ठगिएका यूवाका अनुसार ती २० वर्षकी युवतीले प्रेमको नाटक गरी जनकपुरबाट काठमाडौंसम्म लगेर ठगेकी हुन् । खर्चालु र उत्तेजक तथा पैसा भएका यूवाहरुको मोवाईल नम्बर पत्ता लगाएपछि उनले सुरुमा मोबाइलमा मिस कल गरिन् । त्यसपछि युवकले कल गर्न थाले र उनले युवकहरुलाई प्रेमको नाटक गरी आफ्नो जालमा पारिन् ।
त्यसपछि उनीहरुसँग प्रेमको नाटक गर्दै भेटघाट गर्न थालिन् र विस्तारै पैसा धुत्ने काम गरिन् । आफूले प्रेमको नाटक गरेको युवकले पैसा खर्च गर्न सक्छ भन्ने बुझेपछि उनले सँगै रात पनि बिताउने र घुमघाम पनि गर्ने भन्दै युवकलाई काठमाडौं जान उत्प्रेरित गरिन् । ठगिएका यूवालाई उनले काठमाडौंमा घुम्न पुग्ने पैसा बोक्न लगाइन् । युवकसँगै रात्री बस चढेर काठमाडौं पनि पुगिन् ।
काठमाडौं पुगेपछि उनले युवकलाई आरामसँगै रमाइलो गर्ने भन्दै लजमा लगिन् । लजमा पुगेपछि युवकलाई नुहाउनका लागि बाथरुम छिराएर उनी युवकसँग भएको सबै पैसा बोकेर फेरि जनकपुर फर्कने गर्थिन् । ‘म नुहाएर आउँदा त केटी कोठामा छैन ।’ ठगिएका एक युवकले भने ‘प्यान्टको गोजीमा भएको पैसा पनि छैन । फोन गर्दा मोबाइल अफ छ । त्यसपछि मात्र ठगिएछु भन्ने थाहा पाएँ ।’ त्यसपछि आफू काठमाडौंमा नै रहेका एक साथीले आर्थिक सहयोग गरेपछि आफू जनकपुर फर्किएको ती युवकले बताए ।
उनले एक एक गर्दै ५ जना यूवालाई यसैगरी उनले फरक फरक सिमकार्ड प्रयोग गर्दै यहि शैली अपनाएर फसाएको जिल्ला प्रहरी कार्यालय धनुषामा स्वीकार गरिन् । उनले ५ जना यूवासँग कम्तिमा १२ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ठगेको पाईएको छ ।
रंगभूमी मैदानमा युवक र युवतीको जम्काभेट
यसरी ठगिएका युवक र युवतीबीच गएको हप्ता जनकपुरको रंगभूमी मैदानमा जम्काभेट भयो । त्यसपछि उनीहरुबीच विवाद भइरहेको बेला प्रहरी पुग्यो र प्रहरीले केरकार गर्दा ठगिको रहस्य खुलेको हो । आफूहरुको मानप्रतिष्ठा जाने भन्दै युवतीलाई नभेट्दासम्म ठगिएको गुनासो कतै नगरेको ठगिएका युवकले बताए ।
प्रहरी श्रोतका अनुसार जानकी प्रहरी चौकीबाट ती यूवतीलाई पक्राउ परेकै दिन जिल्ला प्रहरी कर्यालयमा पठाई युवतीका अविभावकलाई बोलाएर आयिन्दा यस्तो गलत काम नगर्ने कागजात गरि छोडिएको छ । उनले ठगेका ५ जना यूवा सम्पर्कमा आएको तर उनले अरु यूवालाई पनि प्रेमको नाटक गरेर ठगेको हुन सक्ने प्रहरीको अनुमान छ ।
-शैलेन्द्र महतो/उज्यालो
ऐश अन्सारीः ‘चलते चलते’ र ‘ओम शान्ती ओम’ जस्ता ठूला फिल्महरुमा काम गरिसकेकी दक्षिण भारतीय नायिका ऐश अन्सारीलाई सन् २०१३ नोभेम्बर ५ तारिकका दिन देह व्यापार गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।
जोधपुरको राइकाबाग रोडस्थित एक होटलमा अन्य तीन महिलाहरुको साथमा उनलाई पक्राउ गरिएको थियो । ऐश अन्सारीसँग जोडिएको यो सेक्स र्याकेट अनलाइन सञ्चालन हुने गरेको बताइएको छ ।
सायरा बानूः हैदराबादमा सन् २०१० अगस्ट २३ तारिखका दिन एउटा ठूलो सेक्स र्याकेटको भण्डाफोर भएको थियो । यो र्याकेटमा बलिउडकी निकै चर्चित नायिकाहरुलाई रंगेहात पक्राउ गरिएको थियो । देहव्यापारमा संलग्न ९ जना मानिसहरुलाई पक्राउ गर्न पुलिस सक्षम भएको थियो जसमा दुईजना नायिकाहरु थिए । यीमध्ये एक थिइन् साउथकी सहायक नायिका सायरा बानू । उनीसँगै उज्बेकिस्तानकी एक महिलालाई पनि पक्राउ गरिएको थियो ।
श्रावणीः तेलुगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम गरिसकेकी नायिका श्रावणीलाई एक हाई–प्रोफाइल सेक्स र्याकेटमा सन् २०१३ मा अक्टोबर ३ तारिखका दिन पक्राउ गरिएको थियो । उनीसँगै जयराल स्टिलका मालिक संजन कुमार गोयनलाई पनि पक्राउ गरिएको थियो । घटनास्थलबाट पुलिसले २ लाख नगद पनि बरामद गरेका थियो ।
भुवनेश्वरीः थुप्रै तमिल फिल्म र धारावाहिकहरुमा काम गरिसकेकी भुवनेश्वरीलाई पनि देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । सन् २००९ मा भुवनेश्वरीलाई चेन्नई मा दुई भारतीय महिलाहरुसहित देह व्यापार गरिरहेको अवस्थामा पुलिसले पक्राउ गरेको थियो । भुवनेश्वरीमाथि आफ्नै अपार्टमेन्टमा सेक्स र्याकेट चलाएको आरोप छ । यी नायिकाका छिमेकीले केहि गलत भइरहेको आशंकामा पुलिसलाई सो कुराको जानकारी पछि उक्त घटना पर्दाफास भएको हो ।
ज्योतिः दक्षिण भारतीय अभिनेत्री सायरा बानू जुन सेक्स र्याकेटमा पक्राउ परेकी थिइन् त्यसमा ज्योति पनि संलग्न थिइन् । सन् २०१३ अगस्ट २३ मा पुलिसको अनुसन्धानमा दुबै नायिकाहरु रंगेहात पक्राउ परेका थिए ।
