बैंक लुट्न बाँदरको प्रयोग !
इनरुवा, साउन ७ | बैंकसहितका विभिन्न वित्तिय संस्थाहरुबाट लुटेराहरुले विभिन्न प्रपन्च रचेर दिनदहाडै लाखौं रकम भाग्न सफल भएको घटना नौला होइनन् । तर, जंगली जनावरलाई प्रयोग गरेर लुटपाट गर्ने घटना मुलुकमै नौलो हुन सक्छ । सुनसरी सदरमुकाम इनरुवामा यस्तै घटना भएको छ ।
सो बैंकमा सोमबार बिहान कार्यालय समउमा एक्कासी प्रवेश गरेको एक बाँदरले ५ सय दरको एक बन्डल ५० हजार रुपैयाँ लिएर भाग्ने प्रयास गरेको थियो । कार्यालयमा गएर कलमदेखि विभिन्न सामग्रीलाई परीक्षण गरेको बाँदरले अन्त्यमा चल्ती काउन्टरमा राखेको ५० हजारको बन्डल लिएर भाग्ने प्रयन्त गरेको थियो ।
बैंकका कर्मचारीहरुले चारैतर्फ घेरेर ढोकामिेत बन्द गरेर पक्रने प्रयास गरेका थिए । अन्तत बैंकका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडाको क्याबिनमा पसेपछि उनले त्यसलाई पक्राउ गरेर रकमको बन्डल खोसेका थिए ।