(एजेन्सी)– रुसमा पुलिसले एक जोडिलाई पक्रनका लागि निकै मेहनेत गरिरहेको छ किनभने यी जोडीले शहरको बिचमा अवस्थित एक पानीको फोहरामा सेक्स गरिरहे र यो क्रममा यिनिहरुको थुप्रै तस्बिरहरु खिचियो ।
यो जोडि एक अर्कामा यति लिन थिए कि उनीहरुलाई उक्त सडकमा ओहोर–दोहोर गरिरहेका मानिसहरुको पनि कुनै मतलब थिएन ।
यो घटना समाराको ऐतिहासिक पानीको फोहरामा भएको हो जहाँ एक २६ वर्षीय युवकले अलेक्सेई दोहोवले उक्त भिडियोलाई फिल्म बनाए । रुसी सोसल मिडियामा यो भिडियोलाई मानिसहरुले हेरे । यो भिडियोमा महिला पुरुषमाथि देखाइएको छ जो पानीको फोहराको ढोकामा उनीहरु सुतिरहेका थिए । त्यहाँ थुप्रै मानिसहरुको आवतजावत रहेको देखाइएको छ । यो भिडियो क्लिपको अन्त्यमा महिला पुरुषमाथि बाट उठ्छिन्, दुबैले कपडा लगाउँछन् र हाँस्दै त्यहाँबाट निस्कन्छन् ।
यो विषयमा दोहोबले भने, ‘त्यति बेला दिनको ११ बजेको थियो र मेरो अनुमानमा दुबैजना करिब १५ मिनेटसम्म एक अर्कामालिप्त भए र कसैले पनि उनीहरुलाई केहि भनेनन् । उनीहरु लेनिनग्राद स्ट्रिटको फोहरासँगै सेक्स गरिरहेका थिए । उनीहरुले यो क्रिया यसरी गरिरहेका थिए मानौँ यो दुनियाँको अत्यधिक सामान्य काम हो ।’ तर यो घटनाले स्थानिय सांसदलाई तनाव दिएको छ र उनले पुलिसलाई घटनामा संलग्न दुबै जोडिलाई तुरुन्त पक्राउ गर्न आदेश दिएका छन् । यो घटनाले रुस र रुसी मानिसहरुको संसारभरी नराम्रो असर पर्ने उनको ठम्याइँ छ ।
बिच सडकमा सेक्स गरेको भिडियो सार्वजनिक भएपछि पुलिसलाई तनाव