किन्नराः अर्की दक्षिण भारतीय अभिनेत्री किन्नरालाई पनि सेक्स ब्रोकरको आरोप लागेको थियो । यसको खुलासा एउटा न्यूज च्यानलको स्टिंगमा गरिएको थियो । फिल्म निर्माता र निर्देशकहरुलाई प्रलोभनमा पारेर उनले थुप्रै फिल्ममा अभिनय गरेको उनीमाथि आरोप लागेको छ ।
श्वेता बसु प्रसादः इकबाल फिल्ममा अभिनय गरेकी श्वेता बसु प्रसादलाई सेक्स र्याकेटमा लिप्त भएको आरोपमा रंगेहात पक्राउ गरिएको थियो । पक्राउ पछि नायिकाले आफ्नो अपराध स्विकार गरेकी थिइन् । श्वेताले सन् २००२ मा विशाल भारद्वाजको फिल्म ‘मकडी’ मा दोहोरो भूमिका निर्वाह गरेकी थिइन् त्यतिबेला उनी ११ वर्षकी थिइन् । यो फिल्ममा आफ्नो अभिनयको लागि श्वेताले ‘बेस्ट चाइल्ड आर्टिस्ट’ नेशनल अवार्ड पनि हात पारेकी थिइन् ।
मिस्टि मुखर्जीः सन् २०१४ को जनवरीमा मुम्बईमा एक आइएएसको फ्ल्याटमा भएको छापामारीमा यी हाई प्रोफाइल सेक्स र्याकेटको भण्डाफोर भएको थियो । छापामारका दौरान ब्लू फिल्मका करिब १ लाख ५० वटा सिडिहरु बरामद गरिएको छ । पूरै घटनाको विषयमा निकै सनसनीपूर्ण खुलासा भएको थियो ।
सायरा बानूः हैदराबादमा सन् २०१० अगस्ट २३ तारिखका दिन एउटा ठूलो सेक्स र्याकेटको भण्डाफोर भएको थियो । यो र्याकेटमा बलिउडकी निकै चर्चित नायिकाहरुलाई रंगेहात पक्राउ गरिएको थियो । देहव्यापारमा संलग्न ९ जना मानिसहरुलाई पक्राउ गर्न पुलिस सक्षम भएको थियो जसमा दुईजना नायिकाहरु थिए । यीमध्ये एक थिइन् साउथकी सहायक नायिका सायरा बानू । उनीसँगै उज्बेकिस्तानकी एक महिलालाई पनि पक्राउ गरिएको थियो ।
भुवनेश्वरीः थुप्रै तमिल फिल्म र धारावाहिकहरुमा काम गरिसकेकी भुवनेश्वरीलाई पनि देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । सन् २००९ मा भुवनेश्वरीलाई चेन्नई मा दुई भारतीय महिलाहरुसहित देह व्यापार गरिरहेको अवस्थामा पुलिसले पक्राउ गरेको थियो । भुवनेश्वरीमाथि आफ्नै अपार्टमेन्टमा सेक्स र्याकेट चलाएको आरोप छ । यी नायिकाका छिमेकीले केहि गलत भइरहेको आशंकामा पुलिसलाई सो कुराको जानकारी पछि उक्त घटना पर्दाफास भएको हो ।
किन्नराः अर्की दक्षिण भारतीय अभिनेत्री किन्नरालाई पनि सेक्स ब्रोकरको आरोप लागेको थियो । यसको खुलासा एउटा न्यूज च्यानलको स्टिंगमा गरिएको थियो । फिल्म निर्माता र निर्देशकहरुलाई प्रलोभनमा पारेर उनले थुप्रै फिल्ममा अभिनय गरेको उनीमाथि आरोप लागेको छ ।
श्वेता बसु प्रसादः इकबाल फिल्ममा अभिनय गरेकी श्वेता बसु प्रसादलाई सेक्स र्याकेटमा लिप्त भएको आरोपमा रंगेहात पक्राउ गरिएको थियो । पक्राउ पछि नायिकाले आफ्नो अपराध स्विकार गरेकी थिइन् । श्वेताले सन् २००२ मा विशाल भारद्वाजको फिल्म ‘मकडी’ मा दोहोरो भूमिका निर्वाह गरेकी थिइन् त्यतिबेला उनी ११ वर्षकी थिइन् । यो फिल्ममा आफ्नो अभिनयको लागि श्वेताले ‘बेस्ट चाइल्ड आर्टिस्ट’ नेशनल अवार्ड पनि हात पारेकी थिइन् ।
मिस्टि मुखर्जीः सन् २०१४ को जनवरीमा मुम्बईमा एक आइएएसको फ्ल्याटमा भएको छापामारीमा यी हाई प्रोफाइल सेक्स र्याकेटको भण्डाफोर भएको थियो । छापामारका दौरान ब्लू फिल्मका करिब १ लाख ५० वटा सिडिहरु बरामद गरिएको छ । पूरै घटनाको विषयमा निकै सनसनीपूर्ण खुलासा भएको थियो ।
एक दैनिक पत्रिकामा छापिएको विज्ञापनले आकर्षित गर्यो, सिन्धुपाल्चोकका सर्वजीत रावत (२८) लाई। मासिक ३३ हजार तलब पाउने सपना देखेर 'नेतृत्व विकास' तालिम लिए। नयाँ बानेश्वरको इन्टरनेसनल फर्वार्ड नामक कम्पनीले उनलाई सुरुमै पाँच सयको फारम भरायो। त्यसपछि 'तालिम लिए जागिर पक्का' भन्दै पाँच हजार रुपैयाँको तालिम पनि गरायो। 'उतिबेला अफिसमै बसेर आठ घण्टा काम गरे ३३ हजार दिन्छु भन्यो। अहिले त हामीले भनेजति सामान बेचेमात्र पूरा तलब दिने भनेर कुरा फेर्यो,' अहिले उनी पछुताएका छन्, 'दुई महिना खेरै गयो। पकेट खर्च पनि गुमाइयो। अब त त्यस्ता कम्पनीमा भुलेर पनि छिर्दिनँ।' '९९ कर्मचारी आवश्यक। मासिक २१ हजार देखि ३९ हजार तलब। यातायात, खाना र खाजा खर्च छुट्टै।' एक राष्ट्रिय दैनिकमा छापिएको विज्ञापन पछ्याउँदै चाबहिलस्थित 'इन्टरनेसनल आईटी मार्केट' पुगेका रोज शाही (२३) सशुल्क फारम भरेर सीधै अन्तर्वार्ता दिन तम्से। कम्प्युटरको बेसिक कोर्स मात्र गरेका थिए उनले। 'इन्टरनेटको राम्रो ज्ञान भयो भनेमात्र पूरा तलब पाइन्छ' भनियो अन्तर्वार्तामा। त्यसका लागि के गर्ने त ? उनलाई सात दिनको कोर्स गर्न सुझाइयो। तीन हजार रुपैयाँ तिरेर कोर्स गर्दा त्यत्रो कमाइ हुन्छ भने को पछि पर्ला ? कोर्स सकेपछि उनलाई एक वेबसाइटमा 'क्याप्चा वर्ड' टाइप गर्न दिइयो। हजार शब्द टाइप गरे, एक डलर कमाइ। सुरुका केही दिन त्यही डलरले दंग पा¥यो उनलाई। प्रत्येक दिन साँझ एक–डेढ सय रुपैयाँ बुझ्दैमा मक्ख थिए उनी। मासिक दुईतीन हजार कमाउँदैमा तीन महिना बित्यो। दिनभरि काम गरेर एक–डेढ सय ! 