अमिताभ वच्चनलाई प्रयोग गरी १०,००० करोड ठगी...

एजेन्सी । भारतमा महानायक अमिताभ वच्चनको क्रेज र मूल्य कति छ ? भन्ने पुष्टि हुने एउटा अनौठो घट्ना घटेको छ । प्रसँग ठगीको हो । ठग्नका लागि समेत महानायकलाई प्रयोग गरिएको यो अनौठो घट्ना हो ।

भारतीय प्रहरीले महाराष्ट्रको नासिक जिल्लाबाट केबीसी मल्टिट्रेड एण्ड रिसोर्स प्राइभेट लिमिटेडका निर्देशक सहित तीन जनालाई ठगीको आरोपमा पक्राउ गरेको छ । सुपर स्टार अमिताभ बच्चनले सञ्चालन गर्ने कौन बनेगा करोडपति अर्थात केबीसी टेलिभिजन शोको नाम बेचेर करोडौं रुपैयाँ घोटाला गरेको आरोपमा प्रहरीले कम्पनीका निर्देशक,प्रबन्धक र कार चालकलाई गिराफ्तार गरिएको बताइएको छ । उनीहरुलाई अदालतको आदेशमा जुलाई २१ सम्मका लागि हिरासतमा राखिएको छ ।

प्रहरीले जुलाइ १४ मा उनीहरुलाई गिराफ्तार गरेको हो । पक्राउ पर्नेमा निर्देशक बापूछाबू चौहान,प्रबन्धक पंकज राजाराम शिन्दे र कार चालक नितिन पोवट राव शिन्दे रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले अमिताभ वच्चनको कार्यक्रमसँग मिल्दोजुल्दो नाम राखेर ठगी गरेको रकम ठूलो रहेको बताए पनि यति नै भनेर यकिन भने भइनसकेको बताएको छ । तर करिब १०,००० करोड जति ठग्न भ्याइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

, ,