छोरी बलात्कारको आरोपमा बाबु पक्राउ
देव पचभैया/उज्यालो ।
पाल्पा, चैत ११ – ९ बर्षिया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पामा मजदुरी गर्ने ३५ बर्षका रामबहादुर बिकलाई पक्राउ गरेको छ ।

दुई छोरी र एक छोराका बाबु रामबहादुरलाई प्रहरीले सोमबार बेलुकी पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको पाल्पाका प्रहरी निरीक्षक कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
तानसेनको एक बिद्यालयमा २ कक्षामा पढ्ने बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएपनि रिपोर्ट नआएको प्रहरीले बताएको छ । पछिल्लो एक महिनामा मात्रै जिल्लामा ४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएको छ ।