'पछि त त्यही पैसा पनि भोलिभोलि भनेर दिनै छाडियो,' बल्ल घैँटोमा घाम लागेको बताउँदै उनले भने, 'उनीहरू त ठग पो रहेछन्। काम गरेको पैसा पनि नदिने। सपना भने ३०–४० हजारको देखाउने। खाना, खाजा, यातायात खर्चको त कुरै छैन। हामी दिनभरि दुःख गर्ने। मालिकले आफ्नै खातामा पैसा जम्मा पारेर हामीलाई चारो हालेजस्तो मात्र गर्ने।' अहिले उनी काम गर्न छाडेर पुरानो पैसा असुल्ने दाउमा छन्। रोजको पीडाबारे बुझ्न कार्यालय पुग्दा त्यहाँको हाकिम बताउने रामकुमार बैदारले उल्टै थर्काए। 'हाम्रो व्यवसायमा डिस्टर्ब गर्ने तपाईं को हो ?' उनी झर्के, 'उसले टार्गेट मिट गर्न सकेन। काम गर्न अल्छी गरेपछि बाँकी पैसा पनि नदिएको हुँ।' उनले आफ्नो अफिसले इन्टरनेटबाट संसारका जुनसुकै कुनाका काम गर्ने अवसर जुटाइरहेको दाबी गरे। 'नेपालका बेरोजगारहरूलाई काम दिएकै पच्दैन। काम पाएनौँ मात्र भनेर कचकच !' उनी नेपालको बेरोजगारी घटाउन आफूले ठूलै संघर्ष गरेको बताउन पछि पर्दैनन्, 'दुईचार हजार खर्चेर हजारौँ कमाइन्छ भने किन कन्जुस्याइँ गर्ने ?' कार्यालयको प्रयोगात्मक कोठामा 'दुईचार' हजार तिरेका १० जनाभन्दा बढी युवायुवती मासिक ३०–४० हजारको सपना बुन्दै कम्प्युटरमा भुलिरहेका थिए। अनलाइन र अफलाइन जबकै आश्वासन दिएर ठग्ने कम्पनीविरुद्ध केहीअघि झापाका विद्यार्थीहरूले पत्रकार सम्मेलन गरेका थिए। सेलो नामको कम्पनीले मासिक ७० हजारको लोभ देखाएर १५ हजार तिराएर तालिम गरायो। दैनिक डेढ सयमात्र कमाउन सकेपछि विद्यार्थीहरू आक्रोशित भएका थिए। पत्रिकाको विज्ञापनलाई पछ्याउँदै 'अनलाइन जब'को आशमा धाउँदाधाउँदै थाकिसकिन्, बुटवलकी कामना राना (२९)। 'कम्प्युटरमा डिप्लोमा कोर्स गरे जागिर पक्का' भनेर उनलाई एक कम्पनीले पाँच महिना झुलायो। पाँच हजार तिरेर कोर्स गर्दा उनको हात लाग्यो शून्य। 'अरू कति ठाउँमा गइयो, गन्ती नै छैन। आवेदन फारम र कोर्स गर्दागर्दै भएको २० हजार पनि सकियो,' उनले भनिन्, 'पत्रिकामा जागिर फालाफाल खुल्छन् भनेर राजधानी आइयो। जताततै ठगका फेला पर्नुभन्दा त घरै फर्किने तयारीमा छु।' विज्ञापनमात्रै दिएर कम्पनी चलाउनेहरू उनले चिनिसकिन्। भन्छिन्, 'कर्मचारी चाहियो भनेर विज्ञापन गर्ने। फारम शुल्क र कोर्स गराउने भनेर पैसा असुल्ने। जागिरसागिर केही पाइने होइन।'
पुरा पढ्न यहाँ क्लिक गर्नुहोस्
उक्त अवधीको हिसाव गरी करिव ५ लाख बराबर रकम क्षतिपूर्तिको रुपमा आफूले पाउनु पर्ने दावी गुरुङको निवेदनमा गरिएको छ।
अदक्ष मजदूरले दैनिकरूपमा प्राप्त गर्ने ज्याला रकम बराबर प्रतिदिन रू. ३००को दरले २०१८ दिनको ६ लाख ५ हजार ४ सय क्षतिपूर्ति तत्काल दिनूभनी विपक्षी नेपाल सरकारको नाममा परमादेशको आदेश जारी गर्न रिटमा माग गरिएको छ ।
गुरुङ माइतीघरमै रहेको अवस्थामा २०४७ सालमा स्थानीय जगतबहादुर तामाङले जवरजस्ती करण गरेका थिए। करणपछि जन्मेको वच्चालाई २०४८ साल मंसिर २४ गते आफैले हत्या गरेकी थिइन्। नवजात शिशुको हत्या गरेपछि प्रहरीले उनकै दाई सन्तकुरमार गुरुङको जाहेरले पक्राउ गर्यो। पक्राउपछि उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा धनकुटा जिल्ला अदालतमा दायर भयो। २०४८ फागुनमा सर्वस्वसहित जन्मकैदको फैसला भयो। सरकारी पक्षले गरेको पुनरावेदनमा गरेको निवेदनमा फैसला हुँदा अभियोग सदर गर्दै १० वर्ष मात्र कैद हुने फैसला सुनाएको थियो। उक्त फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले २०५१ जेठ ५ गते ५ वर्ष मात्र कैद हुने फैसला सुनायो। उक्त फैसला बमोजिम आफू २०५३ मा कैद मुक्त हुनुपर्नेमा विपक्षीहरुको गल्तीले थप समय थुनामा राखेको रिटमा उल्लेख छ।
सर्वोच्चवाट तोकिएको अवधीभन्दा करिव ५ वर्ष आफूले जेलमा बिताउन परेको रिटमा जिकीर गरिएको छ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,गृह ,कानुन मन्त्रालय, धनकुटा जिल्ला अदालत,कारागार व्यवस्थापन विभाग काठमाडौं र जिल्ला कारागार शाखा तेह्रथुमलाई विपक्षी बनाइएको छ।
-श्रोत नागरिक न्युज
आजको कान्तिपुर पल्टाउने बित्तिकै 'मेरो जीवन निमोठ्नेहरू निर्दोष हुन् ?’ एक पीडित युवतीकाे पत्र- भन्ने सिर्सकमा लेखिएको पत्र पढे । सचिकै गला अबरुद्द भयो । तपाईंहरुलाई पनि यो प्रतिनिधि घटना पढ्न र शेयर गर्न अनुरोध गर्दछु ।
जय न्याय !
