विकीनीबारे पहिलोपटक ऐश्वर्याले यसो भनिन्
एजेन्सी । पूर्व विश्वसुन्दरी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले विश्व सुन्दरी प्रतियोगिताबाट विकीनी राउण्ड हटाउने निर्णयको स्वागत गरेकी छन् । उनले आफूले सन् १९९४ मा विश्वसुन्दरीको ताज पहिरिदा आफ्नो शरीर बिकीनी लगाउनका लागि फिट नभएको समेत उल्लेख गरेकी छन् ।
मिस वल्र्ड प्रतियोगिताकी अध्यक्ष जूलिया मोर्लेले सन् २०१४ को डिसेम्बरमा भएको प्रतियोगिताको फाइनलका दौरान बिकीनी राउण्ड हटाउने घोषणा गरेकी थिइन् । उनीहरुले उक्त राउण्ड आयोजक र प्रतियोगि दुवैका लागि फाइदाजनक नभएको समेत उल्लेख गरेकी छन् । ऐश्वर्या हालसम्मकै सबैभन्दा सफल विश्वसुन्दरी समेत हुन् । उनले ८७ प्रतियोगीलाई उछिन्दै विश्वसुन्दरी बनेपनि आफू बिकीनीमा फिट नदेखिएको उनको भनाई छ । मानिसहरुले बिकीनी राउण्ड जरुरी भएको ठान्ने भन्दै उनले यो निर्णायक कारण नभएको बताएकी हुन् ।