भारतमा दाइजोका कारण १ वर्षमा ८ हजार ८३ हत्या !

भारतमा दाइजोका कारण हुने हत्यामा उत्तर प्रदेश सबैभन्दा अगाडि देखिएको छ ।
राष्ट्रिय अपराध रेकर्ड ब्यूरोका अनुसार गएको वर्ष दाइजोका कारण ८ हजार ८३ वटा हत्याका घटना भएकोमा २ हजार ३ सय ३५ वटा घटना उत्तर प्रदेशमा भएका थिए ।

राष्ट्रिय अपराध रेकर्ड ब्यूरोका अनुसार गएको वर्ष दाइजोका कारण ८ हजार ८३ वटा हत्याका घटना भएकोमा २ हजार ३ सय ३५ वटा घटना उत्तर प्रदेशमा भएका थिए ।
यस्तै बिहार दोश्रो र मध्यप्रदेश तेश्रो स्थानमा देखिएका छन् । दाइजोका कारण हुने हत्याको दर राष्ट्रिय औसत १.३६ रहेकोमा उत्तर प्रदेशमा भने यो दर २.३६ रहेको ब्यूरोले जनाएको छ ।
वार्षिक रुपमा सन् २०१२ को तुलनामा सन् २०१३ मा दाइजोका कारण हुने हत्यामा १ सय ५० ले कमी आएको छ । तर यस्तो हत्याका घटनामा धेरैजसो उजुरी नपर्ने भएकाले संख्या निकै धेरै हुनसक्ने अनुमान गरिएको छ । ब्यूरोका अनुसार सिक्किम, मिजोरम, मणिपुर, अरुणाचल प्रदेश, हिमाचल प्रदेश, गोवा, लक्षदीप र दमन दीपमा गएको वर्ष दाइजोका कारण हत्या भएका एउटा पनि घटना प्रहरीमा दर्ता भएको छैन ।
यसैबीच भारतको सर्वोच्च अदालतले दाइजो विरोधी कानुनको महिलाले नै दुरुपयोग गर्ने क्रम बढेको भन्दै आवश्यक परेको अवस्थामा मात्रै महिलाका पति र आफन्तलाई पक्राउ गर्न सचेत गराएको छ । दाइजो सम्बन्धी धेरैजसो उजुरीमा आरोप प्रमाणित भएका निकै कम घटना देखिएकाले छानबिनमा बढी सचेतना अपनाउन अदालतले आदेश दिएको हो ।

, ,