कान्तिपुर दैनक मा छापिएको जस्ताको तस्तै :-
काठमाडौ, पुस १ - माननीय कानुनमन्त्री,
नरहरि आचार्यज्यू,
नमस्कार ।
म एउटा गरिब परिवारकी १७ वर्षीया छोरी हुँ । मैले तपाईंको नाममा पत्र लेख्न हुन्थ्यो वा हुन्नथ्यो थाहा छैन । तर पनि मनैदेखि आफ्नो अभिभावक ठानी यो पत्र कोर्ने दुस्साहस गरेकी छु । कृपया केही गल्ती भए सुरुमै क्षमा चाहन्छु ।
मेरो नाम पूजा बोहरा हो । घर सुदूरपश्चिम बैतडी जिल्लाको दुर्गम कैलापाल गाविसमा पर्छ । मेरो बुबाको यथेष्ट जग्गाजमिन छैन । त्यसैले उहाँले धनीको घरमा हली बसेर सात सन्तानको लालनपालन गर्नुभएको हो । मेरो बुबा गरिब र अशिक्षित भए पनि सायद शिक्षाको महत्त्व बुझेकैले होला, मलाई गाउँकै कैलाश प्राविमा भर्ना गरिदिनुभयो । मेरो भाग्य नै भन्नुपर्यो, जुन दिन विद्यालय टेक्ने अवसर पाएँ, कुनै परीक्षामा दोस्रो हुनु परेन ।
'छोरी होस् त फलानोजस्ती' भन्ने सुन्दा मेरा गरिब आमाबुबा गर्वका साथ सन्तुष्टिको सास फेर्नु हुन्थ्यो । अरूभन्दा तेज पढाइ भएका कारण मलाई विद्यालयले छात्रवृत्तिको सुविधा दिएको थियो । घरैनजिकको त्यो विद्यालयमा ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । त्यसपछि पढ्न अर्को विद्यालय जानुपर्ने भयो, जुन मेरो घरबाट डेढ घन्टाको उकालो-ओरालो जंगलैजंगलको बाटोमा थियो । एक त म सानी ९ वर्षकी थिएँ, अर्कोतर्फ जंगलको बाटो एक्लै जानुपर्ने भएकाले
मेरो आमाबुबाले 'अब विद्यालय जानु पर्दैन, बरु विवाह गरिदिन्छौं' भन्नुभयो । मेरो गाउँमा महिनावारी नभएकी छोरीलाई बेहुली बनाएर अन्मायो भने ठूलो धर्म लाग्छ भन्ने विश्वास छ । आमाबुबाको कुरा थाहा पाएर मेरा स्कुलका गुरुहरू घरमै आई सम्झाईबुझाई गरिदिनुभयो र मैले अर्को विद्यालय गएर पढ्ने अवसर पाएँ ।
अर्को विद्यालय गएपछि मैले झन् मिहिनेत गरेर पढ्न थालें । जसरी हुन्छ, राम्रो अंक ल्याएर एसएलसी पास गर्ने र भविष्यमा इन्जिनियर बनेर आफू जन्मेको दुर्गम पहाडी गाउँको विकास गर्ने मनमनै अठोट गरेकी थिएँ । त्यही क्रममा २०६८ चैत ७ देखि एसएलसी परीक्षा सुरु हुने खबर आयो । सिद्धेश्वर उच्च माविका विद्यार्थीका लागि बैतडी, पाटनबजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा केन्द्र तोकियो । एसएलसीका लागि परीक्षा केन्द्र तोकिएको विद्यालय मेरो घरबाट ५ घन्टाको पैदल यात्रामा मात्र पुगिने र परीक्षा बिहानै ८ बजेदेखि हुने भएकाले मलाई फेरि अर्को समस्या आइपर्यो । धन्य, बुबाले बजारमै एकजना आफन्तको घरमा बस्ने व्यवस्था मिलाइदिनुभयो ।
दुई दिनको परीक्षापछि गणित विषयको तयारीका लागि एक दिन छुट्टी थियो । बिदा भएका कारण म बसेको घरका आफन्तको अनुमति लिएर पाटनबजारस्थित पुस्तक पसलमा गणितको गेसपेपर किनेर ल्याउँछु भनी गएँ । त्यो बजारमा एउटैमात्र पुस्तक पसल थियो । एसएलसी चलिरहेका कारण विद्यार्थीहरूको भीड थियो । म आफ्नो पालो कुरिरहेकी थिएँ । पुस्तक पसले 'हिजोको जाँच कस्तो भयो, राम्रो गर्यौ ?' भन्दै मसँग बोल्दै थियो । त्यहाँ बस्दाबस्दै गर्मी भयो । चैतको महिना त्यसै पनि गर्मी बढेको थियो । मैले 'पानी दिनुस् न दाइ, कस्तो प्यास लाग्यो' भनें । ऊ 'एकैछिन है' भनी पुस्तक पसलको सटरबाट भित्र अर्को कोठातिर गयो । अनि रित्तै आई 'पानी सकिएको रहेछ, मैले लिन पठाएको छु' भन्यो । मैले 'ठिकै
छ घरमै गएर पिउँछु, मलाई किताब
दिनुस्, गइहाल्छु' भनें ।
त्यत्तिकैमा अर्को मान्छे हातमा सोडापानीको गिलास बोकेर आयो । उनीहरूले एउटा मलाई दिए, दुईवटा गिलास आफूहरूले पिए । त्यो पिएको ४-५ मिनेटजतिमै मलाई कस्तो चक्कर
लागेजस्तो, त्यो पसल पूरै उल्टो फर्केजस्तो, वाकवाक लागेजस्तो भयो । मैले त्यही पुस्तक पसलेलाई 'दाइ मलाई वाकवाक लागेजस्तो भयो, ट्वाइलेट कता छ' भनी सोधें । ऊ 'ट्वाइलेट अलि पर छ, म देखाइदिन्छु' भनी अघिअघि लाग्यो ।
म ट्वाइलेटभित्र पस्नेबित्तिकै ऊ पनि सँगसँगै पस्यो । मैले किन आएको भन्दा 'हल्ला नगर्, म जे-जे भन्छु, त्यही मान्' भन्दै भित्तातिर धकेल्यो । एकैछिनमा अघि सोडा ल्याएर दिने केटो पनि आइपुग्यो । उसले 'कोही आए भने मलाई बोला है'
भनी अर्को कुनै मान्छेलाई ट्वाइलेटबाहिर अह्राएको सुनेकी थिएँ । अब ट्वाइलेटभित्र दुईजना केटाहरू र म भयौं । मेरो खुट्टा थर्थरी काम्न थालेको थियो । अत्तालिएर स्वर पनि राम्रोसँग निस्किरहेको थिएन । तर पनि गुहार भन्दै चिच्याउन खोजें ।
म चिच्याएको देखेर एक जनाले मलाई समात्ने र मुख थुन्ने, अर्कोले कपडा खोल्ने गरे ।
म भने आफूलाई बचाउन ठूलो कसरत गर्दै थिएँ । २-३ मिनेटको घम्साघम्सीपछि, त्यो ट्वाइलेटमा ब्लेड रहेछ, त्यसले मेरो खुट्टाको औंला र पैतालामा काटिदिए । 'अब यो ब्लेडले तेरो घाँटी चिर्छौं' भन्दै थिए । म रुन, कराउन, बोल्न नसक्ने भइसकेकी थिएँ । उनीहरूले काटेको ठाउँबाट रगत बगिरहेको थियो । यत्तिकैमा उनीहरूले आफ्नो लुगा खोलेर मेरो मुखमा कोचिदिए र पालैपालो अस्मिता लुटे । मेरो सामूहिक बलात्कार गरे । मेरो अस्मिता लुट्नेहरू एउटा बैतडी जिल्ला, भूमेश्वर-३ को सागर भट्ट -वर्ष २३) थियो भने अर्को बैतडी, गुजर-२ को अमर अवस्थी -वर्ष ३०) थियो । सागर भन्ने जगन्नाथ पुस्तक पसलको सञ्चालक थियो भने अमर चाँदनी फोटो स्टुडियोको सञ्चालक थियो । उनीहरूले मलाई कति घन्टासम्म लुछे, त्यो याद छैन । होस आउँदा म ललितपुर जिल्लाको पाटन मानसिक अस्पतालको आकस्मिक कक्षमा लडिरहेकी थिएँ ।
