यी हुन् दुनियाको सबैभन्दा लामा जिब्रो भएका मान्छे (फोटोफिचर र भिडियो सहित)

मानिसको जिब्रोको औषत लम्बाइ कति होला ? जिब्रोको फेँददेखि टुप्पोसम्म नाप्ने हो भने १० सेन्टिमिटर औषतमा । तर मुख बाहिर निकाल्ने हो भने बाहिर निस्किने भागको लम्बाइ ३-४ सेन्टिमिटर मात्र हुन्छ । तर अमेरिकाका एक युवकले आफ्नो मुख बाहिर जिब्रो निकाल्दा बाहिर निस्किने भागको लम्बाइ नै १० सेन्टिमिटर भन्दा बढि छ ।
२४ वर्षका निक स्टोयबर्ल नामका ती युवक क्यालिफोर्नियाका बासिन्दा हुन् । विश्वको सबैभन्दा लामो जिब्रो भएका मानिसको रुपमा उनको नाम गिनिज बुकमा लेखिइसकेको छ ।

कलाकार तथा व्यंगकार समेत रहेका निक भन्छन्, ‘मैले केवल मेरो नाक मात्र होइन कुहिनो समेत चाट्न सक्छु ।’
लामो जिब्रो हुनुको बेफाइदा भनेको बिहानभरी जिब्रोको ब्रस गर्नुपर्ने रहेछ उनलाई ।
सन् २००९ मा बेलायतका स्टेफोन टेलरले ९.८ सेमीको जिब्रोका कारण विश्व रेकर्ड कायम गरेका थिए । स्टेफेनको रेकर्ड निकले तोडेका छन् ।
हेर्नुस् भिडियो

, ,