फेरि रेखालाई सक्न विराजको प्रयोग, ‘हिम्मतवाली’ र ‘हिम्मतवाला’ भिड्ने

रेखा थापाले आफ्नै ब्यानरमा निर्माण गरेको सिनेमा प्रदर्शन गर्न सजिलो हुने छनक देखिएको छैन । गतबर्ष ‘काली’ प्रदर्शनमा आउादा नायक विराज भट्टको ‘दामिनी’ वाधक बन्न आएको थियो । विराज र रेखाले मिडियामा आ-आफ्नै खालका आरोप र प्रत्यारोप पनि गरेका थिए ।

यसबर्ष पनि फुलपातीमा यस्तै अर्को भिडन्त हुने पक्का भएको छ । वितरक सुनिल मानन्धर नायिका रेखा थापासाग विराज भट्टको भिडन्त गराउन लागेका छन् । रेखाको ‘हिम्मतवाली’ फुलपातीकै दिन प्रदर्शनमा आउादैछ । यही छेकोमा चलचित्र ‘हिम्मतवाला’ पनि प्रदर्शनमा आउने भएको छ ।

दुबै सिनेमा एक्सनप्रंधान छन् । फरक यत्ती मात्र हो, एउटामा विराज छन् अर्कोमा रेखा । आखिर रेखाको सिनेमालाई सक्न बारम्बार यस्तो खेल किन हुन्छ, वुझ्न गाह्रो छ । तर पनि गतबर्ष जस्तै विराज र रेखाको भिडन्तले फेरि सिने बजार गर्माउने पक्का जस्तै छ । गतबर्ष ‘दामिनी’ भिड्दा पनि ‘काली’ले गतिलो व्यापार गरेको थियो । यो बर्ष रेखाको सिनेमालाई असफल बनाउने खेला कत्तीको सफल हुने हो, हेर्न बााकी नै छ । नाम एउटै जस्तो भएकाले पनि दर्शक झुक्किन सक्छन् ।


, ,