पहिरोले पुरिएर एकै परिवारका ९ को मृत्यु
गुल्मी, असार ६ - गुल्मीको अग्लुङ-८ को नेपाने गाउँमा शुक्रबार बिहान आएको पहिरोले घर बगाउँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ ।
२ जना हराईरहेका छन् । पहिरोले ३ घर बगाएको छ ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर घरमुली भविलाल कुँवर, उनकी श्रीमती चेती कुँवर, बुहारी सीता कुँवर, नाती चेतमान कुँवर र भीम कुँवर, नतिनी विपना कुँवर र बिन्दु कुँवरको मृत्यु भएको छ । प्रहरी निरीक्ष राजेन्द्रप्रसाद श्रेष्ठले घट्नाको थप विस्तृत विवरण आउन बाँकी रहेको बताए । घट्नास्थल सदरमुकामबाट १७ कोस पश्चिम छ ।