हिजोसम्म सबैकी हाइहाइ भएर पुजिएकी म सबैकी पि्रय पूजा, अनि भविष्यमा इन्जिनियर बनी आफ्नो
दुर्गम जिल्लामा योगदान पुर्याउने अभिलाषा बोकेर बडो हर्षका साथ एसएलसी परीक्षामा सामेल भइरहेकी म पूजा सबैको तिरस्कारकी पात्र भएकी थिएँ । पत्रपत्रिका, टीभी, एफएममा मेरो समाचार आएको थियो । मेरो परिचय फेरिएको थियो । १४ वषर्ीया बालिका एसएलसी दिन जाँदा सामूहिक बलात्कारमा परी मानसिक सन्तुलन गुमाई अस्पतालमा भनेर सबैतिर प्रचार भएको थियो ।
पछि बुबा, आमा र काकाबाट मैले यी सबै कुरा थाहा पाएँ । पशुहरूले मलाई लुछ्नुजति लुछेर मरी भन्ने ठानी एकान्त नालीमा फालिदिएका रहेछन् । पुस्तक किन्न भनेर हिँडेकी म बेलुकासम्म नफर्केपछि आफन्तहरूले खोज्न जाँदा मलाई रगताम्य भई घ्यारघ्यार गरी नालीमा लडिरहेको अवस्थामा भेटेका थिए रे । बेहोस अवस्थामा फेला परेकी म होसमा त आएछु, तर पुरै मानसिक सन्तुलन बिग्रेको हालतमा ।
उता बैतडीमा मेरो स्कुलमा सबै साथीहरू, गुरुहरू एकजुट भई जुलुस निकालेपछि मात्र ती दुई जना अपराधीलाई प्रहरीले समातेर अनुसन्धान थाल्यो । अनि ममाथि परेको घटनाप्रति पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थुप्रै जनाले सहानुभूति प्रकट गर्नुभयो । मिडियाले लगातार मेरो अवस्था उजागर गरिदियो । त्यसैले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले मन्त्रीस्तरीय निर्णय गरी तत्काल मलाई एक लाख रुपैयाँ औषधोपचार खर्च पनि प्रदान गर्यो । प्रधानमन्त्री बाबुराम भट्टराईकै आदेशमा ती अपराधी पुर्पक्षका लागि थुनामा राखिएछन् ।
घटना भएको छ महिनापछि मात्रै मेरो मानसिक अवस्थामा सुधार आई पहिलेका कुराहरू सम्झन सक्ने भएँ । उता अपराधीहरूले 'पागलले त जे पनि भन्छ, जसलाई पनि आरोप लगाउँछ, हामी निर्दोष छौं' भन्दै छन् रे भन्ने सुनें । तसर्थ २०६९ पुस ९ गतेका दिन मलाई सहयोग गर्ने रक्षा नेपाल भन्ने संस्थाका कर्मचारी र अभिभावकको सहयोगमा म जिल्ला अदालत, बैतडीमा जिल्ला न्यायाधीश हिमालयराज पाठकका अगाडि बयानका लागि उभिएँ । त्यतिबेला मेरो सामुन्ने उभिएका ती अपराधीको हर्कत म यहाँ बयानै गर्न सक्दिनँ । मेरो बयान, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले गरेको कपडा परीक्षण, अस्पतालले सामूहिक बलात्कार भएको भनी दिएको स्वास्थ्य परीक्षणको रिपोर्टलगायत अन्य अनुसन्धान र प्रमाणका आधारमा जिल्ला न्यायाधीशको इजलासले ती अपराधीहरूलाई १३ वर्ष कैद र जनही ५०-५० हजार रुपैयाँको जरिवाना तोक्यो ।
बयानपछि फेरि फर्किएर रक्षा नेपालकै सेल्टरमा आएँ । संस्थाकै सहयोगमा आत्मविश्वासी, निडर बन्ने तालिम लिन थालें । २०६८ सालको एसएलसी त ती अपराधीका कारण छुटिहाल्यो । इन्जिनियर बनी देशको सेवा गर्ने सपना टुटिहाल्यो । ०६९ सालभरि मानसिक र शारीरिक अवस्था मजबुत पार्ने, अदालत धाउनेमै गयो । ०७० सालमा चाहिँ पुनः १० कक्षा दोहोर्याएर पढें र त्यही सालको एसएलसीमा ७० प्रतिशत अंक ल्याई पहिलो श्रेणीमा पास हुन सफल भएँ ।
ती अपराधीले निमोठिदिएको मेरो जीवनमा थोरै आशा पलाउन थाल्यो । यो सफलतासँगै पुनः आफ्नो लक्ष्यमा पुग्ने सपना देख्न थालें । अलिकति खुसी हुन नपाउँदै २०७१ असार ३ गते कान्तिपुर दैनिकको प्रथम पृष्ठमा 'बैतडीमा छात्रा बलात्कार प्रकरण, सामूहिक बलात्कारमा दोषी ठहरिएकालाई उन्मुक्ति' भन्ने समाचार छापिएको देखें । त्यही समाचारबाट थाहा भयो- एक वर्षअघि बैतडी जिल्ला अदालतले १३ वर्ष कैद भनी गरेको फैसलालाई पुनरावेदन अदालत, महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको
संयुक्त इजलासले उल्टाइदिएको रहेछ र दुवैजना अभियुक्तलाई निर्दोष भनी सफाइ दिएको रहेछ ।
यो फैसला सुनेपछि अहिलेसम्म मेरो हालत के भइरहेको छ भन्ने कुरा म यहाँ व्यक्त गर्न सक्तिनँ र कसैले अन्दाज पनि लगाउन सक्तैन । अहिले ती दुवै जना अपराधी ठूलै युद्ध जिते जसरी गाउँमा छाती फुलाएर हिँडिरहेका छन्, म भने युद्धमा हारेको सिपाहीझैं लत्रिएर बस्नुपरेको छ ।
माननीय कानुनमन्त्रीज्यू, म अहिले अभिभावकविहीन भएकी छु । अपराधीहरू निर्दोष भनी छुटेकाले सबैले मलाई नै दोषी ठान्छन्, त्यसैले म आफ्नो गाउँ फर्किन सक्तिनँ । तसर्थ मैले सिंगो नेपाललाई आफ्नो घर मानेकी छु भने नेपाल सरकारलाई अभिभावक ठानेकी छु । त्यही अभिभावकहरूमध्ये सम्बन्धित क्षेत्रका मन्त्री हुनुभएकाले तपाईंलाई यो पत्र कोरेकी हुँ । तपाईंका दुई छोरीहरू हुनुहुन्छ भन्ने थाहा पाएकी छु । कृपया मलाई पनि आफ्नै छोरीझैं ठानी न्याय दिलाइदिनु हुन अनुरोध गर्दछु ।
मन्त्रीज्यू, अहिले बलात्कारसम्बन्धी नयाँ कानुन बन्दै छ भन्ने सुनें । १ सय ६१ वर्ष पुरानो अहिलेको मुलुकी ऐनमा परिमार्जन हैन, परिवर्तनको जरुरी छ । संशोधनमात्र हैन, संवेदनायुक्त हुनु जरुरी छ । जन्मकैद भने पनि त्यो आखिर २४ वर्षको मात्र सजाय हो रे भन्ने जानकारी पाएकी छु । अनि जति नै वर्षको कानुन बनाए पनि बलात्कृत छोरीले मैलेजस्तै सास्ती, पीडा त पाउने हुन् । बलात्कारको पीडा सबैलाई उस्तै हुन्छ । तसर्थ अब बन्ने ऐनमा बलात्कारीलाई फाँसीको सजायको व्यवस्था गरी बलात्कृत छोरीहरूको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ भन्ने म जोडदार माग गर्छु ।
