कतै तपाईलाई नयाँ भाषा सिक्न गाह्रो भएको छैन ..? आनन्दले सुत्नुस ..

(एजेन्सी)– के तपाईंलाई कुनै नयाँ भाषा सिक्नुछ र तपाईंसँग पर्याप्त रकम छैन भने तपाईंले यसमा कुनै चिन्ता लिनु पर्दैन बरु आनन्दले सुत्नुहोस् ।

हो, तपाईंले सहि पढ्नुभयो । कुनै नयाँ भाषा सिक्ने सजिलो उपाय भनेको नयाँ भाषालाई सुत्ने क्रममा सुन्नुहोस् । यदि सुत्ने समयमा यदि कुनै पनि कुराहरु सुन्नुहुन्छ भने त्यसलाई तपाईंले लामो समयसम्म सम्झिनुहुनेछ ।

स्विटजरल्याण्डको राजधानी, जुरिकमा भएको एक अध्ययनका अनुसार जर्मन भाषी छात्र डच भाषाको नयाँ शब्दहरुलाई त्यतिबेला राम्रोसँग याद गर्नसक्छन् जब उनीहरुलाई यो शब्द फेरिपनि निदाउने क्रममा सुनाइन्छ । यो अध्ययनका निर्देशकका अनुसार नयाँ भाषा सिक्नका लागि एउटा निकै सजिलो उपाय छ र यो तरिकालाई जो कोहीले पनि अपनाउन सक्छन् ।

यो प्रयोगमा डच भाषा सिक्ने ६० छात्राहरुलाई राती १० बजे केहि शब्द पढ्नका लागि दिइयो । त्यसपछि आधा छात्राहरुलाई सुत्नका लागि पठाइयो र उनीहरुलाई सुत्ने क्रममा ती सबै शब्दहरुलाई इयरफोनमार्फत सुनाइयो जसलाई बाँकी नसुतेका विद्यार्थीहरुले पनि सुनेका थिए ।

बिहान यो परिक्षणको नतिजा केहि भिन्न प्रकारको आयो । जुन छात्राहरुलाई निन्द्राको क्रममा शब्दहरु सुनाइयो, ती छात्राहरुलाई, जागा बसेका छात्राहरुको तुलनामा, धेरै गुणा बढि शब्दहरु याद थियो । यदि तपाईंलाई कुनै भाषा सिक्नु छ भने तपाईं यसलाई निदाउन क्रममा नै सिक्न सक्नुहुन्छ ।


,