसेपछि उनी बिरक्त थिए । हात काटन उनले डाक्टरलाई आग्रह पनि गरेका थिए, तर डाक्टरले काट्नु नपर्ने भन्दै अस्वीकार गरिदिए ।
तर, उनले आफ्नो पीडालाई यसै बिर्सनेवाला थिएनन् । त्यसका लागि उनले घरेलु उपाय अपनाए । उनले घरमै इलेक्ट्रीक बञ्चरो बनाए र आफ्नो बायाँ हातलाई त्यहाँ राखेर काटिदिए ।
घरमा कोही नभएका बेला उनले यस्तो हर्कत गरेका थिए । १० मिनेटपछि आएकी श्रीमती आत्तिदै आकस्किम नम्बरमा फोन गरेर सहायता मागिन् । तर, प्रहरी र चिकित्सकको टोली आइपुग्दासम्म उनको काटिएको हात मरिसकेको थियो ।
तर, मार्कले यसका लागि पुरै तयारी गरेका थिए । उनले हात काटदा नदुखोस् भनेर ४४ वटा पेन किलर खाएका थिए ।
‘पीडा अन्त्य गर्न यो चरम अवस्थामा जानु पर्ने थिएन । विकल्पहरु थिए । तर, अस्पतालमा कसैले मलाई सहयोग गरेनन् ।’ उनले गुनासो गरे ।
डाक्टरसित आक्रोशित मार्कले उनीहरुलाई देखाउनकै लागि भएपनि आफैले अप्रेसन गरेको बताए । ‘उनीहरुले मेरो हात अप्रेसन गर्न सकिन्न भने, तर मैले घरमै अप्रेसन गरेर त्यो पिडाबाट मुक्ति पाएँ ।’ उनले भने । यो घटनामा उनले दुई पिन्ट रगत गुमाएका छन् ।