नाबालिका बलात्कार गर्ने शिक्षा कर्मचारी पक्राउ !!

नुवाकोट– एक होटलमा काम गर्ने नाबालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला शिक्षा कार्यालय नुवाकोटका एक कर्मचारी पक्राउ परेका छन्।

नुवाकोटको आदर्श होटलमा काम गर्ने किशोरीलाई आइतबार बिहान ५ बजेको समयमा जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला शिक्षा कार्यालयका सबओभरसियर राजाराम यादवलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा दायर गरेको छ। सप्तरी पथरगढा–५ का यादवले कोठामा आएर मुख थुनेर बलात्कार गरेको भन्दै किशोरीले दिएको उजुरीको आधारमा उनी पक्राउ परेको नुवाकोट प्रहरीका प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले बताए।
'किशोरीले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी दर्ता गराएपछि चिकित्सकको मेडिकल रिपोर्टसहित मुद्दा दर्ता गरिएको छ,' प्रहरी निरीक्षक अधिकारीले भने, 'किशोरीको उमेर १५ वर्षभन्दा कम भएकाले अभियोग प्रमाणित भए हदैसम्मको कारबाही हुनेछ।' सभार श्रोत: नागरिकन्युज 

,