यसकारण पोर्न हेर्नु घातक हुन्छ |
इन्टरनेटमा कामोत्तेजक फोटो वा भिडियो हेर्नु अत्यन्त घातक हुन्छ । केही मान्छेहरु यसको नकारत्मक असर नहुने दाबी पनि गर्न पछी पर्दैनन तर त्यसको उल्टा केही त्यस्ता तथ्य छन कि जसले यो प्रमाणित गर्छ कि पोर्न हेर्नु घातक छ । यो कुरा यती गम्भिर छ कि सरकारले हाल इन्तरनेटमा हाल सजिलै उपलब्ध हुने पोर्न रोकथाम गर्न तुरुन्त कदम चालोस तर यसो भएको छैन ।

के पोर्न हेर्नु ठीक छ त ? अवस्यै छैन । तर छैन भनेर मात्र हुँदैन, के छन त यसका नकारत्मक पक्षहरु, के यसले बैबाहिक जिवनमा पनि असर् पार्छ त ? यसको बिस्त्रित बिस्लेसण पढ्नुहोस् ...
बलात्कार जस्ता घटनाको लागि कती जिम्मेबार ?
समाजमा बढ्दो यौन्जन्य हिंसा र बलात्कार को लागि पोर्न तथा अस्लील सामाग्रीको पनि ठुलो भूमिका रहेको बिभिन्न अध्यानहरुले देखाएकाछन । तर साथसाथै अर्को पक्षको दावी यो छ को पोर्न हेर्नेवाला आफुमानै पोर्न हेरेर सन्तुस्ट हुन्छ र अपराधअतिर अग्रसर नै हुँदैन ।
बैबाहिक जिवनमा कती असर्
सामान्यतया यो मानिन्छकी पोर्न् ले बैबाहिक जिवनमा झन जोश भर्छ र नयाँ उमङ ल्याउछ । तर यसको लतले बैबाहिक जिवन पुरा ध्वस्त पार्न सक्छ । जसका कारणहरु यसपर्कार छन:
आफ्नो साथीबाट अत्याधिक आसा गर्नु
पोर्न ज्यादा हेर्नेहरु आफ्नो पाट्नरबाट त्यही पर्कारको आसा राख्छन, र आफुले भिडियोमा हेरेको अनुसारको अपेक्षा गर्छन् । तर हकिगतमा त्यो प्राय असम्भव हुन्छ । किनकी त्यो भिडियोहरुमा जानी बुझी ज्यादा भड्काउ बनाइएको र अनावश्यक रुपमा गैर आरामदेही आसनहरुको प्रयोग गरिएको हुन्छ । जो वस्तविकतामा उतार्न असम्भव्प्राय हुन्छ । यसका अलवा पोर्न हेर्ने मानिस् ज्यादा क्रुर पनि हुन्छ, जुन कुरा पछी घातक हुन्छ र यौन जीवन नै ध्वस्त पर्न सक्छ ।
पाट्नरसङको प्रेम मा कमी
ज्यादा पोर्न हेर्नेवाला मानिस् आफुमानै सपना बुन्न थालछ र त्यही प्रकारको हकिगत चाहन्छ तर त्यो पुरा हुँदैन । यसका अलवा सेक्समानै लिप्तहुन खोज्दा उसले प्रेम र माया नै भुल्न सक्छ तथा ज्यादा सोच्दा सोच्दा उसमा सेक्सप्रतिनै चाहना खत्म पनि हुन सक्छ ।
सरिरको स्वाभभिक गुण हराउने खतरा
पटक पटक उत्तेजनाको लागि पोर्न जस्ता सामाग्रीहरुको सहारा लिने बानी पर्यो भने पछी बिना पोर्न उत्तेजना नै न आउने र सरिरको स्वाभाबिक उत्तेजना नै हराउने खतरा हुन्छ ।
बिबाहोत्तर् सम्बन्धलाई बढवा
बढी पोर्न हेर्ने मनिसहरुमा नैतिकता को सिमा भित्र रहनु पर्छ भन्ने भावनानै खत्म हुने र विवाह भन्दा बहिर सम्बन्ध पढाउने सम्भावना बढी हुन्छ । जसले बिबाहेत्तर् संबन्ध बढाउन मदद गर्छ । जसले नैतिकता हराउछ ।