अन्त्यमा माननीय मन्त्रीज्यू, मेरो किटानी जाहेरीले पक्राउ परी दोषी सावित भई १३ वर्षका लागि जेल चलान भएका ती बलात्कारीहरू छुट्नु भनेको के उनीहरू निर्दोष अनि मचाहिँ दोषी हुँ त ? यदि म दोषी हुँ भने मलाई तुरुन्तै कारबाही गरियोस्, हैन भने ती बलात्कारीहरूलाई पुनः पक्राउ गरी सजाय सुनाइयोस् ।
पूजा बोहरा

उत्तर–पूर्वी नाइजेरियाको पोटिस्कम शहरमा रहेको छात्रहरु अध्ययन गर्ने सरकारी विद्यालयमा विस्फोट भएको बिबिसीले जनाएको छ । स्कुल ड्रेसमा रहेको आक्रमणकारीले विद्यार्थीहरु सभाहलमा जम्मा भएका बेला आफैलाई विस्फोट गराएको हो । विस्फोट चरमपन्थी संगठन बोको हरामले गराएको आशंका गरिएको छ ।
ह्याम्मरको चोटले श्रीमती ढलेपछि राईले श्रीमतीको मृत्यु भएको ठानेर आइतबार राति आत्महत्या गरेको आफन्तको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । घर झगडाकाक्रममा राईले श्रीमतीलाई ह्याम्मरले हानेका थिए ।
श्रीमानको शवको पोष्टमार्टम गर्न र गम्भीर घाइते श्रीमतीलाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ । मैनाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जनाइएको छ ।
रुकुम, कात्तिक २१- बालिकालाई बलात्कार गरी गर्भवती बनाएको ठहर गर्दै जिल्ला अदालत रुकुमले गराइला गाबिस ४ का ३३ बर्षिय भिमबहादुर ओलीलाई १२ बर्ष जेल सजायँ सुनाएको छ ।
पटकपटक बालिकालाई बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितका आफन्तले गएको भर्दौ १६ गते जिल्ला जिल्ला प्रहरी कार्यालय रुकुममा किटानी जाहेरी दर्ता गरेका थिए । गएको बैशाख २८ गते र त्यसपछि पनि पटकपटक बालिकालाई ओलीले बलात्कार गरेको अदालतको ठहर छ । अत्यन्त गरीब परिवारकी बालिकाको उद्दारको लागि जिल्लास्थित सरोकारवाला निकायहरुले चासो देखाएका छन् ।
प्रस्तुती: आदर्श केसी/उज्यालो
स्थानीय मिरादेबी शर्मा पनि छठ पूजाको तयारीमा हुनुहुन्थ्यो । १० गते राती मिरादेवीलाई श्रीमान चन्दन शर्माले गाली गर्दै कुटपीट गरे । पहिला पनि पटक पटक दाईजो मागेर तनाव दिँदै आएका चन्दनले मिरादेवीलाई चार थप्पड गालामा हाने, अनि भुईंमा लडेपछि मुन्टो बटारेर हत्या गरे ।
चन्दनले हत्या गरेको भएपनि घटना लुकाउने काममा परिवारका सबै सदस्य संलग्न रहेको प्रहरीले जनाएको छ । मिरादेवीको हत्या गरेर त्यही रात नजिकै खाल्डो खनेर शव जलाइएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।
१० गते राती नै खाल्डो खनेर सबै परिवारका सदस्य मिलेर जलाएकाले त्यो दिन घटना बाहिर आएन । तर गस्तीमा जाने क्रममा घटनाबारे थाहा भएको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो ।
प्रहरीले हत्याको आरोपमा मिरादेवीकी सासु बिन्दा शर्मा र जेठानी सरितादेवी शर्मालाई पक्राउ गरेको छ । श्रीमान चन्दन शर्मा, जेठाजु देवानन्द शर्मा, ससुरा महेन्द्र शर्मा, देवर प्रकाश शर्मा र दिपक शर्मा भने फरार छन् । उनीहरु भारत तर्फ भागेकाले भारतीय प्रहरीको सहयोगमा खोजी भैरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–४ का १७ वर्षका सुजन थापा, बुंकोट घर भै गोरखा नगरपालिका–१ मा बस्ने १६ वर्षका कौशल रानामगर, गोरखा नगरपालिका–६ का १७ वर्षका शिशिर राना र गाँखु–२ घर भै अहिले गोरखा नगरपालिका–३ मा बस्ने १६ वर्षका रुपेश गुरुङ छन् । प्रारम्भिक बयानका क्रममा उनीहरुले रम्तेललाई आफूहरुले कुटपिट गरेको स्विकार गरेको प्रहरी नायव उपरीक्षक रमेश थापाले बताउनुभयो । कात्तिक १२ गते राति सदरमुकाममै भएको देउसी कार्यक्रममा सहभागी भएका १८ वर्षका मृतक रम्तेललाई उनीहरुले भेट्न बोलाएर कुटपिट गरेका थिए ।
उनीहरुले रम्तेल बेहोश हुनेगरि कुटेर भागेका थिए । भोलीपल्ट रम्तेलको मृत्यु भएको थाहा पाएपछि उनीहरु गोरखाको वारपाक गाविसको एउटा घरमा लुकेका थिए । लुकेको घरमा प्रहरी आएको चाल पाएपछि भागेर फेरि सदरमुकामतर्फ आउने क्रममा उनीहरुलाई बालुवा बजार नजिकैको दरौंदी पुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएका मध्ये रुपेश, सुजन र शिशिरलाई यसअघि पनि प्रहरीले सार्वजनिक अपराध मुद्दामा कारवाही गरेको थियो ।
सभार किरण लोहनी/उज्यालो ।
अल्लाहको अपमा गरेको भन्दै आतंकवादीहरुले यस्तो सजाय दिएका हुन् । सो संगठनले त्यसरी टाउको काटेको तस्वीर पनि सार्वजनिक गरेको छ ।
आतंकसम्बन्धी तालिम दिनका लागि सिरियामा ‘ओसामा बिन लादेन स्कुल’ खोलेको आईएसआईएसले जारी गरेकोसो तस्वीरमा बीच सडकमा टाउको काट्न लागेको देख्न सकिन्छ । जहाँ आसपास थुप्रै मानिसहरुको घुँइचो समेत देखिन्छ ।
सबै पीडितको आँखामा पट्टी बाँधिएको र हात बाँधिएको छ भने लाउडस्पिकरमा उनहरुको अपराध भनेर समेत सुनाइएको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरुले जनाएका छन् ।
फेसबुकको मायाले ग्याङ्ग रेपमा परेकी युवतीको सडकमा बास, भन्छिन् : 'म बेस्या हैन' || भिडियो हेर्नुहोस्
४२ वर्षे ती नर्सको नाम हो डानियला पोगियाली । इटालीको लुगो अस्पतालकी नर्सले विरामीका परिवार दिक्क लाग्दा ठानेपनि विरामीको हत्या गर्दिरहेछिन् । प्छिल्लोपटक एक ७८ वर्षीया महिलालाई सुइमार्फत पोटासियमको उच्च डोज दिएर मारेको आशंकामा उनी पक्राउ परेपछि उनको यस्तो कुकर्मको पोल खुलेको हो ।
