यस्ता पुरुष धोकेवाज हुन्छन !!!
हुन त अश्लिल चलचित्र हेर्दै नहेरेको पुरुष भेट्न कठिन नै होला । तर हालै गरिएको एक अध्यनले अश्लिल चलचित्र हेर्ने पुरुषहरुले महिलालाई धोका दिने देखाएको छ ।
युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडाले गरेको अध्यनमा अश्लिल चलचित्र हेर्ने पुरुषहरुले आकर्षक पार्टनरको खोजी गर्ने र उनीहरुले पार्टनर फेरिरहन मन पराउने देखाएको हो ।
कतिपय पुरुषले त अश्लिल चलचित्र वा तस्विरको माध्यमबाट नै महिलाहरुलाई यौन सम्बन्धका लागि मनाउने गरेको समेत अध्यनका क्रममा पाइयो ।
अश्लिल चलचित्रमा महिलाहरु पनि जे सुकै गर्न तयार भएको र छाडा गतिविधी गरेको देखाइने हुँदा महिलाहरुलाई यस्तो प्रस्ताव राख्न पुरुषहरुलाई प्रोत्साहन मिल्ने विज्ञहरुको निष्कर्ष छ । अश्लिल चलचित्र हेर्ने बानि परेका पुरुषले सबै महिलालाई चलचित्रमा प्रस्तुत गरिएकी महिला जस्तै ठान्ने समेत अध्यनले देखाएको छ ।
उनीहरु हिंसात्मक सेक्स मन पराउने र आफ्ना पार्टनर त्यसका लागि तयार नभए नयाँ पार्टनर खोज्ने समेत अध्यनको निष्कर्ष छ ।
यद्यपी अश्लिल चलचित्रका घाटा मात्र भने नभएको विज्ञहरुले स्मरण गराएका छन् ।