स्वास्थ्यको लागि तातो पानी बारादान ! जान्नैपर्ने कुरा

बाँच्नका लागि पानी अत्यावश्यक छ । हाम्रो शरीरको अधिकांश हिस्सा नै पानीले ओगटेको हुन्छ । चिकित्सक, पोषणविज्ञ मात्र नभएर सौदन्य विज्ञ पनि एक वयस्क मान्छेले स्वस्थ रहनका लागि एक दिनमा ६–७ लिटर शुद्ध पानी पिउनु पर्ने सल्लाह दिन्छन् ।
कोही मानिसले चिसो पानी पिउँछन् भलै तताएर सेलाएको किन नहोस् । कोही मान्छेले तातो पानी पिउँछन् भने कसैले मनतातो पानी मन पराउँछन् । तर विज्ञहरूले चिसो पानी पिउनुभन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने बताउँछन् । तातो पानी पिउनुका फाइदा निम्नानुसार छन् :

  • शरीरको शुद्धीकरण :  तातो पानीले शरीरको शुद्धीकरण गर्छ । उमालेको पानी आफैँमा शुद्ध त हुन्छ नै यसले शरीरको पाचन प्रणालीलाई पनि नियमित गर्छ । यदि तपाईंको पाचन प्रणालीमा गडबडी छ भने दिनको दुईपटक तातो पानी पिउनुहोस् । बिहान उठ्नेबित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्त्वहरू मूत्रसँगै बाहिर जान्छन्, जसले पूरै रगत सफा पार्न मद्दत गर्छ । तातो पानीमा कागती र मह मिसाएर पिउँदा अझ बढी लाभदायी हुने बताइएको छ ।
  • कब्जियतबाट छुटकारा :  शरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाईंले दिनहुँ बिहान कम्तिमा एक गिलास तातो पानी पिउनुभयो भने कब्जियतको समस्या दूर हुनेछ ।
  • मोटोपना नियन्त्रण : बिहान वा खानापछि हरेकपटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउने गर्नुहोस् । यसले तपाईंको मोटोपना नियन्त्रणमा अवश्य पनि सघाउ पुर्‍याउनेछ । कागतीमा हुने पेक्टिन फाइबरले भोक कम गर्छ ।
  • चिसोबाट सुरक्षा : यदि घाँटी दुख्यो वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।
  • पसिनाको निष्कासन : जब तपाईं कुनै तातो चिज खानुहुन्छ वा पिउनुहुन्छ शरीरबाट पसिना निस्कन थाल्छ । शरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शीतल हुन्छ । पसिनाले शरीरमा बढि भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धिकरण्ँमा सहयोग पूर्‍याउँछ ।
  • दुखाइ कम गर्न : प्राय: महिलाहरूमा महिनावारीका समयमा पेट दुख्ने गर्छ । महिनावारीको समयमा पेट दुख्दा तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसले केवल महिनावारीको दुखाइ मात्र होइन टाउको तथा पेटको दुखाइ पनि कम गर्छ ।
जानकारी शेयर गर्ने बानी गर्नुहोला ताकी तपाईंको साथीभाइलाई पनि काम लागोस |

, ,