आफन्तलाई भुलेर पनि सोध्न नहुने १० प्रश्नहरु | जानी राखौ

(एजेन्सी)– हाम्रा अगाडि त्यस्ता थुप्रै प्रश्नहरु हुन्छन् जसलाई हामी सुन्दा सुन्दा हैरान भइसकेका हुन्छौँ । अझ खासमा के छ भने यस्ता हैरान हुने प्रश्नहरु हामीले आफन्तबाट नै बढि सुन्ने गर्छाैँ । आउनुहोस्, थाहा पाऔँ त्यस्ता १० प्रश्नहरुः
  • नतिजा कस्तो भयो ? को होला, जसलाई नतिजाको बारेमा डर नलागोस् तर आफन्तलाई यो कुराले के फरक पार्छ र ? उनीहरु घरमा आउँदा नतिजाको बारेमा नाना थरी प्रश्नहरु सोध्ने गर्दछन् । दुर्भाग्यले यदि तपाईंको नतिजा नराम्रो आएको छ भने उनीहरुको व्यंगवाण सहन मुस्किल हुने गर्दछ ।
  •  तिम्रो तौल बढेको हो ? आफूलाई मोटो भनेको कसलाई पो मनपर्ला र ? यसो हुँदा हुँदै कोही आफन्तहरु पटक–पटक यस्तो प्रश्न गर्ने गर्दछन् । हुन सक्छ, कसैले तपाईंको साँच्चै नै चिन्ता गरिरहनु भएको होला तर धेरैजसो आफन्तहरु तपाईंको अनुहारमा तनाव भएको हेर्न पाउँदा आनन्दित मान्छन् । अब यदि तपाईंले कसैलाई तपाईंको तौल बढेको हो भनेर प्रश्न गर्छ भने तपाईंले यसको जवाफमा ‘हामी हुने खाने घरको सदस्य हौँ’ भन्दै हाँसेर जवाफ दिनुहोला । 
  •  जागिर पाएको छैनौ ? यदि तपाईंले जागिर खानुभएको छैन र जागिर खोज्दै हुनुहुन्छ भने तपाईंको आफन्त यो कुरामा बढि तनावमा भएको देखिन्छन् । तपाईंको जागिरको स्थितिको बारेमा सोधपुछ गर्न उनीहरु सदैव व्यस्त हुने गर्दछन् । यस्तो अवस्थामा तपाईंले उनीहरुको लागि नै कमाउनेजस्तो देखिन्छ । त्यसकारण अब जतिबेला तपाईंलाई कसैले जागिरको बारेमा सोधेमा तपाईं यो भन्नको लागि तयार हुनुहोस् कि ‘पहिलो ट्रिट तपाईंलाई नै दिनेछु ।’ 
  • साथीहरुबाट किन केही सिक्दैनौ ? कोही आफन्तहरुले तपाईंलाई तपाईंको साथीहरुसँग पनि तुलना गर्न पछि पर्दैनन् । उनीहरुका लागि तपाईं जहिले पनि एक मुद्दा बन्नु हुनेछ जसको तुलना उनीहरु तपाईंको सफल साथीहरुसँग गर्ने गर्दछन् र तपाईंले पनि आफ्नो साथीबाट केहि सिक्नुपर्ने भन्दै सुनाउने गर्दछन् । 
  • पैसा उधारो पाउन सकिन्छ ? पैसा र सम्बन्ध कहिले पनि मिल्नु हुँदैन । पैसाको कारणले सम्बन्धमा खटपट आउने गर्दछ । सबैभन्दा राम्रो यो हुन्छ कि कसैलाई पनि उधारो दिने नगर्नुहोस् विशेषगरि आफन्तहरुलाई । आफन्तहरु बाट सापटी लिनु भनेको आफैँलाई उनीहरुको अधिनमा राख्नु हो र उनीहरुको कुराहरु सुन्न बाध्य हुनु हो । आफन्तलाई उधारो दिनु भयो भने त्यो फिर्ता पाउने आश नगर्नुहोस् । 
  • तलब कति छ ? कारण चाहे जेसुकै होस् तर नेपाली आफन्तहरुलाई आफ्नो प्रिय मानिसहरुको तलबको बारेमा जान्ने इच्छा सधैँ हुने गर्दछ । उनीहरु कुनै न कुनै रुपले तपाईंले कति कमाउनु हुन्छ भन्ने कुरा जान्न चाहन्छन् । यसको पछाडि उद्देश्य तपाईंलाई सानो देखाउनु नै हुने गर्दछ । कोही आफन्तलाई तपाईं असहज अवस्थामा भएको हेर्न राम्रो लाग्ने गर्दछ । 
  • कुनै प्रेमी वा प्रेमिका छ ? नेपाली घरमा एउटा अलिखित नियम छ जसका अनुसार पुरुष र महिलाको विवाहको उमेर तय हुने गर्दछ । यो तोकिएको उमेरमा पनि कसैको विवाह भएको छैन भने त आफन्तलाई यो एउटा विषय नै बनेको हुन्छ । यस्तो अवस्थामा तपाईंका आफन्तहरु तपाईंको प्रेमी वा प्रेमिका भए नभएको सोध्न उनीहरु बेर नै लगाउँदैनन् । अचम्मको कुरा के छ भने उनीहरु यो प्रश्नको उत्तर ‘छ’ भन्ने सुन्न चाहन्छन् । 
  • साडी किन लगाउँदैनौ ? यदि तपाईं महिला हुनुहुन्छ भने शायद तपाईंले यस्तो सवालको सामना गर्नुपरेको हुनसक्छ । विशेषगरि यस्तो प्रश्न उमेर पुगेको आफन्तले गर्ने गर्दछन् । उनीहरुको नजरमा नेपाली महिलाले साडी र कुर्ताजस्ता लुगाहरु मात्र लगाउनुपर्छ जसले उनलाई भद्र भलाद्मी भएको देखियोस् भन्ने मान्यता रहेको हुन्छ । 
  •  विवाह कहिले गर्ने हो ? नेपालमा विवाहको अर्थ हुन्छ परिवारलाई बढाउनु र सामाजिक चक्र बनाइराख्नु । यदि तपाईंको विवाह गर्ने उमेर भएको छ भने तपाईंका आफन्तले विवाह कहिले गर्दै छौ भन्ने प्रश्न सोधेर हैरान गर्नुहुनेछ । 
  • घरमा नयाँ पाहुना कहिले आउँदैछ ? बच्चा कहिले हुन्छ, यसको अधिकार जोडीलाई मात्र हुने गर्दछ, तर आफन्त यो कुरामा कहाँ पछि हट्छन् र ? विवाह गरेको एक वर्ष नबित्दै बच्चा कहिले हुन्छ भन्ने प्रश्नको ओइरो लाग्ने गर्दछ । खुसीको खबर भइकन पनि यस्तो प्रश्न बोझको रुपमा खडा भएको हुन्छ । 

, ,