पुलिसलाई ढाँट्ने दिन गए :: Nepal Police set to introduce lie detector

KATHMANDU: Nepal Police is planning to introduce polygraph, commonly known as lie detector, to facilitate its investigation.

According to Nepal Police Headquarters, the government of the United States has provided 10 polygraph machines to the security agency.

US-based Academy of Polygraph Science is also imparting a month-long training to Nepali police officials in Kathmandu.

“Ten police officials are now undergoing the training. We will very soon introduce the system once the training is over,” said police Spokesperson SSP Ganesh KC.

A polygraph is a machine in which multiple signals from sensors are recorded on a single strip of moving paper. Four to six sensors are attached to a person who undergoes a polygraph test. The sensors usually record the person’s breathing rate, pulse, blood pressure, perspiration and sometimes also record arm and leg movement. A significant change, such as faster heart rate, higher blood pressure, increased perspiration, indicates that the person is lying. A well-trained examiner can detect lying with high accuracy.

Criminals change their modus operandi overnight as and when police arrest their associates. Lack of data integration system, polygraph machine, CCTVs, fingerprint technology and state-of-the-art technology to deal with such situations renders police handicapped when it comes to investigating complex crime cases.

Officials said that the new device will help a great deal in handling various criminal activities like drugs trade, terrorism, human trafficking, murder, cross-border crime and financial crimes.

“It will cut short the investigation process for sure and help crack various cases, but we still lack several other technologies,” said SSP Bijaya Lal Kayastha, Chief of Metropolitan Police Crime Division, Hanumandhoka.

“We are now going to use technologies that have been in use in other countries for decades,” he said, adding, “We had heard about lie detector 25 years ago. But we are going to introduce it now,” he said.

“Various countries are already using advanced technologies to detect finger prints, but we are still following traditional methods. Similarly, we are short of technology to conduct narco analysis test, in which a person’s imagination is neutralised by making him semi-conscious.

According to SSP Kayastha, the Crime Department also needs additional human resources to fight increasing crimes.

What is a polygraph, how it works

A polygraph is a machine in which multiple signals from sensors are recorded on a single strip of moving paper

Four to six sensors are attached to a person who undergoes a polygraph test

The sensors usually record the person’s breathing rate, pulse, blood pressure, perspiration and sometimes also record arm and leg movement

A significant change, such as faster heart rate, higher blood pressure, increased perspiration, indicates that the person is lying

A well-trained examiner can detect lying with high accuracy
विनोद चौलागाईं/उज्यालो
काठमाडौ, पुस २२ – नेपाल प्रहरीले आउदो हप्तादेखि अभियुक्तले ढाँटेको कुरा पत्ता लगाउन पोलिग्राफिक टेष्ट प्रविधि शुरु गर्ने भएको छ । सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनुसन्धान पद्धतिलाई बैज्ञानिक बनाउन पोलिग्राफ मेसिन प्रयोग गर्न लागेको जानकारी दिनुभयो ।
‘अपराध अनुसन्धानलाई बैज्ञानिक र प्रमाणमुखी बनाउने हाम्रो प्रयास जारी रहनेछ । भर्खरैमात्र बैज्ञानिक साधन प्रयोगमा महत्वपूर्ण फड्को मारेका छौं । त्यो भनेको झुठो बोलेको पत्ता लगाउने यन्त्रका रुपमा पोलिग्राफको प्रयोग’ उहाँले भन्नुभयो ‘यसलाई सञ्चालन गर्न हामीले तालिम सञ्चालन गरिसकेका छौं । आगामी हप्तादेखि विभिन्न प्रहरी कार्यालयहरुमा अभियुक्तहरुले पोलिग्राफिक परीक्षणबाट गुज्रनुपर्ने अबस्था सिर्जना गरेका छौं ।’
यो प्रबिधिलाई पहिलो चरणमा केन्द्र्रीय अनुसन्धान ब्युरो सीआइबी र अपराध अनुसन्धान महाशाखामा प्रयोग गर्ने र आवश्यकता हेरेर देशका अरु ठाउँमा पनि लैजान सकिने प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिनुभयो । अमेरिकी सरकारले नेपाललाई १० वटा पोलिग्राफ मेसिन उपलब्ध गराएको थियो ।
यसलाई सञ्चालनमा ल्याउनका लागि प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी अधिकृतहरुलाई तालिम दिइसकेको प्रवक्ता केसीले जानकारी दिनुभयो । युरोप तथा अमेरीकी मुलुकबाट सुरुवात भएको पोलिग्राफ मेसिनको माध्यमबाट अनुसन्धान गर्ने पद्धति सुरुवात गर्ने नेपाल दक्षिण एसियामा सबैभन्दा पछिल्लो मुलुक हो । दक्षिण एसियाका अरु सबै देशमा पोलिग्राफ मेसिनबाट अनुसन्धान गर्ने पद्धति सञ्चालन भैसकेको छ ।   
के हो पोलिग्राफ ?
पोलिग्राफ मेसिनको उद्देश्य व्यक्तिले कुनै प्रश्नको जवाफ दिँदा सही वा झुटो बोलेको छ भन्ने पत्ता लगाउनु हो । खासगरी प्रहरीले अनुसन्धानका क्रममा अभियुक्तले झुटो नबोलोस् भन्नका लागि यो यन्त्र प्रयोग गर्ने चलन छ ।
प्रहरीले अनुसन्धान गरिरहेको कुनै व्यक्तिलाई पोलिग्राफ परीक्षणका क्रममा ४ देखि ६ वटा सेन्सर तारमा जोड्छ । पोलिग्राफले त्यहि सेन्सरको माध्यमबाट बिशेष प्रकारको कागज र कम्प्युटरमा संकेतहरु रेकर्ड गर्छ । व्यक्तिको श्वास, नाडीको चाल, रक्तचाप र पसिनाका आधारमा संकेतहरु रेकर्ड हुन्छन् । यो मेसिनले कहिलेकाही हात र खुट्टाको चाल पनि रेकर्ड गर्छ ।
पोलिग्राफ परीक्षण सुरु गरेपछि प्रश्न सोध्ने व्यक्तिले सुरुमा सामान्य अबस्थामा ल्याउनका लागि केही सामान्य खालका प्रश्नहरु सोध्नेछन् । यसपछि मात्र अनुसन्धानका लागि आबश्यक प्रश्नहरु सोधिन्छ ।
प्रश्न सोध्न र उत्तर आउन थालेपछि व्यक्तिका गतिविधि संकेतका रुपमा रेकर्ड हुन थाल्छन् । सामान्यतया उत्तर दिने व्यक्तिले झुट बोल्दैछ भने मुटुको धड्कन बढ्ने, रक्तचाप उच्च हुने र पसिना आउने संकेत देखापर्दछ ।
तर बिचार गर्नुपर्ने कुरा के हो भने राम्रो प्रशिक्षण लिएका अनुसन्धानकर्ताले मात्र झुट बोलेको संकेतलाई सही ठह¥याउन सक्छन् । किनकी कहिलेकाँही धेरै चलाख अभियुक्तले झुट बोल्दा पनि मेसिनले त्यसलाई साँचो देखाउने सम्भावना हुन्छ ।
पोलिग्राफ आफैमा साँचो बोल्न लगाउन सक्ने प्रविधि हैन । कहिलेकाही भने यसले प्रहरीलाई मुर्ख बनाउन पनि सक्छ । प्रहरी प्रवक्ता गणेश केसी यो मेसिनको प्रभावकारिता ८० देखि ९० प्रतिशत हुने बताउनुहुन्छ ।

,