आलोकको श्रद्धान्जलीमा यसरी भक्कानिए सेलिब्रेटी (भिडियोसहित)
श्रद्धान्जली दिन पुगेकाहरु निर्देशक आलोकको शव हेरेर केहिबेर भावुक भएका थिए । निर्देशक नेम्वाङको पशुपति आर्यघाटमा आजै अन्त्येष्टी गरिनेछ ।
भुन्डिएको अवस्थामा मृत फेला परेका निर्देशक आलोक नेम्वाङको साथबाट प्रहरीले ‘सुसाइड नोट’ समेत फेला पारेको छ । सोसाइड नोटको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनको शवको शुक्रबारै पोस्टमार्टम गरिएको थियो ।
निर्देशक नेम्वाङले कुकुर बढी मन पराउने गरेको उनको पारिवारीक स्रोतको भनाइ छ ।
बिहीबार बेलुकी ८ बजे धापासीस्थित ‘ग्रान्डी भिल्ला’मा रहेको आफ्नै अपार्टमेन्टको भर्याङमा झुन्डिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको थियो ।
अमेरिकामा पढेर आएपछि आलोकले इमेज च्यानलबाट आफ्नो कामको सुरुआत गरेका थिए । १७ वर्ष अगाडि नेम्वाङले पहिलोपटक ‘लाखौंपटक मैले कोसिस गरें’ बोलको म्यूजिक भिडियो निर्देशन गरेका थिए । नवीन के भट्टराईको आवाज रहेको यो भिडियो चर्चामा रहेको थियो ।
निर्देशक आलोकले पहिलोपटक नेपाली चलचित्र ‘सानो संसार’ निर्देशन गरेका थिए । सानो संसारपछि उनले ‘कोही मेरो’ चलचित्र निर्देशन गरेका थिए । उनले निर्देशन गरेको तेस्रो चलचित्र ‘अझै पनि’ प्रदर्शनको तयारीमा छ ।