ब्राजिलका नेइमारको ढाड भाँच्चिएछ। वर्ल्डकपका बाँकी खेल खेल्न नपाउने।

रियो द जेनेरियो- ब्राजिलका स्ट्राइकर नेइमार घाइते भएका छन्। उनको ढाडको हड्डी भाँचिएकाले आफ्नै देशमा जारी विश्वकपका बाँकी खेल गुमाउने भएका छन्।


शनिबार बिहान कोलम्बियालाई २-१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको ब्राजिलका लागि २२ वर्षीया नेइमार घाइते हुँदा ठूलो धक्का लागेको छ। उनलाई कोलम्बियाका ज्वान जुनिगाले ढाडमा धक्का दिँदा उनको हड्डी भाँचिएको थियो।

ब्राजिलका प्रशिक्षक लुइज फेलिपले ब्राजिलको स्पोर्टस टिभीलाई दिएको जानकारी अनुसार उनलाई ढाडमा समस्या देखिएको छ। उनले भने, ‘नेइमारले बाँकी खेल गुमाउनेछन्।’

उपचारमा संलग्न डाक्टर रोड्रिगो लस्मारले नेइमारको अवस्था गम्भिर नभए पनि बाँकी खेल खेल्न नसक्ने बताएका छन्। उनले भने, ‘सर्जरी गराउनु पर्दैन। तर, उनलाई निको हुन केही हप्ता लाग्छ।’

नेइमारलाई चिलीविरुद्धको खेलमा पनि घुँडामा चोट लागेको थियो। उनले यो विश्वकपमा ब्राजिलका लागि ५ खेल खेल्दै ४ गोल गरिसकेका छन्।

विश्वकपमा नेइमार

खेल-५
खेलेको समय- ४५७ मिनेट
गोल-४

News in English

FORTALEZA, Brazil July 5: Brazil´s team doctor says Neymar will miss the rest of the World Cup after breaking a vertebrae during the team´s quarterfinal win over Colombia.

Neymar was kneed in the back by Colombia defender Juan Camilo Zuniga in the second half of Brazil´s 2-1 win, and was in tears when he was carried off the field on a stretcher.

He was taken to a local clinic and team doctor Rodrigo Lasmar said after the match that the star striker had broken his third vertebrae.

Neymar is the Brazil´s biggest star and has scored four goals for the team so far in the tournament.

Brazil plays Germany in the semifinals on Tuesday.

,