http:// www.onlinekhabar.com /2014/10/201780/
नुवाकोटको आदर्श होटलमा काम गर्ने किशोरीलाई आइतबार बिहान ५ बजेको समयमा जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला शिक्षा कार्यालयका सबओभरसियर राजाराम यादवलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा दायर गरेको छ। सप्तरी पथरगढा–५ का यादवले कोठामा आएर मुख थुनेर बलात्कार गरेको भन्दै किशोरीले दिएको उजुरीको आधारमा उनी पक्राउ परेको नुवाकोट प्रहरीका प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले बताए।
'किशोरीले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएपछि चिकित्सकको मेडिकल रिपोर्टसहित मुद्दा दर्ता गरिएको छ,' प्रहरी निरीक्षक अधिकारीले भने, 'किशोरीको उमेर १५ वर्षभन्दा कम भएकाले अभियोग प्रमाणित भए हदैसम्मको कारबाही हुनेछ।' सभार श्रोत: नागरिकन्युज
गत जेठमा गाउँलेबीच सबैजना एकैपटक यार्सा टिप्न जाने सहमति भएको थियो। तर कार्मा सहमतिविपरीत अगाडि नै र्या टिप्न गएको आरोप लगाउँदै गाउँलेले उनलाई जरिबाना तिराउन खोजेका थिए। आफूले कुनै गल्ती नगरेको भन्दै उनले जरिबाना नतिर्ने बताएपछि गाउँलेले उनीविरुद्ध जिल्ला वन कार्यालयमा वन्यजन्तु र जडीबुटी चोरीनिकासी अभियोगमा मुद्दा हालेका थिए।
अहिले उनीसँग बोल्ने र उठबस गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना गर्ने घोषणा गाउँलेले गरेका छन्। त्यसको कार्यान्वयन पनि सुरु भइसकेको छ।
कार्मासँग फोनमा कुरा गरेको भन्दै गाउँलेले स्थानीय पेमा तोर्ची लामालाई ५० हजार र उनका नाता पर्ने अर्का एक स्थानीयलाई ६० हजार रुपैयाँ जरिबाना गरेका छन्। त्यस्तै आफ्ना घरमा सहयोगी रहेका त्याक्याप कामीलाई समेत गाउँलेले ५० हजार रुपैयाँ जरिबाना गराएको उनले बताए।
चीनसँग सीमा जोडिएको मुगु गाविसमा कुनै व्यक्ति गाउँका समुदायबाट फरक हुन चाहेमा गाउँलेको स्वघोषित नियमअनुसार सजायको भागीदार हुनुपर्छ। उस्तै परे गाउँलेले गाउँनिकालासम्म गर्ने चलन रहेको स्थानीय बासिन्दाले बताए।
कार्माकी पत्नीसँग मिलेर सिरानीचौरमा पसल सञ्चालन गरेको भन्दै स्थानीय टोमा लामालाई एक लाख रुपैयाँ जरिबाना गराउने सहमति गाउँलेबीच भएको छ। गाउँमा हुने यस्ता गतिविधिबारे कसैलाई जानकारी गराउँदा गाउँनिकाला हुने डरले चित्त नबुझे पनि चुप लागेर बस्नुपर्ने बाध्यता रहेको एक स्थानीय बासिन्दाले बताए।
अघिल्लो वर्ष पनि यार्सा खोज्न अगाडि नै वन प्रवेश गरेको भन्दै कार्मालाई गाउँलेले २२ लाख रुपैयाँ जरिबाना तिराएका थिए। कर्माले भने, 'यस वर्ष पनि निहुँ पारेर पैसा खान खोजेका थिए, मैले तिर्न मानिनँ, त्यसैले मलाई गाउँलेले झूटो मुद्दा लगाएका छन्। मसँग बौल्ने गाउँका मान्छेलाई समेत सजाय गर्छन्।'
अहिले कार्माले आफूविरु द्ध झूटा मुद्दा हाल्नेलाई धनसम्पत्ति लुटपाट अभियोगमा जिल्ला अदालत मुगुमा मुद्दा दर्ता गरेका छन्। गाउँलेले भने कार्मा र उनका भाइविरुद्ध वन मुद्दा दर्ता गरेका छन्।
मुगु गाविस-६ का कार्मा तामाङले विगतमा गाउँको रीतिरिवाजविरुद्ध गएको र यस वर्ष पनि कसैले भनेको नमानी वन प्रवेश गरेकाले उनीविरुद्ध चोरी निकासीमा मुद्दा हालेको बताए। मुगु शान्ति युवा क्लबका सचिवसमेत रहेका तामाङले उनलाई सहयोग गर्ने केही व्यक्तिबाट जरिबाना लिएको स्वीकारे। उनीबाट भने पैसा असुल गरेको आफूलाई थाहा नभएको तामाङले बताए।
एक सय ५३ घरधुरीमध्ये कार्माको एक परवार एक पक्ष र अरू गाउँले अर्को पक्ष भएका छन्। मुगु गाविसका सचिव मकर रावलले उनको परिवारसँग बोलेमा जरिबाना गर्ने गरेको र तीनजनाले ५०-५० हजार रुपैयाँ तिरेको आफूले सुने पनि लिखित रूपमा गाविसमा त्यस्तो जानकारी नआएको बताए।
मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले भने, 'अहिलेसम्म त्यस्तो जानकारी कार्यालयमा आएको छैन। कसैसँग बोल्दैमा वा हिँडडुल गर्दैमा गाउँलेले कानुनविपरीत जरिबाना गर्न मिल्दैन। कसैले त्यस्तो गरेमा प्रहरीचौकीमा निवेदन दिए आवश्यक कारबाही हुन्छ।'
-आजको अन्नपूर्ण पोस्ट दैनिक बाट
भारतको महाराष्ट्रको ठाने शहरको भायन्दरमा एक आफन्तले उधारो नफर्काएका कारण महिलालाई बारम्बार बलात्कार गरेको आरोप छ । महिलाले दुई वर्ष पहिले आफ्नो शल्यक्रियाका लागि आफन्तसँग पैसा उधारो लिएकी थिइन् ।
भायन्दरको नवघर पुलिस चौकीका सहायक पुलिस निरिक्षक प्रियतमा मोटेका अनुसार, आरोपी कमलेस जैन (४०) ले आफ्नी ३७ वर्षीया नातेदारलाई पैसा फिर्ता गर्नका लागि लगातार तनाव दिइरहने र उनलाई यौन उत्पीडन पनि गर्ने बताएकी छिन् । पुलिसका अनुसार, महिलाले कमलेशसँग सन् २०१२ जुनमा शल्यक्रियाका लागि पैसा लिएकी थिइन् ।
महिलाले दर्ता गरेको आरोपमा भनिएको छ कि पैसा फिर्ता दिन असमर्थ भएका कारण कमलेस पछिल्लो अप्रिलमा घरमा कोही पनि नभएको मौका पारेर उनको बलात्कार गरे र त्यसपछि उनलाई गोराइस्थित लजमा लगरे पनि उनलाई बलात्कार गरेका थिए ।
बलात्कारको कुरा कसैलाई बताएको खण्डमा उनको अश्लिल तस्बिर इन्टरनेटमा हालिदिने धम्की कमलेसले दिने गरेको महिलाले बताइन् । यति हुँदा हुँदै पनि उनले पुलिसलाई यो कुराको जानकारी दिइन् । यद्यपी आरोपी कमलेस अहिलेसम्म पनि पक्राउ हुन सकेका छैनन् ।

भिडियो सहित || एक वर्षको बालकलाई यसरी फालियो बाग्मती नदिमा, तैरिरहेको बालकको शव फेला !!
