सामूहिक बलात्कार पछि गुप्ताङ्गमा बोतल

असार २६ ,(एजेन्सी)– भारतको राजधानी दिल्लीको उत्तर प्रदेशको गजियाबाद जिल्लामा जुन घटना भएको छ, त्यसले दिल्लीको सामूहिक बलात्कारको याद ताजा बनाइदिएको छ ।

चार जनाको समूहले एक २२ वर्षीया युवतीलाई अपहरण गरेर गुडिरहेको कारमा उनलाई सामूहिक बलात्कार गरेका छन् । ती युवतीलाई उनीहरुले बलात्कार मात्र गरेनन्, चुरोटले पोलिदिए र उनको गुप्ताङ्गमा रक्सीको बोतल हालिदिए ।
त्यसपछि आरोपिहरुले युवतीको हात–खुट्टा बाँधेर नोएडाको फोर्टिस अस्पताल नजिकै फालिदिए र त्यहाँबाट फरार भए । पुलिसले मुख्य आरोपीलाई पक्राउ गरिसकेको छ । पुलिसले युवतीको बयान पनि दर्ता गरिसकेको छ तर उनको गुप्ताङ्गमा बोतल हालेको कुरा एफआइआरमा समावेश गरिएको छैन । प्राप्त जानकारीका अनुसार दिल्ली निवासी युवतीलाई बसुन्धरा सेक्टर–१६ बाट अपहरण गरिएको थियो । अगुवा गर्ने उनका पूर्व प्रेमी थिए । दिल्लीको त्रिलोकपुरमा बस्ने यी युवतीलाई उनका पूर्व प्रेमीले अपहरण गरि साथीहरुसँग मिलि गुडिरहेको कारमा सामुहिक बलात्कार गरे ।
युवतीले पुलिसलाई जे बताइन् त्यसका अनुसार उनी सोमबार केहि काम विशेषले बसुन्धरा आएकी थिइन् । रातको करिब साढे नौँ बजे जब उनी घर फर्किरहेकी थिइन् तब उनका पूर्व प्रेमि अखिल तोमर आफ्ना साथी योगेश पण्डित र दुई अन्य युवकहरुका साथमा आए र उनलाई जबर्जस्ती कारभित्र लिएर गए । त्यसपछि उनीसँग नोएडाको सडकमा पुरुषहरुले पालै–पालो बलात्कार गरे । रातभरी बलात्कार गरिसकेपछि आरोपीहरुले उनको एमएमएस बनाए र हात–खुट्टा बाँधेर उनलाई अस्पताल नजिकै फ्याँकिदिए । पुलिसले लोनी निवासी योगेश पण्डितलाई पक्राउ गरेर जेल चलान गरिसकेको छ भने अखिल र अन्य दुई आरोपीहरुको खोजी भइरहेको जनाइएको छ ।

, ,