आफ्नो कुमारीत्व बेचेर गरिब देशका महिलालाई पढाउने युबतिको घोषणा !!
अमेरिकामा मेडिकल पढिरहेकी एक छात्राले आफ्नो भर्जिनिटी लिलामी गर्ने भएकी छन् । २७ वर्षकी सुन्दर युवतीले छद्म नाम राखेर कुमारीत्व बेच्ने विज्ञापन गरेकी छन् ।
उनलाई अहिले १ लाख ८० हजार पाउण्डको प्रस्ताव आएको छ । तर, उनले २ लाख ५० हजार पाउण्डसम्मको अफरको अपेक्षा गरेकी छन् । उनले आफ्नो लिलामी जित्ने व्यक्तिसँग १२ घण्टा बिताउने बचन दिएकी छिन् ।
आफ्नो कुमारीत्व बेच्दा आउने रकमको ३५ प्रतिशत गरीब देशका महिला शिक्षाका लागि दान गर्ने समेत उनले दावी गरेकी छन् ।
म अन्य तरिकाले आफ्नो भर्जिनिटी गुमाउने कल्पना गर्न सक्दिन, उनले भनेकी छन् । प्रेमलाई सम्झौता भन्दै उनी भन्छिन् -मलाई लाग्दैन कि म जसलाई प्रेम गर्छु, मेरो भर्जिनिटी उपहार दिनुपर्छ ।
आफु पैसाको अभावले भन्दा पनि आफ्नो जीवनको महत्वपूर्ण सम्पत्ति त्यसै खेर जान नदिने ब्यापारिक सोचका कारण यो निर्णयमा पुगेको बताइन् । ब्यस्त भएका कारण २७ बर्षसम्म आफु कुमारी नै रहन पुगेको उनले दावी गरेकी छिन् ।
अमेरिकामा यसरी सार्वजनिक बिज्ञापन गरेर कुमारीत्व बेच्न पाइदैन । त्यसैले उनले अष्ट्रेलियाको एउटा एजेन्सीलाई लिलामको संयोजन गर्ने जिम्मा दिएकी छिन् ।
यसअघि पनि अनलाइनमा कुमारीत्व बेच्ने धेरै युवतीले चेष्टा गर्दै आएका छन् । एलिजाबेद पछिल्लो उदाहरण हुन् ।
- मिरर दैनिक