कती निर्दयी हुँदैछन मान्छेहरु भन्ने कुराको उदाहरण पछील्लो यो घटनाले प्रस्ट पर्दछ । अबको समाज कती दिशाभ्रस्ट हुँदैछ हेर्नुहोस् भिडियो | एक बर्से अबोध सिशुलाई फालियो बागमती नदिमा ||
कती निर्दयी हुँदैछन मान्छेहरु भन्ने कुराको उदाहरण पछील्लो यो घटनाले प्रस्ट पर्दछ । अबको समाज कती दिशाभ्रस्ट हुँदैछ हेर्नुहोस् भिडियो | एक बर्से अबोध सिशुलाई फालियो बागमती नदिमा ||
अल कायदाका प्रमुख आयमन अल जवाहिरीले बुधबार भिडियो सन्देशमार्फत उक्त घोषणा गरेका थिए। उनले भिडियो सन्देशमा दक्षिण एसियालाई लक्ष्य भारतमा 'कायदात अल जिहाद' यस्तो उक्त संगठनको शाखा खोल्न लागेको जानकारी दिएका थिए। केही साताअघि इस्लामिक स्टेट (आईएस) का नेता अबु बकार अल बघदादीले पनि दक्षिण एसियामा शाखा खोल्ने इच्छा प्रकट गरेका थिए।
भारतका राज्यहरू गुजरात, मध्यप्रदेश, उत्तर प्रदेश र बिहारमा सुरक्षा प्रबन्ध चुस्त पारिएको छ। 'यो भिडियोलाई निकै गम्भीरताका साथ लिएका छौं, यस्तो धम्कीलाई कम आँकलन गर्नुहुँदैन,' भारतका एक गुप्तचर अधिकारीले बताए। ती अधिकारीका अनुसार पहिलो चरणमा विशेष गरी चार प्रदेशमा यस्तो सतर्कताको लागि निर्देशन जारी गरिएको छ। आउँदो केही दिनमै यो घेरालाई बढाउन पनि सकिनेछ।
हालै सिरिया, इराक लगायतका केही भागमा सुरु भएको मुस्लिम जिहादीहरूको अतिवादका साथै इस्लामिक स्टेट (आईएस) को प्रभावसँगै अल कायदाको पनि आफ्नो संगठन विस्तारको खबर आएको छ। केही समयअघि मात्र यस्ता अतिवादीहरूलाई अफगानिस्तान र पाकिस्तानको बोर्डरमा तालिम दिइएको थियो।
त्यससँगै आएको यो संगठन विस्तारको अवस्थासँगै दक्षिण एसियामा पनि अल कायदाको प्रभाव बढ्न सक्ने पाइएको छ। अल कायदा प्रमुख जवाहिरीले उक्त शाखाले म्यान्मार, बंगलादेश र भारतमा लड्ने जानकारी पनि दिएका छन्। म्यान्मारमा मुस्लिम बौद्धबीच द्वन्द्व चलिरहेको छ भने बंगलादेश आप्रवासीबाट भारत पीडित छ।
-श्रोत इकान्तिपुर
यो गर्भ ससुराको रहेको भन्दै ती महिलाले गर्भपतन गराउन अनुमति समेत मागेकी छिन् । ती महिलाले आफ्न ससुरालाई कारवाही गर्न समेत उनले उजुरी गरेकी छिन् ।सन् २०१३ को मार्च ३० मा विवाह भएकी ती महिलाका श्रीमान विवाह भएको छ दिन पछि नै पैसा कमाउन साउदी गएका थिए । त्यस लगत्तै उनीमाथि ससुराले गिद्धे दृष्टी लगाए । तर उनले ससुराको ब्यवहारबारे सासुलाई भनेपछि सासुले उल्टै चुपचाप बस्न चेतावनी दिइन् ।
श्रीमानलाई यो कुरा भन्दा उनले फोन गर्नै छोडिदिए । सन् २०१३ को जुलाईमा आफू घरमा एक्लै भएको समयमा आफूलाई जवर्जस्ती गरेर ससुराले भिडियो क्लिप समेत बनाएको उनको भनाइ छ ।त्यसपछि निरन्तर त्यही क्लिप देखाएर यौन सम्बन्ध नराखे भिडियो इन्टरनेटमा राख्ने धम्की दिँदै यौन सम्बन्ध राख्न बाध्य तुल्याएको उजुरी महिलाले पुलिसमा गरेकी छिन् ।ससुरासँगको सम्बन्धकै कारण उनी गर्भवती समेत भइन् । त्यसपछि ससुराले उनलाई घरबाट निकाला गर्ने घोषणा गरे । त्यसपछि मात्र उनी पुलिसमा उजुरी गर्न पुगिन् ।
कार्तिमाथि हिरोइन मैत्रेयीले बलात्कार तथा धोखाधडीको अभियोगमा मुद्दा दर्ता गराएकी थिइन्। प्रहरीले बलात्कार, विश्वासघात एवं धोकाको मामिलामा मैत्रेयीको उजुरी लिएको थियो। कार्तिकको अर्कै युवतीसँग इङ्गेजमेन्ट भएपछि मैत्रेयीले प्रहरीमा उजुरी गरेकी थिइन्।
हिरोइनले कार्तिकविरुद्ध विवाहको प्रपञ्ज रचेर शारीरिक सम्बन्धन राखेको अभियोग लगाएकी छन्। गौडा परिवारले दुईबीच कुनै सम्बन्ध नभएको दाबी गर्दै आएको छ। प्रहरीले धारा ३७६, ४२० तथा ४०६ अनुसार रेलमन्त्रीका पुत्रविरुद्ध अदालतमा फायल बुझाएको थियो।
मैत्रेयीले कार्तिकलाई यो महिना मे महिनादेखि चिनेकी दाबी गरेकी छिन्। उनले कार्तिकको आमासँग समेत कुराकानी गरेको बताएकी छिन्।
मन्त्रीपुत्रले मेङ्ग्लोर स्थित आफ्नो निवासमा गोप्य रुपमा विवाह गरेको बताइएको छ। २५ जुलाइमा विवाहपछि उनले मैत्रेयीसँग कुराकानी गर्न बन्द गरेका थिए। यता हिरोइनकी आमाले भने दुवैबीचको सम्बन्धको पुष्टि गरेकी छिन्।
हिरोइनका साथ खिचेका तस्विरहरुलाई पनि मन्त्रीपुत्रले फर्जी भन्दै आएका छन्।
मैत्रेयले अजय रावका साथ सूर्या द ग्रेट, हृदय, आइ मिस यू सहित तमिल फिल्म थीकुचिमा पनि अभिनय गरेकी छिन्।