'ए मेरो राजा थर फेर सानु भनि कर नगर ’
गीतकार जानकी पन्थको नयाँ तीजको कोसेली बजारमा आउने तरखरमा छ । नयाँ नयाँ कथाबस्तुमा गीत निकाल्दै आएकी जानकीले यसपटकको तीजमा पनि त्यस्तै सामाजिक कथालाई प्रमुख बनाएकी छन् ।
हेर्दा हेर्दै यसपालिको तीज पनि आएछ
हाम्रो माया बसेको नी चार वर्ष लाएछ,
एउटा कुरा भन्नु थियो आऊ न अल्ली यता, दिने हो की यो साइनोलाई सामाजिक मान्यता , बिहे गरेर डोली चढेर तयार छु अब जान तिम्रै घर एउटै छ बिन्ति ए मेरो राजा थर फेर सानु भनि कर नगर .. ।
संगम पन्थ र आफूले गाएकी छन यो गीत । जानकीकाे आफनै शव्द, संगीतमा बनेको गीत कम्पन म्यूजिक मार्फत बजारमा पठाउने तयारी गरेकी छन् ।
उनले भनिन् थर, कर गरेर परिवर्तन हुने हैन,एक अर्काको अस्तित्व स्वीकार गर्न सके मात्रै जीन्दगी राम्रोसँग चल्छ । ’
भिडियोको निर्देशन समेत आफै गर्ने उनले बताइन् । पछिल्लो समयमा उपन्यासकारको समेत छवि बनाउन आँटेकी पन्थले यसअघि पनि तीन वटा तीजका एल्मब निकालिसकेकी छन् ।