यौन जीवनमा नकारात्मक असर पार्ने तत्वहरु

यौनसम्बन्धअघि यी तत्वहरूको सेवनले ‘पर्फर्मेन्स’मा विपरीत प्रभाव पर्न सक्छः
इनर्जी ड्रिङक : इनर्जी डि्रंकले कामोत्तेजना बढाउँछ भन्ने भ्रम छ। इनर्जी डि्रंकको सेवनबाट मानिसले ऊर्जावान् भएको त महसुस गर्छन् तर, यसमा बढी मात्रामा चिनीजन्य पदार्थ हुन्छ, जसले शरीरमा ‘टेस्टोस्टेरोन’का स्तर घटाउँछ।

अल्कोहल: अल्कोहलको सेवनले शरीरको सेक्स हार्मोनलाई नोक्सान पुर्‍याउँछ र कामेच्छा घटाउँछ। अल्कोहल बढी सेवन गर्ने पुरुषमा टेस्टोस्टेरोन हार्मोन कम हुन्छ, जसको नकारात्मक प्रभाव यौनजीवनमा पर्छ।

माउथ फ्रेसनर : वास्नादार चुइगम वा माउथ फ्रेसनरले मानिसको सासको गन्ध हटाउन मद्दत गर्छ, तर यौन सम्पर्कअघि यसको सेवनले हानी पुर्‍याउन सक्छ। यस्ता चीजमा अधिक मात्रामा अम्लियपन एसिडिटी हुन सक्छ।
couples_6
बट्टा बन्द खाद्य पदार्थ : यौन सम्पर्कअघि बट्टाबन्द खाद्यपदार्थ सेवन गर्दा पनि नकारात्मक असर पर्न सक्छ। यस्ता खाद्यपदार्थमा सोडियम हुन्छ, जसले शरीरको पाचन क्षमतालाई असर त पुर्‍याउँछ नै, त्यसले सेक्स हार्मोन पनि घटाउँछ।


,