अण्डा खादा बालकको मृत्यु !

लमजुङ, असार २६ – लमजुङको भोटेओडार गाविस वडा नं ८ सिउँडीबारमा विहानको खाजा खानेक्रममा उसिनेको अण्डा घाँटीमा अड्किएर एक बालकको ज्यान गएको छ ।

सिउँडीबारमा रहेको फ्यूचर स्टार आवासीय उच्च मावि कक्षा १ मा अध्ययनरत ८ वर्षीय प्रिन्स भण्डारीको विहीबार ज्यान गएको हो । फयूचर स्टार आवासीय उच्च माविको होस्टेलमा बसेर पढ्दै आएका प्रिन्सको उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।
विहान साढे ७ बजेतिर खाज खानेक्रममा उसिनेको अण्डा चपाएर निल्ने क्रममा अण्डा घाँटीमा अड्किएपछि सिउँडीबारको कर्मदा अस्पतालमा लगिएको थियो । कर्मदामा उपचार हुन नसकी भरतपुर लाँदै गर्दा बाटोमै ज्यान गएको हो ।
उसिनेको अण्डा खानेक्रममा स्वासनलीमा पसेका कारण सास फेर्न नसकी प्रिन्सको ज्यान गएको हुनसक्ने प्रहरीले जनाएको छ । बालकको चितवन मेडिकल कलेजमा पोष्टमार्टम गरिएको छ ।

,