इजरायली आक्रमणको पीडादायी यथार्थ, मृत आमाको कोखबाट एक बच्चीको जन्म

काठमाडौँ, ११ साउन । गाँजामा इजरायलले गरेको आक्रमणमा एक गर्भवती महिलाको मृत्यु भएपछि पेटमा भएकी बच्चीलाई शल्यक्रियागरी सकुसल जन्माइएको छ ।

बीबीसीले उल्लेख गरे अनुसार गाजाको एक अस्पतालमा इजरायली आक्रमणबाट मृत्यु भएकी आमाको पेटको अप्रेशसन गरी चिकित्सकले एक बच्चीको जन्म दिएका हुन् । बीबीसी समाचारमा भनिएअनुसार बच्चीको उपचार भइरहेको छ । चिकित्सकले बच्चीको बाँच्ने सम्भावना ५० प्रतिशत सम्म रहेको उक्त समाचारमा चिकित्सकलाई उदृत गर्दै उल्लेख गरिएको छ ।
इजरायलले पछिल्लो समयमा गाँजामाथि गरेको लगातार आक्रमणको क्रममा पछिल्लो पीडादायी घटना भएको हो । गाँजाको संयुक्त राष्ट्रसंघ परिसरमा अन्य केही परिवारका साथ ती महिला बस्दै आएको समाचारमा उल्लेख गरिएको छ । ति महिला बस्ने भवन इजरायली आक्रमणबाट ध्वस्त हुँदा प्रशव पीडाबाट मुक्ति पाउन सात दिन मात्र रहेकी महिलाको मृत्यु  भएको हो ।
ती महिला बसेको भवनमा शुक्रबार एकाविहानै इजरायली कारबाहीका क्रममा बम खसालिएपछि भवनको भत्नावशेषले महिलालाई पुरेको आवस्थामा भेटिएको समाचारमा उल्लेख छ ।
जुन बच्चीको जन्म चिकित्सको साहायतामा भयो यस्तो घटना विलरै मात्र हुन्छ जुन बच्चा आमा मरिसकेपछि जन्मिन्छ । इजरायल र गाजा बीचको द्वन्द्वले हजारौँ लाखौँ आमाहरुलाई पीडा दिइरहेका बेला गर्भमै रहेकी बच्चीले समेत गाजा इजरायल समस्याको भागेदार बन्नु परेको छ ।

,